Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
विश्व
  • Home
  • विश्व
  • काबुलको उद्धार उडान र चालकको अनुभव
काबुलको उद्धार उडान र चालकको अनुभव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
Ncell
Hardik health
पेरिस– काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तब्यस्त छ तर विमानचालकका लागि सही समय र यसको सही ब्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानीभित्र र बाहिर को उडान अन्य सामान्य यात्रा भएको छैन । विमानचालकले उच्च भू–भागमा पहाडले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनु परेको छ । सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुनेहुँदा दुर्घटनालाई जोगाउनु चालकका लागि सहज छैन । पश्चिमी राष्ट्रले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धारकार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकले एएफपीसँग अवतरणका अनुभव बाँडे । उनीहरूले गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए । फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा पाँच हजार ८०० अमेरिकी सैन्य अधिकारी तैनाद भएका छन् । अमेरिकी सेनाले ‘सबै हवाई आकाशको ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकालाई सञ्चालन गरिरहेका हुन्छन् । एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट बिन्दु) मा आफ्नो थर नवताउने शर्तमा उनले भनो, ‘यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ । हाम्रो अवतरणलाई दृष्यको सहयोगमा अन्त्य गर्छौं ।’ ‘प्रणालीले हामीलाई धेरै मद्दत गर्ने हुनाले हामीलाई बाहिर ध्यान केन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ,’ उनले थपे । ‘सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त सङ्केत खसाल्न सक्छ । धावनमार्ग नजिकै पुग्दा विमान ‘हाम्रो दृष्टिमा आएका दौडानका खतराबाट बच्न’ जमिनतिर तीव्र गतिमा अघि बढ्छ ।’ आउँने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सुत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए । उनले भने, ‘सबै राष्ट्रबाट आउने जाने विमानका कारण यति धेरै एअर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन ।’ विमानचालकले ‘अवतरण र उडेको आधा घण्टा’ मात्र आफ्नो ‘स्लट’ को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, ‘जमिनमा धेरै जहाज थिए तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो ।’ अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो । अन्तरराष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौँलाई शहरको विमानस्थलतिर भीड लाग्न बाध्य बनायो । यो तत्काल देश बाहिर जाने एक मात्र विकल्प थियो । ‘त्यो बिहान यात्रु वाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,’ पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए) का पाइलट मक्सुद बराजनीले भने । उनले भने, ‘फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौँ । मैले बाहिर त्रास छ भन्ने कुरा थाह पाउन थालें । स्थिति सामान्य थिएन ।’ उनले थपे, ‘विमानस्थलभित्र धेरै मानिस हतार–हतार गरिरहेका थिए । कतै गोली चलेकोे पनि सुनियो ।’ अर्को विमानलाई पछ््याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले एएफपीसँग भने । त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाएपनि उड्नु पर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए । ‘एक घण्टाको लागि परिस्थितिलाई नियालिसकेपछि मैले विमानलाई उडाएँ । आकाश सफा थियो जसले गर्दा मैले सैन्य ट्राफिक जामबाट बच्न सहज भयो । चिनूक, गनशिप हेलिकप्टर र अरू केही मालबहाक विमान आकाशमा देखिन्थे ।’ ‘केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौँ । त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो ।’ उनका पिआईए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए । उनले यात्रुलाई आतङ्कित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नु परेको स्मरण गरे । ‘अधिकांश यात्रु या त राष्ट्रपति असरफ गनीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए । तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए ।’ ‘त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै जिम्मा म आफैँमा निर्भर थियो । परिस्थितिलाई आफैले नियन्त्रणमा राख्न मलाई भनिएको थियो ।’ उनले भने, ‘यात्रु ‘कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामाबाद आइपुग्दा बल्ल राहतको अनुभव भयो ।’ पछिल्ला दिनमा गन्जागोल बढ्यो । रोयल एयर फोर्सले जारी गरेको ब्रिटिश सी–१७ को फोटोमा मानिस सात वा आठ पङ्क्तिमा भुइँमा बसिरहेका पाइयो । फ्रान्सेली आधार १०४का कमान्डर कर्नेल यानिक डेबोइसका ले भने, ‘यस्तो वेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ ।’ एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सीट हुन्छ तर यहाँ हामीले २३५ जनासम्म राखियो । यात्रु भुइँमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए । अमेरिकी सी–१७ विमान ४०० भन्दा धेरै यात्रुलाई भुइँमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ तर सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो । डेबोइसले भने, “यो तौलसम्बन्धी सबैभन्दा महत्वपूर्ण प्रश्न हो र यात्रुको सङ्ख्या धेरै भएपनि यसमा थुप्रै केटाकेटी पनि पर्छन् । जमिनबाट उडेपछि भने काम सजिलो हुन्छ । ‘मानिस थकित हुन्छन् । साधारणतया, तिनीहरू सुत्छन् र हामी आफ्नो काम गर्छौं ।’ कमान्डर स्टिफनले बताए । (रासस/एएफपी)
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP