Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
साहित्य
  • Home
  • साहित्य
  • गीत लेखनमा रमेशको उचाइँ
गीत लेखनमा रमेशको उचाइँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १७, २०७८
Ncell
Hardik health
काठमाडौं — गीतिकारितामा रमेश दाहाल स्थापित नाम हो । कविता लेखन हुँदै गीतिकारिता लागेका दाहाल २०५० सालयता निरन्तर गीत लेख्दै आएका छन् । उनले हालसम्म सयौँ गीत लेखिसकेका छन् । नेपाली गीतकार, साहित्यकार तथा संगीतकर्मीका माझमा छुट्टै पहिचान बोकेका गीतकार दाहालका थुप्रै कर्णप्रिय गीतहरू छन् । उनी भन्छन्, ‘स्रोताको मायाले पनि मलाई हौसला मिलेको छ ।’ दोलखाको बैतेश्वरमा जन्मेका उनी बालापनमै मातृवियोग भोगेका थिए । त्यसैले पनि उनी साहित्य फुर्न थाल्यो । गीतिकारितामा तीन दशकदेखि अनवरत उनी भन्छन्, ‘सुरुमा कविता र गीत लख्थेँ । तर, ०५० सालपछि अरु विधा छोडेर गीतमात्रै लेख्न थालेँ ।’ गीतकारहरूको छाता संस्था गीतकार संघ नेपालबाट यसै वर्ष ५७ हजार नगदसहित पुरस्कृत भएका दाहाल भन्छन्, ‘पहिलो सुरुवाती दिनदेखि ०५७ सालसम्म, दोस्रो ०५७ देखि ०७० सालसम्म र तेस्रो ०७० पछि हालसम्मको अवधिलाई संघर्ष, सफलता र प्राप्तिका हिसाबले लिएको छु ।’ उनका गीतहरू चर्चित छन् । तर, उनी आपूmले आफँैलाई एक सफल गीतकार भन्न आवश्यक ठान्दैनन् । नेपाली गीत लेखनमा छुटै स्थान बनाउँछु भनेर सपना देखेका उनले ०५७ सालसम्म विभिन्न अग्रज गीतकारहरूका गीतहरू गहन रूपमा अध्ययन गरेको बताउँछन् । विशेषतः कृष्णप्रसाद घिमिरे, रत्नसमशेर थापा, किरण खरेल, राजेन्द्र थापा, भैरवनाथ रिमाल कदमलगायतका अग्रज गीतकारबाट आफू प्रभावित भएको उनी बताउँछन् । ०५२ सालतिर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दा कवि तथा गजलकार खड्गसेन ओली, कुसुम ज्ञवाली, दीपक कथितजस्ता अब्वल कवि एवं गजलकारहरूको संगत गरेका उनले त्यसबेलाका चर्चित गायक–गायिकाहरू जस्तै संजीव प्रधान, मोहन भुसाल, बबिन प्रधानहरूसँगको बाक्लो हिमचिम गरेको उनी स्मरण गर्छन् । ०५७ सालपछि नेपालका शिद्धहस्त संगीतकर्मीहरूको कला र गलाबाट रमेशका गीतहरू नियमित आएका छन् । ‘फेरि तिम्रो सम्झनाले’ गणेश पराजुलीको संगीतमा गायिका यशोदा पराजुलीले गाएपछि रमेशका शब्दमा बनेका गीतहरू एकपछि अर्को नियमित रूपमा रेडियो तथा टेलिभिजनमा बज्न थालेका थिए । ०७० सालसम्म आइपुग्दा उनले नेपालका ख्यातिप्राप्त गायक–गायिका एवं संगीतकारहरूसँग सहकार्य गर्न भ्याइसकेको थिए । कतिपयले रमेशकै शब्दमा रेडियो नेपालको स्वर परीक्षा पास गरेका छन् । गायिका शितल र सुवानी मोक्तानले रमेशको गीतमा हिट्स एफएम म्युजिक अवार्ड, कमल श्रेष्ठले म्युजिक खबर म्युजिक अवार्ड, विजय थापाले बक्स अफिस म्युजिक अवार्ड, भोला पौडेलले नाट्यश्वर म्युजिक अवार्ड तथा सम्मानहरू प्राप्त गरेका छन् । गीतकार दाहालले यस अवधिमा काव्यात्मक गहिराइका गीतहरू लेखेका छन् । यसैले उत्कृष्ट गीतकारका हिसाबले उनले रेडियो नेपालबाट दोस्रो पटक पुरस्कृत हुने अवसर पाए । हालसम्म आइपुग्दा हजार अधिक गीत लेखिसकेका उनका तीनभन्दा बढी रेकर्ड भइसकेका छन् । यस्तै, तीन दर्जन एल्बममा गीत लेखेर योगदान दिएका रमेश निकै नै महँगो पारिश्रमिक लिने गीतकारका रूपमा चिनिएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP