Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
साहित्य
  • Home
  • साहित्य
  • मातृभाषा राष्ट्रिय कविता महोत्सव
मातृभाषा राष्ट्रिय कविता महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १०, २०७८
vasa
Ncell
Hardik health
काठमाडौं-अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको छ । मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरी सम्पन्न गरेको हाे। प्रतिष्ठानले नेपालका सबै मातृभाषा संरक्षण गर्ने उद्देश्यले ११ वर्ष अघिदेखि २१ फेब्रुअरीका दिन महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका लागि ४० भाषाका ९७ कविता प्राप्त भएकामा छनोट उपसमितिले ४६ वटा चयन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङगा प्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, कार्यक्रम संयोजक एवं साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलगायतले गत वर्ष मातृभाषामा प्रतिष्ठानले प्रकाशन गरेका कविता एवं साहित्यका पुस्तक संयुक्तरूपमा विमोचन गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, उराँव भाषाका कुमारी सरना उराँव, केवरत भाषाका हेमन्ती केवरत र धिरजकुमार दासले कविता वाचन गरेका थिए । खस भाषामा भने नवीन न्यौपाने, गुरुङ भाषाका तेजबहादुर गुरुङ, घले भाषाका गणेशबहादुर घले, चाम्लिङ राई भाषाका सहस्रा राई, जिरेल भाषाका टीकाभक्त जिरेल, डोटेली भाषाका सरस्वती भाट धामी र राजेन्द्र तारकिणी, ढुट मगर भाषाका हिरामती राना सिञ्जाली, ताजपुरिया भाषाका सपनाकुमारी ताजपुरिया, तामाङ भाषाका अनिता तामाङ, तीन गाउँले थकाली भाषाका रामबहादुर थकाली, थामी भाषाका रुपाकुमारी थामीले पनि आ–आफ्ना भाषामा लेखिएका कविता वाचन गरेका थिए ।

थारू डङ्गोरा भाषाका जुनु थारू, थारू मध्य (चितवनीया) भाषाका सावित्री चौधरी, थुलुङ भाषाका सुवोध राई, दनुवार भाषाका रमेशकुमार दनुवार, दुरा भाषाका सीता दुरा, देवास राई भाषाका विष्णु देवास राई, धिमाल भाषाका गणेशमान धिमाल, नाछिरिङ भाषाका प्रतापसिह नाछिरिङ, नेपाल भाषाका ओमनरहरि श्रेष्ठ र काशीराम विरास, बज्जिका भाषाका सन्दीपकुमार साह, बान्तवा राई भाषाका सुमन राई र शुक्र बान्तवाले पनि मातृभाषामा रचना गरिएको कविता सुनाएका थिए । यसैथगरी सुनुवार भाषाका सपना सुनुवार , बायुङ राई भाषाका किशोर बायुङ राई, भोजपुरी भाषाका ऋतिक यादव, मगही भाषाका मुरलीप्रसाद यादव, मेचे भाषाका रोशनी मेचे, मैथिली भाषाका राकेशकुमार झा ‘रसिक’ र रुपेशकुमार सदाय, राजवंशी भाषाका अजयप्रसाद राजवंशी, बाम्बुले राई भाषाका एलिना बाम्बुले राई र रवि बाम्बुले राई, शेर्पा भाषाका आङ्गडेण्डी शेर्पा, सन्थाली भाषाका शिवु मुर्मु, संस्कृत भाषाका प्रा डा विष्णुप्रसाद देवकोटा र हायु भाषाका गुना हायुले पनि मातृभाषामा कविता वाचन गरेका थिए । कार्यक्रमका सहभागीलाई प्रमाण पत्र दिँदै  मातृभाषा संरक्षणका लागि प्रतिष्ठानले निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP