Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
साहित्य
  • Home
  • साहित्य
  • प्रणय दिवसको सम्झनामा
प्रणय दिवसको सम्झनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २, २०७८
valentine-39-s-day
Ncell
Hardik health
आज फेबु्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । आज मौसम पनि खुलेको छ , भ्यालेन्टाइन डेका नामले चिनिने आजको दिनमा पर्यटकीय स्थलहरुमा जोडीको भीड लागेको देख्ने गरिन्छ । प्रणय दिवसको सम्झनामा पदम श्रेष्ठज्यूले लेख्नुभएको लेख – चौथो प्रेम अनि सन्तान दुई जीउकी उनी, प्रेमीले उपहार स्वरुप दिएको शिशुको पोस्टर, चिठीपत्र । आफूसँगका सबै लुगा र केही बाटो खर्च लिएर बस चढिन् । धेरै टाढा अनि गहिरो ठूलो नदीमा हाम्फाली आफूलाई समाप्त पार्ने सुरमा । उनी त्यो गन्तव्य पुगिन् ,अनि पुलमाथिबाटै नदीको गहिराइ नियालिन् ।अनन्तसम्म फैलिएको नदीको दूरीमाथि दृष्टि फैलाइन् । आफ्नो मृत्युका लागि त्यो नदी पनि सानो लाग्न थाल्यो ।तर किन हो किन, पेटभित्र हुर्कदै गरेको शिशुप्रति आत्मैदेखि अगाध माया जागेर आयो र आफ्नो इहलीला नदीमा समाप्त गर्ने विचार बदलेर टक्क अडिइन् । नदिको बगरैबगर, ढुंगाको चेपमा बसी उनी डाँको छाडेर रोइन्, धेरै रोइन् । भूलका दस्तावेज सबै नदीमा बगाईन् र पेटमा हुर्कंदै गरेका शिशुका साथमा आफूलाई जीवन्तराख्ने सुर कसिन । तर आत्महत्या बाहेक विकल्प केही थिएन, उनले सोचिन् । कुरो एसएलसीपछिबाट शुरु हुन्छ । गाउँकै ठालुद्वारा काम र क्याम्पस मिलाइदिने आश्वासनमा शहर पु¥याइएकी थिइन् उनी । ठालुले उनीबाट के स्वार्थ पूरा ग¥यो, कुरो अज्ञात छ तर गाउँको खुला आकाशमा चराझैं उडी हिँड्ने उनी ढिँडोफाँडो भएनि पेटभर खाई स्वच्छ हावापानी पिएर हुर्किएकी थिइन् । शहरको अभाव, प्रदूषण एउटै कोठामा सीमित जेलजस्तै लाग्थ्यो,त्यो वातावरण । यस्तैमा एक दिन भ्यालेन्टाइन कार्ड लिएर जीवनमा सूर्यकिरण रुपी युवकको उपस्थित हुन्छ । त्यो युवकले अँध्यारो जीवनमा अलौकिक आशाका जाल फिँजाई उनको अस्मितामाथि खेलवाड ग¥यो । जवानीमा पौडियो । एक दिन लागू पदार्थको कारोबारको अभियोगमा पश्चिमा भ्यालेन्टाइन संस्कृति अर्थात् पश्चिमतर्फ साँझपख सूर्य अस्ताएझैं अस्तायो । उनी छट्पटाइन्, रोइन, बिस्तारै दुब्लाउँदै गइन् । उनलाई सहानुभूति दिने कोही भएनन् । सूर्य किरणविहीन गुफजस्तै । यसै बीच अर्को भ्यालेन्टाइनमा उनको जीवनमा खट्किएको अभाव पूरा गरिदिन्छु भन्दै धन भएको तर मन नभएको अर्को युवक देखा प¥यो । ‘जीवन ओइलाएको फूल हैन, संघर्षको विशाल मैदान हो ,प्रेम कुनै खेलौना होइन, दुई आत्माको मिलन हो ’ भनी लेखिएको भ्यालेन्टाइन कार्ड दिएरै उनले जीवनमा प्रवेश गरे, त्यो धनी युवक ।तर किन हो कुन्नी, धनका धनीलेपनि उनलाई खेलौना बाहेक बनाएन । घर–व्यवहारको हावाला दिँदै ऊपनि उनीबाट टाढिए । भनिन्छ–‘गरिबलाई दिन्छु ,प्रेममा धोका पाएकालाई लान्छु,, नभन्नू ।’ तर यसबीच खुद्रा पुरुष थुप्रै आए । आशा देखाए । कतिपयले भ्यालेन्टाइन मनाए र स्वार्थ पूरा भएपछि अलपत्र छाडेर आफ्नो बाटो लागे । यही क्रममा देवलोकबाट मेनका परी अनि सारिकाको नृत्य हेर्न इन्द्र देखापरे उनको जीवनमा । लेनदेन कारोबारको बेहिसाब इन्द्रसँग सारिका रत्तिइन्, त्यसैले भ्यालेन्टाइन कार्डमै उल्ल्ेख थियो– तिमी र मसँगै जिस्किएर सुत्दा स्वर्गीय आनन्द भएको । यसै बीच इन्द्रबाट सारिका धेरैपल्ट चाखिइन्,मुुसारिइन् अनि थिलथिलो शरीर,त्यसै छाडी इन्द्र स्वर्गतिर लागे । यहाँ सूर्य किरण अस्ताउनु, धनको पोको हराउनु, इन्द्र स्वर्गतिरै लाग्नु ठूलो कुरा भएन । स्वर्गकी परीले अप्सराको नृत्य देखाएपछि नहेर्ने,को हुन्छ र ? यहाँ सारिकाको सारै नबुझी भ्यालेन्टाइन मनाउने पुरुषप्रति क्षमाभाव दर्शाउनु अनौठो हो । भनिन्छ –पुरुषद्वारा त्यागिएकीलाई पुनः पुनः अर्को पुरुष खेलाउनु, नयाँ विवाहित वा अविवाहित पुरुषसँग भ्यालेन्टाइन मनाउँनु सामान्य मानिन्छ । सम्भवतः प्रत्येक भ्यालेन्टाइनमा उनी आफूलाई पहिलो र अविवाहित भन्न खप्पिस थिइन् भने पुरुषबाट प्राप्त आर्थिक, भौतिक उपहार थ्याङ्क्स भन्दै स्वीकार्ने मामलामा पनि । तर उनी भित्रैदेखि खुसी थिइनन् । उनीभित्र प्रेमभाव,सहयोग हराउँदै थियो । बोलीमा कडापन,गुणको बदला नगदमा लेख्ने बानी । जुन पुरुषले ग्रिन सिग्नल दिए पनि भ्यालेन्टाइन स्वीकार्ने संस्कारकै बीच हिलोमा कलम फुलेझैं उनका प्रत्येक अवगुणलाई थाँती राखी नयाँ जीवन शुरुआत गर्ने प्रस्तावसहित उदायो अर्को पुरुष । विनाआदर्शको भ्यालेन्टाइनले उनलाई दुई जीउकी बनाइसकेकी थिईन । आगामी दिन कसरी अगाडि बढाउने भन्ने बारे जब–जब चौथो पुरुष उनीसामु उभिन्थ्यो,व्यावहारिक कुरा गर्न उनी कहिल्यै तयार हुँदैन थिईन् । उनीमा देखिएको अव्यावहारिक बोलीचाली, हाँसोठटटा आदिका बारे चौथो पुरुषले जब शंकास्पद अनुगमन थाल्यो । उनले विगतमा मनाएका सबै भ्यालेन्टाइन प्रमाणसहित खुलस्त हुन पुगिन् । प्रतिवादमा उनीभित्रको कोख खाली गर्न दबाब दिन थाल्यो चौठो पुरुषले । त्यो दिन उनी कोख भरिएकी आमाका रुपमा उभिएकी थिइन् तर समाजले माग्ने नयाँ युगको परिचय दिन नसक्ने भएपछि उनी बालकको पोस्टर, भ्यालेन्टाइन चिठीपत्र, लुगाफाटा र दुई जीउकी आफूलाई विशाल नदीको गर्भमा सेलाउन पुगेकी थिइन् । तर गर्भले त्यो गर्न दिएन रपनि कन्याराशीलाई मनभित्रै देखि क्षमा दिने भावना पलाउन सकेन जसको कारणले उनले उनको नाउँमा कविता कोर्दै मन हलुका बनाए । तँ महिला स्त्रि त होस् तर....... तँ लिङिगय रुपमा स्त्री त होस्, तर तँमा कुनै चेतना छैन । पन्छी झै आकाशमा उड्ने, तँमा कुनै ईच्छा आकांक्षा छैन ।। विष नभएकी सर्प झैँ, नारी भएर पनि तेरो कुनै अस्तित्व छैन। महिला स्वरुपमा जन्मेपछि तँ पूर्ण महिला हुँदै होईन । उपहासका पात्र मात्र तँ, एउटी जिउँदो लास होस।। तेरो अस्तित्वमाथि खेल्दा पनि आवाज ननिकाल्ने, तँ पथ्थर होस् । आफ्नो अधिकार खोस्न नसक्ने तर अरुको इशारामा नाच्ने,तँ कठपुतली होस् ।। तँ सुँगन्ध बिनाको फुल होस्, तँमा कुनै रस छैन ,तैंले जीवनमा केही गर्ने कुनै आश छैन । तँ पलाँसको फूल होस्,म बालुवाबाट तेल निकाल्ने,मूख्याँई गरिरहेको छु ।। कुमारीत्व प्रेम, धन, शीप, संस्कार गुमाएकी तेरो यौन वैश्यतामा भास्सिरहेको छुँ । न तँ रुपकी रानी होस्,न सहयोगी भावनाको प्राणी,न तँ धनकी धनी छेस्,न मनकारी भावको रानी नै ।। कुन गुणलाई हेरेर भ्यालइनटाईन भनुं म,कुन सोचले म होली मनाउँ ? मैंले तँलाई मायाँ होइन दयाँ गरेँ । प्रेम र प्रयोग, मायाँ र दयाँको भड्खालोमा कतिन्जेल रुमल्लिरहने त्यो यक्ष प्रश्न तँलाई नै छोडें ।।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP