Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • एकैसाथ सात गीत ल्याउँदै रामप्रसाद
एकैसाथ सात गीत ल्याउँदै रामप्रसाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ४, २०७८
Hardik health
काठमाडौं— बरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही दिन अगाडि नेपाल आएका थिए । हरेकपटक नेपाल आउँदा नयाँ गीतसंगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कवितासंग्रह समेत सार्वजनिक गरेका छन् । खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोकदोहोरी, भजन, आधुनिक, लोकआधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाँकनसमेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए । तर, कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाँकन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पा¥यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न नसकेको उनले सुनाए । खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण हे राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उनी आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताए । खनालका अन्य गीतहरूमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिएका छन् । तेस्रो गीत भने उनको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गरेका छन् । यस्तै खनालले चौथो गीतको रूपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाएका छन् । उनकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गरेका छन् । भिडियो गर्न बाकी रहेको ३ गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । उनकै शब्द रहेको यो गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिएका हुन् । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उनले १२ सय बढी गीतमा स्वर दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP