Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ५, २०७८
कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएको छ । १४ माघ २०७७ बाट लक्षित वर्ग निर्धारण गरी खोप वितरण सुरू गरिएको थियो । विभिन्न दातृ राष्ट्र र निकायबाट अनुदानस्वरूप प्राप्त तथा आफैं खरिद गरेर सरकारले निःशुल्क खोप वितरण गरिरहेको छ । यसरी खोप वितरण गर्ने क्रममा करिब २४ लाख डोज खोप हराएको भन्दै प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको १६ माघमा एक छानबिन समिति गठन ग¥यो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाईप्रतिवेदन बुझाएको छ ।समितिले खोप अभियानमा गम्भीर लापरबाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले हराएको भनिएको २४ लाख डोजभन्दा बढी खोप रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा चार लाख ५५ हजार तीन सय ५५ डोज खोप बढी भेटिएको उल्लेख छ । यसमा खेर गएको भनिएको ५६ हजार नौ सय आठ डोज खोप जोड्दा पा“च लाख १२ हजार दुई सय ६३ डोज खोप बढी देखिएको छ ।प्रतिवेदनअनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारस“ग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । समान्यतया १० जनाका लागि पुग्ने भाइलको खोप ११ जनासम्मलाई दि“दासमस्या आएको प्रतिवेदनको निष्कर्ष छ ।‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दाचार लाख ५५ हजार तीन सय ५५ मात्रा खोप बढी देखिन्छ । विभिन्न स्थानहरूमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । समितिले सार्वजनिक सूचना जारी गरी सातवटै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात विवरण पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा विवरण नपठाएपछि पुनः म्याद गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर, प्रतिवेदन तयार हु“दासम्म पनि कतिपय स्थानीय तहले खोपको विवरण उपलब्ध नगराएको समितिले उल्लेख गरेको छ । प्रतिवेदनमा खोप वितरणमा देखिएका समस्याहरू औंल्याइएको छ । जसमा सरकारले निःशुल्क वितरण गरेको खोप केही व्यक्तिहरूले पैसामा खरिद गरेर लगाएको, लक्षित वर्गबाहेककाले पनि खोप लगाएको, केही स्थानीय तहले खोप लगाएको विवरणको अभिलेख अद्यावधिक नगरेको, बुस्टर डोज लगाउनेबारे आधिकारिक निर्णय नहु“दै खोप लगाइसकेका केही व्यक्तिले पहिलो मात्रा भन्दै खोप लगाएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसकिएकोलगायत समस्या औंल्याइएको छ । छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले खोप वितरणलाई व्यवस्थित गर्न नसकेको प्रस्ट हुन्छ । महामारी नियन्त्रण गर्ने कार्यमासमेत यस्तो लापरबाही हुनु अत्यन्त दुःखद् हो ।यसमा स्वास्थ्य मन्त्रालयदेखि खोप वितरणको जिम्मेवारी पाएका निकायहरू सचेत बन्नुपर्छ ।लक्षित वर्गका अधिकांशले सहजरूपमा खोप नपाइरहेको अवस्थामा पहु“चका आधारमा लक्षित वर्गबाहेकका व्यक्तिलाई खोप वितरण गर्ने, निःशुल्क खोपकोसमेत पैसा असुल्ने अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । स्वास्थ्य संकटका बेलापनि जनस्वास्थ्यप्रति संवेदनशील बन्न नसक्ने ती अधिकारीहरूलाई कुनै पनि बहानामा छुट दिनु उचित हु“दैन । अझ, खोप वितरणमा रहेका कतिपय लापारबाहीका घटनाहरू समितिले प्रतिवेदनमा समेट्न नसकेको देखिन्छ । त्यस विषयमा थप छानबिन हुन आवश्यक छ । समितिले दिएका सुझावहरू यथाशीघ्र कार्यान्वयनमा सरकार गम्भीर बनोस् । अन्यथा, समिति गठन गरी छानबिन गराउनु केवल जनताको आ“खामा छारो हाल्ने काम मात्र ठहरिनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप साहित्य
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने मंगलबार, जेठ २७, २०८२
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण आइतबार, जेठ २५, २०८२
योगीको गजलसङ्ग्रह ‘अनुराग’ सार्वजनिक
योगीको गजलसङ्ग्रह ‘अनुराग’ सार्वजनिक शुक्रबार, जेठ १६, २०८२
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार बुधबार, जेठ ७, २०८२
“नायः खिं बाजा बोल” नामक  पुस्तक  सार्वजनिक
“नायः खिं बाजा बोल” नामक  पुस्तक  सार्वजनिक मंगलबार, जेठ ६, २०८२
मधुपर्कको ‘बन्दीपुर विशेषांक’ लोकार्पण
मधुपर्कको ‘बन्दीपुर विशेषांक’ लोकार्पण सोमबार, जेठ ५, २०८२
साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श
साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श सोमबार, वैशाख ८, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP