Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिको अध्याँरो यात्रा सुरु
राजनीतिको अध्याँरो यात्रा सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २, २०७८
Hardik health
  सरकारले हालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मुलुकमा करिब–करिब निर्वाचनको वातावरण तयार हुँदै थियो । सरकारले ३० बैशाख ०७९ मा देशभर एकैचरणमा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचनको वातावरण बन्न थालेको थियो । धेरैजसो स्थानीय तहमा उम्मेदवारको चर्चा पनि भइसकेको थियो । निर्वाचनको विषयमा जनताको तहमा पनि छलफल तथा चर्चा सुरु भइसकेको थियो । राजनीतिक दलहरू पनि निर्वाचन केन्द्रित कार्यक्रमा जुटिसकेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त प्रदेश १ मा स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम आइतबारदेखि नै सुरु गरिसकेको थियो, भने यो कार्यक्रम सबै प्रदेशमा तय गरिएका थिए । निर्वाचन आयोगले पनि निर्वाचनका तयारी तीव्र पारिसकेको छ । स्रोतका अनुसार आयोगले आगामी २ बैशाखमा उम्मेदवारी मनोनयन गर्ने गरी कार्यतालिकामा छलफल गरिरहेको छ । १२ बैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको प्रारम्भिक कार्यतालिका छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाहेकका दलहरू पनि निर्वाचनको पक्षमा सकारात्मक रहेको संकेत देखिएका थिए । तर, माओवादी केन्द्र र समाजवादीले भने ३० बैशाखको निर्वाचनलाई असंवैधानिक भनेका थिए । मुलुकमा निर्वाचनको वातावरण बन्दै गर्दा एक्कासी आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि नेपाली राजनीतिले फेरि ‘अध्याँरो सुरुङ’तर्फको बाटो समातेको छ । हुन त यसअघि नै उनीविरुद्ध महाअभियोग लगाइनुपर्ने माग उठेकै थियो । उनीविरुद्ध सर्वोच्चका न्यायाधीशहरूदेखि लिएर कानुन व्यवसायीहरूसमेत विरोधमा उत्रिकै थिए । तर, उनीविरुद्धको आन्दोलन मथ्थर भएर लगभग सकिने अवस्थामा पुगेको बेला सरकारमा रहेका दलहरूले नै एक्कासी प्रस्ताव दर्ता गराएपछि अब नेपाली राजनीतिको बाटो कता मोडिन्छ भन्ने कुरामा अन्योलता उत्पन्न भएको छ । शनिबारसम्म सत्ता गठबन्धनमा रहेका दलहरूबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई लिएर निकै तिक्तता उत्पन्न भइसकेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्नि सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको हो भन्दै प्रश्नसमेत गरेका थिए । एमसिसी पारित गरे सरकारबाट बाहिरने दाहाल र माधवकुमार नेपालको भनाइमा देउवाले गठबन्धनको विकल्प आफूसँग भएको बताएका थिए । शनिबारसम्म संकटमा घडिमा पुगेको सत्ता गठबन्धन एकाएक जबराविरुद्ध महाअभियोग लगाउन सहमत भएपछि अर्को कौतुहलता थपिएको छ । यसअघि परामादेशको सरकार गठनकालागि आदेश दिने जबरासहित अन्य न्यायाधीशहरूलाई पनि महाअभियोग लगाउनु पर्ने बताउँदै आएको एमालेले कस्तो भूमिका खेल्छ भन्ने चासोको विषय बनेको छ । तर, आइतबारको दृश्यले एमालेले पनि सभामुखसहित अन्य चारजना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने कुरालाई भने अस्वीकार गर्न सकिन्न । यस्तो परिस्थितिमा दुवै पक्षले दर्ता गराएको प्रस्ताव पारित हुने अवस्था रहँदैन । किनभने महाअभियोगको प्रस्ताव पारित हुनका लागि संसदमा दुई तिहाइ मत आवश्यक पर्छ । जुन सत्ता र प्रतिपक्ष दुवैसँग छैन । यस्तो अवस्थामा नेपालको राजनीति अझै अन्योलको स्थितिबाट गुज्रँदै उल्टो बोटामा लाग्नेछ । यसले लोकतन्त्र, गणतन्त्र, संघीयता, बहुलवाद र न्यायलय प्रतिको विश्वासमा पनि चरम घात गर्नेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०५:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP