Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कोरोनाको दोस्रो लहरः प्राथमिक मनोवैज्ञानिक सहयोग जरुरी
कोरोनाको दोस्रो लहरः प्राथमिक मनोवैज्ञानिक सहयोग जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १५, २०७८
Hardik health
नेपालमा पनि अहिले कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । कोरोना भाइरसका कारण विश्वले गत एक वर्षदेखि ठूलो संकटको सामना गरिरहेको छ । कतिपय देशहरूमा फेरि लकडाउन सुरु भएको छ । भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति, रोग व्याधिको प्रकोप तथा मानव सिर्जित अन्य दुःखद घटनाहरूले व्यक्तिको मन र समाजमा असहज अवस्था उत्पन्न गरिदिन्छ । यस्तो अवस्थामा राहतजस्तो भौतिक सहयोग मात्र पर्याप्त हँदैन । उनीहरूलाई मनोसामाजिक वा भावनात्मक सहयोगको पनि अति जरुरत पर्दछ । व्यक्ति र समुदायमा देखिएको मनोवैज्ञानिक समस्यालाई कम गर्न घटना भएलगत्तै सुरुमा दिइने भावनात्मक तथा व्यवहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । विषम परिस्थितिमा मान्छेको मनमा आउने अशान्ति, डर, चिन्ता, तनाव, नैरश्यताजस्ता भावनात्मक समस्यालाई कम गर्न र दैनिक जीवनमा आउने व्यवहारजन्य गडबढीलाई व्यवस्थापन गर्न प्राथमिक मनोवैज्ञानिक सहयोगले मद्दत गर्छ । बेलैमा मनोवैज्ञानिक सहयोग पाएको खण्डमा धेरैजसो समस्या केही समयको अन्तराल पछि आफैँ कम भएर जान्छ । यसका साथै प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखापर्न सक्ने मानसिक रोग एवं मनोसामाजिक समस्यालाई समेत न्यूनीकरण गर्न सकिन्छ । अहिले फेरि कोरोनाको संक्रमण बढ्दै गएकाले व्यक्तिमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याका लक्षणहरू देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काँप्नु, कट्कट खानु वा झम्झमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको तथा पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरीरमा थकान लाग्नु, श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाँडै बिर्सनु, मन दुःखी हुनु, सामान्यभन्दा बढी डर÷ चिन्ता, पिर पर्नु, छटपटी हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निरास हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो भएको महसुस हुनुजस्ता लक्षणहरू देखिन सक्छन् । विपत्ति वा असहज अवस्थामा देखिने यस्ता लक्षणहरू सामान्य र स्वभाविक लक्षणहरू हुन् । यी लक्षणहरू लामो समयसम्म रहेमा भने मनोसामाजिक समस्या तथा मानसिक रोगको जोखिम हुन्छ । प्राथमिक मनोवैज्ञानिक सहयोग कसलाई बढी जरुरी ? कोरोनाको कहरले घटी बढी सबै व्यक्तिहरूलाई असर पु¥याएको छ । तर पनि बालबालिका, सुत्केरी तथा गर्भवती महिला, जेष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति, दीर्घरोगी, कोरोनाका संक्रमित व्यक्तिहरू, कोरोनाको आशंका गरिएका व्यक्ति, कोरोनाको उपचारको क्रममा रहेका व्यक्ति र तिनको परिवार, आफन्त गुमाएको परिवारका सदस्यहरू, अस्पतालबाट सन्चो भएर फर्किएका व्यक्तिहरू, अस्थिर र दुविधामा परेका व्यक्तिहरू, होम आइसोलेसन र क्वारेन्टाइनमा भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर प्राथमिक मनोवैज्ञानिक सहयोग गर्नुपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरू पनि आ–आङ्खनो कार्य क्षेत्रमा दिनरात खटिरहेका हुन्छन् । जोखिमको बेला अग्रपंक्तिमा खटिने व्यक्तिहरूलाई पनि मनोवैज्ञानिक असर वा मानसिक आघात पर्न सक्ने जोखिम अरुभन्दा धेरै हुन्छ । उनीहरूका लागि पनि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा स्वहेरचाहको अति जरुरत पर्दछ । समस्या कसरी कम गर्न सकिन्छ ? मनका वह पोख्दा, घरपरिवार, साथीभाइ वा समाजको साथ र सहयोग पाउँदा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्जन, खेलकुद, व्यायाम, ध्यान पूजापाठजस्ता कुरामा मन लगाउँदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोली रुन पाउँदा, सकरात्मक सोच राख्दा आङ्खनो ध्यानलाई रमाइलो कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले समस्या कम हँदै जान्छ । कोरोनाको असरले ल्याउन सक्ने मानसिक समस्याहरूः १. एन्जाइटी– विभिन्न किसिमका डर, चिन्ताजन्य समस्याहरू । २. डिप्रेसन– दिक्दारिपन तथा आत्महत्याको सोचाइ वा प्रयास । ३. मानसिक आघात– पीडादायी घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग । ४. प्यानिक अट्याक– एक्कासि बिनाकारण उत्पन्न हुने अत्याधिक त्रास । ५. समायोजनको समस्या– परिस्थितिसँग जुझ्न नसकिरहेको अवस्था । ६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स– एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरैपटक दोहोर्याइरहने मानसिक रोग । ७. जाँड÷रक्सी, लागू प्रदार्थको लत । ८. कन्भर्सन डिसअडर्स– डर, त्रास, तनावको कारणले देखिने मनोवैज्ञानिक समस्या । ९. एक्युट स्टेस डिसअडर्स– तत्कालै देखा पर्ने तनावजन्य समस्या । १०. सामाजिक संजालको लत प्राथमिक मनोवैज्ञानिक सहयोग कसरी गर्ने ? आफू र अरुलाई हानिनोक्सानी नपुग्ने गरी आफूले सकेको सहयोग एकले अर्कालाई गर्न सक्छौँ । प्राथमिक मनोवैज्ञानिक सहयोगको हकमा भने यसको सामान्य ज्ञान वा तालिम लिएको जो सुकै व्यक्तिले यस्तो सहयोग गर्न सक्छन् । यो सेवा दिन मनोविद्, मनोचिकित्सक, मनोपरामर्शदाता नै चाहिन्छ भन्ने होइन । १ कोरोनाको संक्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो, सत्य तथ्य सूचना तथा जानकारी गराउने । २ शारीरिक तथा भावनात्मक सुरक्षाको पूर्ण प्रत्याभूति गराउने । ३. आवश्यक वस्तुहरू पहिचान गरी सोहीअनुरूप परिपूर्ति गर्न सहयोग गर्ने, सो सहयोगका लागि पहल गर्ने, सहयोगका लागि सहजीकरण वा समन्वय गर्ने । ४. अर्काको भवनाको कदर गर्ने, भावनात्मक रूपमा सधैँ नजिक रहने । मानिसहरू बीच सम्मानजनक र भेद्भावरहित सम्बन्धको स्थापना गर्न मद्दत पुर्याउने । ५. संक्रमणको आशंका गरिएका, आइसोलेसनमा बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरूलाई माया, ममता, सद्भाव देखाउने । ६. परिबारबाट टाढा भएकाहरूलाई सामाजिक दूरी कायम गर्दै पुनः मिलन गराउन मदत गर्ने । ७. व्यक्तिको दैनिक जीवनलाई सहज र सिर्जनात्मक बनाउन सहयोग पुर्याउने । ८. विषम परिस्थितिमा व्यक्तिले देखाउन सक्ने नकारात्मक व्यवहारको ख्याल गर्दै उनीहरूलाई सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्ने । ९. पुरानो रोग बल्झिएमा, खाइरहेको औषधिले काम गर्न छाडेमा चिकित्सकसँग सम्पर्क गराउने । १०. प्रभावित व्यक्तिको कुरा ध्यान दिएर सुन्ने, उसलाई आङ्खनो मनको कुरा भन्न प्रेरित गर्ने । ११. व्यक्तिको रूचीअनुसारको कार्यमा सक्रिय गराउने । दैनिक कार्य सुचारू राख्न सहयोग गर्ने । १२. आरमदायी अभ्यास, योग, ध्यान, व्यायामजस्ता क्रियाकलापको माध्यमबाट भावनात्मक रूपमा स्थिर र शान्त राख्न सहयोग गर्ने । १३. मनोवैज्ञानिक समस्या जटिल हँदै गएमा मनोचिकित्सक, मनोविद् वा मनोपरामर्शदातासँग सम्पर्क गराउने । मनोवैज्ञानिक वा मानसिक रोगको जोखिम हुनबाट जोगाउने । कस्तो बेलामा बिज्ञको सहयोग लिनुपर्छ । प्रत्येक व्यक्तिको समस्यासँग जुझ्ने मानसिक क्षमता फरक–फरक हुन्छ । घटनाले पार्ने असर पनि फरक फरक हुन्छ । कोही व्यक्ति चाँडै सामान्य अवस्थामा फर्कन्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न पनि सक्छ । धेरै मानिसहरू ढिलोचाँडो पूर्वअवस्थामा फर्किन सक्ने भए तापनि केही प्रतिशत व्यक्तिहरूमा समस्या बढ्दै जान सक्छ । विपत्तिको बेला धेरैजसोमा देखिने स्वभाविक मनोवैज्ञानिक लक्षणहरू कम नभई बढ्दै गएमा, आङ्खनो दैनिक काम गर्न कठिनाइ भएमा, आङ्खनो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लागू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा,व्यक्तित्व र स्वभावमा परिवर्तन आएमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ । (लेखक ढकाल मनोविद् हुन् । उहाँ मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०६:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP