Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महिला दिवसको नारालाई सार्थक बनाऊ
महिला दिवसको नारालाई सार्थक बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २५, २०७८
logo pravaw
Hardik health
आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा मनाउन थालेको धेरै वर्ष भयो । विश्वभर मनाइने यो दिवस नेपलमा पनि प्रत्येक वर्ष मनाइँदै आएको छ । मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरियो । यो वर्षको राष्ट्रिय नारा ‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने तय गरिएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा विभिन्न संघसंस्थाले छुट्टा–छुट्टै कार्यक्रम गरेका थिए । ती कार्यक्रममा बोल्ने वक्ताहरूले महिला सशक्तीकरण, महिलाविरुद्ध हुने भेद्भाव र हिंसा अन्त्यलगायत विषयमा जोड दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए । यी कार्यक्रम र भनाइहरू खास नया“ होइनन् । प्रत्येक वर्ष महिला दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा यही कुरा दोहो¥याउ“दै आएका छन् । तर, व्यवहारमा अझै पनि महिलाविरुद्धको भेद्भाव र हिंसा अन्त्य हुन सकेको छैन । महिलाहरू कुनै न कुनै हिंसा वा भेद्भावमा परिरहेका घट्ना हामीले समाचार बनाइरहनु परको छ । त्यसो त संविधानले महिलालाई अधिकार सम्पन्न बनाएको छ । हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरेर महिला सशक्तीकरण र उनीहरूको आत्मनिर्भरतामा जोड दिएको छ । यसबाट केही सकारात्मक परिवर्तनहरू देखिन थालेका छन् । नेतृत्व तहमा महिला सहभागिता विगतको भन्दा बढ्दै गएको छ । महिलाहरूको भूमिका फराकिलो बन्दै गएको छ । तर, अझै अपेक्षाकृत सफलता हासिल हुन सकेको छैन । नेपाली समाजमा व्याप्त पितृसत्तात्मक सोच अझै पनि पूर्णरूपमा हटिसकेको छैन । हरेक क्षेत्रमा त्यो सोचको प्रभाव देख्न सकिन्छ । महिला हिंसा, बलात्कार, बोक्सीको आरोप, दाइजो प्रथा आदि समाजमा जकडिएकाले यसलाई जरैदेखि निर्मूल पार्न अझै प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि संविधान, ऐन कानुनमा गरिएका व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ । हरेक वर्ष महिला दिवसमा कार्यक्रम गरेर, आकर्षक नारा अघि सारेर मात्र महिला मुक्ति र सशक्तीकरण सम्भव हुँदैन । त्यसैले सबैले सुरूमा सोच बदल्नुपर्छ । महिलामाथि भइरहेका विभेद् र हिंसा अन्त्य गर्न सरकारसँगै सबै नागरिक आ–आफ्नो ठाउँमा जिम्मेवार बन्न जरूरी छ । विशेषगरी कानुन कार्यँन्वयनको जिम्मेवारी पाएका निकायहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । यसमा तीन तहकै सरकारको समन्वयकारी भूमिका हुनुपर्छ । साथै, महिला हकहित र महिला सरोकारको विषयलाई लिएर खुलेका संघसंस्थाहरू सहर केन्द्रित कार्यक्रममा मात्र सीमित नभइ गाउँ–गाउँसम्म पुग्नुपर्छ । अनिमात्र महिलालाई अधिकार सम्पन्न बनाउने, महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसा अन्त्य गर्ने नाराले सार्थकता पाउन सक्छ । अन्यथा, महिला दिवसको नारा र कार्यक्रम केवल औपचारिकतामा मात्र सीमित हुने निश्चित छ ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP