Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भिजिट भिसाको दुरूपयोग रोक
भिजिट भिसाको दुरूपयोग रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १३, २०७८
Hardik health
सबै तहबाट भिजिट भिसाको दुरूपयोग रोकिनुपर्छ । भिजिट भिसाको नाममा केही व्यक्तिहरूबाट अवैध कार्य गर्दै आइएको छ । यस्तो अवस्थामा सरकारी तहले पनि भिजिट भिसा वितरण गर्दा अत्यन्तै कडाइ गर्नुपर्ने भएको छ । भिजिट भिसा दुरूपयोग गरेर लाखौँ नेपाली नागरिकहरूले तेस्रो मुलुकमा पीडा भोग्नु परेको छ । यस्तो अवस्थाको सिर्जना गर्ने कार्य स्वयं सरकार पनि हो । हुन त मानव तस्करहरूको चलखेलमा व्यक्ति बेच बिखन गर्ने काम भइरहेको छ । यस्तो कार्यमा भिजिट भिसाको धेरै प्रयोग भइरहेको छ । तर, यस्तो गलत काम गर्नु हु“दैन भनेर सचेतना कार्यक्रमको आयोजना गर्नु आवश्यक देखिएको छ । मानव बेचबिखन कार्यलाई प्रोत्साहन गर्नै हुँदैन । कोही कसैबाट यस्तो भएको पाइएमा यसलाई दुरुत्साहन गर्नु पर्छ । भिजिट भिसामा गएर त्यसको दुरूपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि आवश्यक भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्नु पर्ने भएको छ । वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेकाले उनीहरूको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बेला आइसकेको छ । कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरूलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहनुपर्छ । भिजिट भिसामा गएकाहरूले त्यहाँ श्रमिकको रूपमा काम गर्न थालेका छन् । त्यो पनि समस्या हो । अर्को कामका लागि गएका तर काम नपाएकाहरूको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषद्मा कुरा राख्न सक्नुपर्छ । यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर बन्नुपर्ने बेला भइसकेको छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दुरूपयोग नगरून् भन्नेतर्फ राज्य सधैँ सचेत हुनुपर्छ । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो । यसमा नेपाल सरकार गृह मन्त्रालय लागिपरेको भनिए पनि वैदेशिक रोजगारमा दुःख गरेर कमाएर ल्याएको केही सामानमाथि पनि विमानस्थलका कर्मचारीको लोभी नजरले नछाड्दा उनीहरू रुनु न हाँस्नु भएका छन् । वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि बिचौलियाहरूले ठगी गरेको कोही कसैबाट छिप्दैन तर उनीहरूमाथि कारबाही हुन नसक्दा उनीहरूको मनोबल नै उच्च देखिन्छ । यसैबीच, युएईमा घरेलु कामदार महिलाहरूको समस्या ठूलो छ । ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको देखिन्छ । यत्ति मात्र होइन, व्यक्तिगत श्रम स्विकृति लिएर गएका नेपालीहरूको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ । श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था छैन । यसका लागि सरोकारवालाहरूको चनाखोपन पनि आवश्यक देखिन्छ । तर, भिजिट भिसाका नाममा विदेश गएर वैदेशिक रोजगारमा अल्झिने काम भइरहँदा यसबाट स्वयं व्यक्त पनि कुनै न कुनै दिन समस्यामा आउन बेर छैन ।  
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP