Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • मातृभाषा राष्ट्रिय कविता महोत्सव
मातृभाषा राष्ट्रिय कविता महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १०, २०७८
vasa
Hardik health
काठमाडौं-अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको छ । मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरी सम्पन्न गरेको हाे। प्रतिष्ठानले नेपालका सबै मातृभाषा संरक्षण गर्ने उद्देश्यले ११ वर्ष अघिदेखि २१ फेब्रुअरीका दिन महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका लागि ४० भाषाका ९७ कविता प्राप्त भएकामा छनोट उपसमितिले ४६ वटा चयन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङगा प्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, कार्यक्रम संयोजक एवं साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलगायतले गत वर्ष मातृभाषामा प्रतिष्ठानले प्रकाशन गरेका कविता एवं साहित्यका पुस्तक संयुक्तरूपमा विमोचन गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, उराँव भाषाका कुमारी सरना उराँव, केवरत भाषाका हेमन्ती केवरत र धिरजकुमार दासले कविता वाचन गरेका थिए । खस भाषामा भने नवीन न्यौपाने, गुरुङ भाषाका तेजबहादुर गुरुङ, घले भाषाका गणेशबहादुर घले, चाम्लिङ राई भाषाका सहस्रा राई, जिरेल भाषाका टीकाभक्त जिरेल, डोटेली भाषाका सरस्वती भाट धामी र राजेन्द्र तारकिणी, ढुट मगर भाषाका हिरामती राना सिञ्जाली, ताजपुरिया भाषाका सपनाकुमारी ताजपुरिया, तामाङ भाषाका अनिता तामाङ, तीन गाउँले थकाली भाषाका रामबहादुर थकाली, थामी भाषाका रुपाकुमारी थामीले पनि आ–आफ्ना भाषामा लेखिएका कविता वाचन गरेका थिए ।

थारू डङ्गोरा भाषाका जुनु थारू, थारू मध्य (चितवनीया) भाषाका सावित्री चौधरी, थुलुङ भाषाका सुवोध राई, दनुवार भाषाका रमेशकुमार दनुवार, दुरा भाषाका सीता दुरा, देवास राई भाषाका विष्णु देवास राई, धिमाल भाषाका गणेशमान धिमाल, नाछिरिङ भाषाका प्रतापसिह नाछिरिङ, नेपाल भाषाका ओमनरहरि श्रेष्ठ र काशीराम विरास, बज्जिका भाषाका सन्दीपकुमार साह, बान्तवा राई भाषाका सुमन राई र शुक्र बान्तवाले पनि मातृभाषामा रचना गरिएको कविता सुनाएका थिए । यसैथगरी सुनुवार भाषाका सपना सुनुवार , बायुङ राई भाषाका किशोर बायुङ राई, भोजपुरी भाषाका ऋतिक यादव, मगही भाषाका मुरलीप्रसाद यादव, मेचे भाषाका रोशनी मेचे, मैथिली भाषाका राकेशकुमार झा ‘रसिक’ र रुपेशकुमार सदाय, राजवंशी भाषाका अजयप्रसाद राजवंशी, बाम्बुले राई भाषाका एलिना बाम्बुले राई र रवि बाम्बुले राई, शेर्पा भाषाका आङ्गडेण्डी शेर्पा, सन्थाली भाषाका शिवु मुर्मु, संस्कृत भाषाका प्रा डा विष्णुप्रसाद देवकोटा र हायु भाषाका गुना हायुले पनि मातृभाषामा कविता वाचन गरेका थिए । कार्यक्रमका सहभागीलाई प्रमाण पत्र दिँदै  मातृभाषा संरक्षणका लागि प्रतिष्ठानले निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP