Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
साहित्य
  • Home
  • साहित्य
  • खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ५, २०७८
Ncell
Hardik health
कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएको छ । १४ माघ २०७७ बाट लक्षित वर्ग निर्धारण गरी खोप वितरण सुरू गरिएको थियो । विभिन्न दातृ राष्ट्र र निकायबाट अनुदानस्वरूप प्राप्त तथा आफैं खरिद गरेर सरकारले निःशुल्क खोप वितरण गरिरहेको छ । यसरी खोप वितरण गर्ने क्रममा करिब २४ लाख डोज खोप हराएको भन्दै प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको १६ माघमा एक छानबिन समिति गठन ग¥यो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाईप्रतिवेदन बुझाएको छ ।समितिले खोप अभियानमा गम्भीर लापरबाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले हराएको भनिएको २४ लाख डोजभन्दा बढी खोप रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा चार लाख ५५ हजार तीन सय ५५ डोज खोप बढी भेटिएको उल्लेख छ । यसमा खेर गएको भनिएको ५६ हजार नौ सय आठ डोज खोप जोड्दा पा“च लाख १२ हजार दुई सय ६३ डोज खोप बढी देखिएको छ ।प्रतिवेदनअनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारस“ग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । समान्यतया १० जनाका लागि पुग्ने भाइलको खोप ११ जनासम्मलाई दि“दासमस्या आएको प्रतिवेदनको निष्कर्ष छ ।‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दाचार लाख ५५ हजार तीन सय ५५ मात्रा खोप बढी देखिन्छ । विभिन्न स्थानहरूमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । समितिले सार्वजनिक सूचना जारी गरी सातवटै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात विवरण पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा विवरण नपठाएपछि पुनः म्याद गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर, प्रतिवेदन तयार हु“दासम्म पनि कतिपय स्थानीय तहले खोपको विवरण उपलब्ध नगराएको समितिले उल्लेख गरेको छ । प्रतिवेदनमा खोप वितरणमा देखिएका समस्याहरू औंल्याइएको छ । जसमा सरकारले निःशुल्क वितरण गरेको खोप केही व्यक्तिहरूले पैसामा खरिद गरेर लगाएको, लक्षित वर्गबाहेककाले पनि खोप लगाएको, केही स्थानीय तहले खोप लगाएको विवरणको अभिलेख अद्यावधिक नगरेको, बुस्टर डोज लगाउनेबारे आधिकारिक निर्णय नहु“दै खोप लगाइसकेका केही व्यक्तिले पहिलो मात्रा भन्दै खोप लगाएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसकिएकोलगायत समस्या औंल्याइएको छ । छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले खोप वितरणलाई व्यवस्थित गर्न नसकेको प्रस्ट हुन्छ । महामारी नियन्त्रण गर्ने कार्यमासमेत यस्तो लापरबाही हुनु अत्यन्त दुःखद् हो ।यसमा स्वास्थ्य मन्त्रालयदेखि खोप वितरणको जिम्मेवारी पाएका निकायहरू सचेत बन्नुपर्छ ।लक्षित वर्गका अधिकांशले सहजरूपमा खोप नपाइरहेको अवस्थामा पहु“चका आधारमा लक्षित वर्गबाहेकका व्यक्तिलाई खोप वितरण गर्ने, निःशुल्क खोपकोसमेत पैसा असुल्ने अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । स्वास्थ्य संकटका बेलापनि जनस्वास्थ्यप्रति संवेदनशील बन्न नसक्ने ती अधिकारीहरूलाई कुनै पनि बहानामा छुट दिनु उचित हु“दैन । अझ, खोप वितरणमा रहेका कतिपय लापारबाहीका घटनाहरू समितिले प्रतिवेदनमा समेट्न नसकेको देखिन्छ । त्यस विषयमा थप छानबिन हुन आवश्यक छ । समितिले दिएका सुझावहरू यथाशीघ्र कार्यान्वयनमा सरकार गम्भीर बनोस् । अन्यथा, समिति गठन गरी छानबिन गराउनु केवल जनताको आ“खामा छारो हाल्ने काम मात्र ठहरिनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP