Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • कम्युनिस्टबाट संगठन र प्रचार सिक्नुपर्छ : डा. महत
कम्युनिस्टबाट संगठन र प्रचार सिक्नुपर्छ : डा. महत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ८, २०७८
song release (2)
Ncell
Hardik health
काठमाडौं– डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गीतमा गुरुङको साथै अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ । सोमबार नेपाल सांस्कृतिक कलाकर्मी संघ राष्ट्रिय समितिले आयोजना गरेको ‘विमोचन समारोह–२०७८’ मार्फत कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बे, प्रतिनिधिसभा सदस्य सुजाता परियारलगायतले गीतको भिडिओ विमोचन गरेका हुन् । कार्यक्रममा रमाइलो टिभीका सञ्चालक तथा सञ्चारकर्मी दयाराम पाण्डे, नेपाली कांग्रेस दोलखाका कोषाध्यक्ष तथा नेपाल सांस्कृतिक संघका पूर्वप्रवक्ता कृष्ण केसी, महाधिवेशन प्रतिनिधि भगवती थापा, तेजप्रसाद रिजाल, म्युजिक भिडिओका निर्देशक लिगेस भट्टराई र नृत्य निर्देशक बुद्धिराम खड्काको उपस्थिति थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.महतले उक्त गीतको सपलताको कामना गरेका छन् । उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आए पनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढी गफ गरेको स्मरण गराए । डा.महतले आगामी निर्वाचनमा जनताको मन छुने गीत÷संगीत लिएर जानुपर्ने बताए । उनले भने, ‘हामीले त काम नै गरेको हो नि । जनताको सेवामा केन्द्रित भएर कांग्रेस समर्पित हुनुपर्छ । भाषणको जति प्रभाव हुन्छ, त्यो भन्दा पनि सयौँ गुण बढी प्रभाव गीत तथा संगीतको हुन्छ । अहिले कांग्रेको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्र्याकमा ल्याएको छ । हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन । बरु, जनताको आवश्यकता प्राथमिकतमा केन्द्रित भएर काम गर्छौँ । यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रूपमै प्रतिबद्धता व्यक्त गरेको सुनाए । कांग्रेसले कम्युनिस्टबाट सिक्ने दुई वटा कुरा भएको पनि उनले उल्लेख गरे । पहिलो कुरा भनेको संगठन निर्माण र अर्को प्रचार भएको उनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बेले पनि गीतको सफलताको कामना गरे । उनले कम्युनिस्टहरूले गरिबको गीत गाएर मन जितेको पनि स्मरण गराए । उनले भने, ‘कम्युनिस्ट हृदयदेखि गाँसिएको नाम होइन । अहिले कांग्रेस इतिहासकै महत्वपूर्ण जिम्मेवारी बोकेर आएको छ, हाम्रो पार्टी सरकारमा छ । दुई तिहाईको मत पाएको नेकपाले सरकार चलाउन सकेन । ठट्टाठट्टै गर्दा तीन वर्ष बिताउने काम ग¥यो ।’ उनले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने पनि विश्वास दिलाए । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सुजाता परियारले पनि गीतको सफलताको कामना गरिन् । उनले विमोचन गरिएको उक्त गीत नेपाली कांग्रेसलाई बलियो बनाउने सहयोगी हुने पनि बताइन् । उनले भनिन्, ‘यो गीतको माध्यमबाट कांग्रेसलाई सशक्त बनाउने र गाउँ, कुना, कन्दरा र विश्वमा पु¥याउने भन्ने लागेको छ । यो गीत हरेकनेपाली जनताको मन मनमा पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । कांग्रेसको सन्देशमूलक गीत भएको महशुस गरेको छु ।’ कार्यक्रममा वरिष्ठ गायक, संगीतकार तथा गीतकार डिबी गुरुङले गीत विमोचन कार्यक्रममा सहभागीहरूप्रति आभार व्यक्त गरे । उनले कलाकारलाई पनि पार्टीले उचित जिम्मेवारी दिनुपर्ने सुझाए । उनले कांग्रेसमा अब कलाकारको मर्म र भावना बुझ्ने नेतृत्व आओस भन्ने इच्छा व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP