Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • गीत लेखनमा रमेशको उचाइँ
गीत लेखनमा रमेशको उचाइँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १७, २०७८
Hardik health
काठमाडौं — गीतिकारितामा रमेश दाहाल स्थापित नाम हो । कविता लेखन हुँदै गीतिकारिता लागेका दाहाल २०५० सालयता निरन्तर गीत लेख्दै आएका छन् । उनले हालसम्म सयौँ गीत लेखिसकेका छन् । नेपाली गीतकार, साहित्यकार तथा संगीतकर्मीका माझमा छुट्टै पहिचान बोकेका गीतकार दाहालका थुप्रै कर्णप्रिय गीतहरू छन् । उनी भन्छन्, ‘स्रोताको मायाले पनि मलाई हौसला मिलेको छ ।’ दोलखाको बैतेश्वरमा जन्मेका उनी बालापनमै मातृवियोग भोगेका थिए । त्यसैले पनि उनी साहित्य फुर्न थाल्यो । गीतिकारितामा तीन दशकदेखि अनवरत उनी भन्छन्, ‘सुरुमा कविता र गीत लख्थेँ । तर, ०५० सालपछि अरु विधा छोडेर गीतमात्रै लेख्न थालेँ ।’ गीतकारहरूको छाता संस्था गीतकार संघ नेपालबाट यसै वर्ष ५७ हजार नगदसहित पुरस्कृत भएका दाहाल भन्छन्, ‘पहिलो सुरुवाती दिनदेखि ०५७ सालसम्म, दोस्रो ०५७ देखि ०७० सालसम्म र तेस्रो ०७० पछि हालसम्मको अवधिलाई संघर्ष, सफलता र प्राप्तिका हिसाबले लिएको छु ।’ उनका गीतहरू चर्चित छन् । तर, उनी आपूmले आफँैलाई एक सफल गीतकार भन्न आवश्यक ठान्दैनन् । नेपाली गीत लेखनमा छुटै स्थान बनाउँछु भनेर सपना देखेका उनले ०५७ सालसम्म विभिन्न अग्रज गीतकारहरूका गीतहरू गहन रूपमा अध्ययन गरेको बताउँछन् । विशेषतः कृष्णप्रसाद घिमिरे, रत्नसमशेर थापा, किरण खरेल, राजेन्द्र थापा, भैरवनाथ रिमाल कदमलगायतका अग्रज गीतकारबाट आफू प्रभावित भएको उनी बताउँछन् । ०५२ सालतिर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दा कवि तथा गजलकार खड्गसेन ओली, कुसुम ज्ञवाली, दीपक कथितजस्ता अब्वल कवि एवं गजलकारहरूको संगत गरेका उनले त्यसबेलाका चर्चित गायक–गायिकाहरू जस्तै संजीव प्रधान, मोहन भुसाल, बबिन प्रधानहरूसँगको बाक्लो हिमचिम गरेको उनी स्मरण गर्छन् । ०५७ सालपछि नेपालका शिद्धहस्त संगीतकर्मीहरूको कला र गलाबाट रमेशका गीतहरू नियमित आएका छन् । ‘फेरि तिम्रो सम्झनाले’ गणेश पराजुलीको संगीतमा गायिका यशोदा पराजुलीले गाएपछि रमेशका शब्दमा बनेका गीतहरू एकपछि अर्को नियमित रूपमा रेडियो तथा टेलिभिजनमा बज्न थालेका थिए । ०७० सालसम्म आइपुग्दा उनले नेपालका ख्यातिप्राप्त गायक–गायिका एवं संगीतकारहरूसँग सहकार्य गर्न भ्याइसकेको थिए । कतिपयले रमेशकै शब्दमा रेडियो नेपालको स्वर परीक्षा पास गरेका छन् । गायिका शितल र सुवानी मोक्तानले रमेशको गीतमा हिट्स एफएम म्युजिक अवार्ड, कमल श्रेष्ठले म्युजिक खबर म्युजिक अवार्ड, विजय थापाले बक्स अफिस म्युजिक अवार्ड, भोला पौडेलले नाट्यश्वर म्युजिक अवार्ड तथा सम्मानहरू प्राप्त गरेका छन् । गीतकार दाहालले यस अवधिमा काव्यात्मक गहिराइका गीतहरू लेखेका छन् । यसैले उत्कृष्ट गीतकारका हिसाबले उनले रेडियो नेपालबाट दोस्रो पटक पुरस्कृत हुने अवसर पाए । हालसम्म आइपुग्दा हजार अधिक गीत लेखिसकेका उनका तीनभन्दा बढी रेकर्ड भइसकेका छन् । यस्तै, तीन दर्जन एल्बममा गीत लेखेर योगदान दिएका रमेश निकै नै महँगो पारिश्रमिक लिने गीतकारका रूपमा चिनिएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP