Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • देशप्रति गम्भीर होऔ
देशप्रति गम्भीर होऔ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
Hardik health
साँच्चै भन्ने हो भने वर्तमान सरकार राष्ट्रवादको नाराको भरमा बनेको हो । भारतले नेपालमाथि अनाहकमा लगाएको नाकाबन्दीका विरुद्ध तत्कालीन नेपाली कांग्रेसको सरकारले बोल्न सकेको थिएन । नेपालले घोषणा गरेको संविधानप्रति असहमति जनाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नेपाली कांग्रेस संविधान घोषणा गरे पनि उसले उक्त नाकाबन्दीको खुलेर विरोध गरेन । यसैबीच, दलीय सहमतिअनुसार नेकपा एमालेको सरकार बन्यो र सो सरकार भारतका विरुद्ध उर्लेर नै अघि बढ्यो । यसैबापत नेपाली जनताले सो सरकारलाई राष्ट्रवादीको रूपमा चित्रित गरे । यसैबीच, सरकारले भारतको विरोध गर्दै चुच्चे नक्सा जारी गरेर भारतविरोधीका बिल्ला लियो । यसपछि जनताले सरकारलाई वाहवाही गरे तर अहिले सरकारले आफ्नो असली रूप देखाएको छ । सरकारले नेपालको प्राकृतिक सम्पदा निकासी गरेर भारतीयहरूको सहरलाई झिलिमिली बनाउन कम्मर कसेर लागेको छ । हिजो भारतीयहरूलाई बिनारोकटोक नागरिकता दिनका लागि अध्यादेश ल्याएर सरकारले सजिलो काम गरेको थियो । खासगरी नेपाली बुहारीले भने बुहारी बनेको भोलिपल्टै नागरिकता पाएर पर्सिपल्ट मन्त्री, सांसद हुनुपर्ने कानुन बनाउने सरकार कसरी राष्ट्रवादी बन्यो ? सरकारले नेपाललाई भुटानीकरण हुँदै सिक्किमीकरणतिर लैजाने त्यो नसके फिजीकरण गर्ने गरी भारतलाई ऋण तिर्दै आएको छ । वास्तवमा वर्तमान सरकारको कुर्सी बचाउनका लागि सरकारले भारतीयहरूको पक्षमा एक एक गरी निर्णय गरिरहेकाले यसको विरोध गर्नुको विकल्प छैन । नेपाली जनतालाई भेडा बनाउने नेताहरूलाई अब कति दिनसम्म बोक्ने ? यो आजको टड्कारो आवश्यकता भइसकेको छ । यसैबीच, नेपालको चुरे फाँडेर त्यहाँ हेको ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने गरी बजेट नै ल्याएको छ । हिजो भारतलाई गाली गरेको पार्टीले गाली गरेको मूल्य भारतलाई तिर्नका लागि गरेको यो कार्य भनेको साँच्चै आमाको मिर्गौला बेचेर श्रीमतीलाई सुन लगाइदिएको सरह भएको छ । सरकारले प्राकृतिक सम्पदालाई भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिलाई जनताले विराध गर्नैपर्छ । भारतलाई खुसी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली गर्ने नेताहरूलाई अब खबरदारी गर्नैपर्छ । ढुंगा, गिट्टी, बालुवा निर्यातका लागि गरिने ठूलो मात्राको उत्खनन्ले वातावरणीय सन्तुलन खल्बलिन गई चुरे र पहाडमा पानीका स्रोत सुक्ने, भूक्षय, बाढी पहिरोको जोखिम बढ्ने र भविष्यमा नेपालको तराई मरुभूमिमा परिणत हुने कुरा सहजै अनुमान लगाउन सकिने भएको भए पनि सरकारले भारतलाई खुुसी बनाउनका लागि गरेको यो गद्धारी कामको जति विरोध गरे पनि यो कमी नै हुन आउँछ । यो कार्यले भारतको प्राकृतिक सम्पदा बचाउन मद्दत गर्ने र खासमा सिमित व्यवसायीलाई पोस्ने काम मात्र हुने भएको छ । त्यसैले यो कदमलाई विरोध गरेर रोक्नैपर्छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०५:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP