Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कमजोरहरूको भरपर्दो हतियार ‘मिडिया’
कमजोरहरूको भरपर्दो हतियार ‘मिडिया’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १४, २०७७
Sudeep
Hardik health
‘सूचना÷ज्ञान अति द्रूत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दै छ । ज्ञानले सम्पत्तिको सिर्जना गर्दै छ । यसअघि भूमि, खानी, श्रम र पुँजी सम्पन्नताको आधार थियो भने अब ज्ञानले नै त्यो ठाउँ लिँदै छ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैँलाई अविकसितता÷ अन्धकारतिर धकेल्नेछन््,’ एडवार्ड कोर्निस, भविष्यविद् । मानव समाज संचारबिना चल्न सक्दैन । तर अन्य प्राणीले गर्ने संचार र मानिसले गर्ने संचार धेरै नै फरक रहेकोे छ । त्यसमा पनि झन् प्रविधिको विकासले त नयाँ आयाम नै थपिदिएको छ । मानिसको सीप, भाषा, शब्द, ध्वनिमा मात्र सीमित छैन संचार । मानिसले गीत, संगीत, काष्ठकला, मूर्तिकला, हस्तकला, चित्रकला वास्तुकला, तस्बिर तथा भिडियोको प्रयोग, कुनै अडियोको आवाजका साथै अभिव्यक्तिका ललित र विकास भएका नवीनतम् संचार माध्यम तथा प्रविधिहरूको प्रयोगद्वारा मानव समाजमा संचार भइरहेको हुन्छ । ब्रह्माण्डका जिव जीवात्माहरू मध्येको सर्वश्रेष्ठ मानिने मानव जाति उसैद्वारा सिजना गरिएको समाज र सामाजिक नियम छ । उसले खाने, बाँच्ने, रमाइलो गर्ने, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, भेषभूषा, मानव समाजका मूल्य मान्यता वा आदर्शहरू हुन् । यस्ता हजारौँ वर्षदेखि विकास भएको मानव समाज र सभ्यताहरूको विकास हुँदै धर्म, संस्कृति, कला, साहित्य, विज्ञानका अनेकौँ आदर्श, मूल्यमान्यताहरू स्थापना गरेको छन् । मानिसले आङ्खना अनुभवहरू, भावना, विचार र मूल्य मान्यताहरूलाई संचार माध्यमबाट ‘वृत्तान्त’ को रूपमा व्यक्त गर्दै आएको पाइन्छ । मानवजाति र सञ्चार लगभग दौँतरीजस्तै हुन् भन्दा फरक नपर्ला । मानव जातिको उत्पत्तिसँगै सुरुवात भएको सञ्चारले वैयक्तिक होस् या अन्तरवैयक्तिक, यी दुवै खालका सञ्चारको अभ्यास गर्दै आयो र एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि यसको प्रयोग भइनैरहेको छ । एक व्यक्तिले आफैसँग अन्तर्मनमा कुरा खेलाएर वैयक्तिक सञ्चार गरिरहेको हुन्छ भने दुई वा सोभन्दा बढी व्यक्तिबीच अन्तक्र्रिया या विचारहरूको विनिमय भएर अन्तरवैयक्तिक सञ्चार भइरहेको हुन्छ । समाज उत्पत्तिसँगै आमसञ्चारको आवश्यकता महसुस भयो र सञ्चार वैयक्तिक र अन्तरवैयक्तिक संचारमा मात्र सिमित नभई प्रविधिको विकासले आमसञ्चारको रूप लिन पुग्यो । सञ्चार प्रक्रिया हुनका लागि भाषा र इशाराबाहेक अन्य माध्यमको आवश्यकता पर्दैन तर आमसञ्चार हुन माध्यमको आवश्यकता पर्छ । यसरी कुनै पनि सूचना तथा जानकारी मिडियाको माध्यमबाट दिएर एक ठाँउको खबर अर्को ठाँउमा धेरैभन्दा धेरै जनमानसमा एकैपटक दिइन्छ भने त्यो आमसञ्चार हो । धेरै जनमानसमा कुनै सूचना या जानकारी एकैपटक एकै समयमा दिन सक्ने क्षमता बोकेको हुन्छ, आमसञ्चारले । साधारण अर्थमा भन्ने हो भने मिडिया भन्नाले माध्ययमलाई जनाउँछ । कुनै पनि माध्ययमको सहायताबाट समाचार दिने, सूचना दिने, मनोरञ्जन दिने, शिक्षा दिने, अभिप्रेरणा गर्ने, मध्यस्तकर्ताको काम या पुलको काम गर्ने, सामाजिकीकरण गर्ने या समाज परिवर्तकको काम नै मिडियाले गर्दछ । मिडियाले व्यापक र सांगठनिक रूपमा सन्देश दिने काम गर्दछ । मिडिया भन्नाले रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, होर्डिङ बोर्ड, पुस्तक, सिडी तथा डिभिडी आदिको समग्र रूपलाई जनाउँछ । ‘सूचनाको अधिकारको लडाइँमा राजनीति होइन प्रविधि अन्तिम निर्णायक हुनेछ,’ आर्थरसी. क्लार्क, संचार भविष्यद्रष्टाले भनेझैँ गरी कुनै पनि ठाउँ वा देशको सर्वांगीण विकासमा मिडिया जगतको अतुलनीय भूमिका रहेको हुन्छ । जनमानसलाई सुसूचित गर्ने तथा सत्य, तथ्य र प्रत्यक्ष समाचार सम्प्रेषण गरी जागरुक बनाउने कार्य पनि मिडियाले नै गरेकोे हुन्छ । प्राचिनकालको ढुंगे युगदेखि एक्काइसौँ शताब्दीको आधुनिक युगसम्मको मानव सभ्यताको विकास क्रमको यात्रामा सूचना र संचारले अहं भूमिका खेलेको छ । मानव विकासक्रमसँगै मिडिया तथा पत्रकारिताको विकास र यसले खेल्ने भूमिका पनि बढ्दै गयो । फलस्वरूप अहिलेको आधुनिक तथा विकसित सञ्चार युगको सूत्रपात हुन सक्यो । वास्तवमा पत्रकारिता मानवसमाजको भित्री आँखा हो, जसले सामाजलाई सहि दिशातिर लैजानका निमित्त मार्गनिर्देशकको काम गर्दछ, त्यसै कारणले पनि यसलाई राज्यको चौँथो अंगको रूपमा लिइन्छ । सूचना प्रविधीको विकाससँगै पत्रकारिता र सञ्चारको क्षेत्रले विश्वको विशाल भूभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । हामी यतिखेर संसारको कुनै पनि घटना विषयवस्तुको बारेमा जान्न या बुझ्नलाई हाम्रो हातमा भएको सानो मोबाइलबाट या घरको एक कुनामा बसेर विश्वमा भर्खरै भएको घटना देख्न, सुन्न, बुझ्न पाउने भएका छौँ । पत्रकारिता र सूचना सम्प्रेषणको यस कार्यले मानवको जीवनस्तरमा समेत ठूलो हलचल पैदा गराइदिएको छ । यसरी मिडियाले विभिन्न तौरतरिकाबाट निरन्तर सूचना प्रवाह गरी जनमानसलाई जीवन्त तुल्याएको छ । मिडियालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रूपमा लिन सकिन्छ । मिडिया आफैँमा सूचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निष्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउँछ । भनिन्छ, सूर्यको प्रकाशले दिन नसक्ने उज्यालो मिडियाले सर्वत्र छर्न सक्छ । वास्तवमा यो सहजै अनुभव भएको कुरा पनि हो । यो आवाजविहीनहरूको आवाज हो । पत्रकारिता बोल्न सक्ने र बोलिरहनेहरूका पछि घुमेको हुन्छ । वास्तवमा भन्ने हो भने मिडिया कमजोरहरूको हतियार हो । जो बोल्न सक्दैनन् वा जसलाई सुनिँदैन, जसका समस्याहरू कहिल्यै राष्ट्रिय बहस बन्दैनन्, जसलाई राज्यले सम्बोधन गरिरहेको हुँदैन, ती नसुनिनेहरूका कुरा मिडियाले बोल्नुपर्दछ । त्यसका साथै सर्वसाधारणहरू, जो राज्य र पहुँचवालाहरूको गतिविधि थाहा पाइरहेका हुँदैनन, त्यहाँका सूचना वा तिनका बारेमा सही जानकारी पत्रकारिताले गराइरहेको हुन्छ । एउटा साधारण नागरिकले राज्यले के गरिरहेको छ भन्ने कुराको जानकारी मिडियाबाट नै थाहा पाउँछ । उसले आङ्खनो अभिभावकत्व गर्ने राज्य न्यायिक छ वा छैन भन्ने कुरा मिडियाको त्यहि खबरका आधारमा छुट्टयाउँछ । जनता र राज्यबीचको संवाद मिडियाले नै गराउँछ या भनौँ पुलको काम गर्दछ । राज्यलाई हरेक पाइला पाइलामा खबरदारी गरिरहने र जनतालाई सचेत तथा सुसूचित गर्ने काम मिडियाले नै खेल्छ । बेलायती दार्शनिक एडमन्ड वर्कले मिडियालाई राज्यको चौँथो अंगको संज्ञा दिएका थिए । ‘बर्कले संसदमा राज्यका तीन अंग बस्ने बताउँदै पत्रकारहरूको ग्यालरीतिर देखाएर उक्त स्थानमा चौँथो अंग बस्ने र त्यो सबैभन्दा महत्वपूर्ण हुने जनाए,’ (कार्लाइल, सन् १९०६ (१८४१) ः (१५८—१५९) । मिडियाले गर्न सक्ने निगरानीको सकारात्मक भूमिकालाई लिएर विद्वान्हरूले यसलाई समाजको पहरेदार र राज्यको चौँथो अंग मानेका हुन् । सँगसँगै कतिपय अवस्थामा मिडियाले नकारात्मक भूमिका पनि खेलिरहेको हुन्छ, कहिले पत्तै नपाएर त कहिले मिसन नै राखेर । मिडिया समाज तथा राष्ट्रको दर्पण हो । समाज अनि राष्ट्रको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुन्छ । तर, मिडिया समाजको दर्पण मात्रै नभएर समानता, सुशासन र न्याय र समाजलाई सकारात्मक बाटोतर्फ लैजान पथ प्रदर्शकको काम पनि गर्दछ । मिडियाले सत्य तथ्य र यथार्थताको प्रतिनिधित्व मात्र गर्दैन । यसले विगतदेखि वर्तमानसम्मको समाजको यथार्थ वस्तुस्थितिको बारेमा चित्रण तथा संरक्षण सम्वद्र्धन गर्दछ । मिडियाले भविष्यमा देख्न चाहेको संसार आदिको बारेमा यथार्थतामा व्याख्या र विश्लेषण पनि गर्दछ । यसको मुख्य कार्य भनेको समाजमा भएका घटना, समाजको उन्नति, प्रगति, विज्ञान प्रविधिले ल्याएकोे उन्नति र विकास, प्राकृतिक प्रकोपः हावा, हुरी, बतासले पारेको असर, आगलागी, बाढी, पहिरो, भूकम्प, सुनामी, महामारी, आश्चर्य र चकित पार्ने घटनाका विषयवस्तहरू, राजनीतिक विषय वस्तुहरू, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, चोरी, डकैती, हिंसा (लैंगिक), हत्या, बलात्कार, अन्याय, अत्याचार, समाजको विकास प्रवद्र्धन आदि विषयवस्तुको बारेमा सत्य, तथ्य र वस्तुनिष्ठ भएर त्यसको खोज गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै मिडियाको काम हो । मिडिया वा सञ्चारमाध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जनका साथै अभिप्रेरणा गर्ने काम पनि गर्दछ । मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम मानिसको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक प्रभाव छर्दछ भने कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक मतभेद पनि हुन्छ । मिडियाबाट प्रवाहित विषयवस्तुले आम मानिस र सामाजिक जीवन वा चरित्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । मिडिया र समाज एकअर्कासंग अन्तर सम्बन्धित भए पनि यिनीहरूको बीचमा तात्विक भिन्नता रहेको पाइन्छ । यो एक्काइसौँ शताब्दीमा समाजबिना सञ्चार र सञ्चारबिना सार्थक समाजको परिकल्पना गर्न असम्भवजस्तै हुन्छ । समान्यतयाः परम्परागत मान्यताका आधारमा सञ्चार भनेको विचारको आदानप्रदान हो । विचार र सूचना फरक कुरा हो । विचार कुनै अमूक व्यक्तिको धारणा हुन सक्छ भने सूचना सबैका हित तथा अहित दुवैका लागि हो । तर सूचना प्रायः सकारात्मक पक्षमा नै हुन्छ । सूचनाको प्रवाह मिडियाको कुनै न कुनै माध्ययममार्फत नै हुन्छ । प्रविधिको तीव्र विकास भइरहेको यस समयमा छापामाध्यम वा प्रसारण (इलेक्ट्रोनिक) माध्यमबाट सूचना तथा सन्देशको प्रवाह बढिरहेको पाइन्छ । विश्वमा सन् १४५० तिर विकास भएको आधुनिक छापाखाना नेपालमा भित्रिन लामो समय लागेको देखिन्छ । जंगबहादुर राणाले बेलायतको भ्रमणबाट फर्किँदा वि.सं. १९०८ मा एउटा फलामे प्रेस ल्याएका थिए जुन गिद्धको टाउको जस्तो आकृति रहेकाले गिद्धेप्रेस पनि भनिन्थ्यो । उक्त प्रेस ल्याएको लामो समयपछि मात्रै नेपालमा प्रेसको स्थापना भएको देखिन्छ । गैरसरकारी स्तरबाट मोतिकृष्ण धिरेन्द्र पाशुपत प्रेस स्थापना गरी यसबाट नेपालमा प्रकाशित पहिलो पत्रिका सुधासागर वि.सं.१९५५ मा छापिएको थियो । त्यसपछि वि.सं. १९५८ मा गोरखापत्र प्रकाशन भएको थियो र त्यसपछि विकास भएको छापाखाना तथा पत्रपत्रिका वि.सं. २०२४ मा भित्रिएको अफसेट प्रेसको स्थापनाले नेपाली प्रेस जगत्मा नयाँ आयाम थपिदियो । यो प्रेस गोर्खा पत्रिकाका लागि भित्राइएको थियो । वि.सं. २०४९ सालमा नेपालमा रंगीन छापाखाना भित्रिएपछि नेपाली पत्रकारिता क्षेत्रमा भएको विकाससँगै अत्याधुनिक प्रविधियुक्त प्रेसहरू भित्रिने क्रम सुरु भयो र जुन अहिलेसम्म पनि जारी छ । हाल नेपालमा बहुरंगीन पत्रिका ब्रोडसिट छाप्न सक्ने छापाखाना भित्रिसकेका छन् । यिनीहरूका माध्यमले नेपाली पत्रकारिता पनि तिव्र ढंगले अगाडि बढिरहेको पाइन्छ । साथै वि.सं.२००७ सालमा प्रजातन्त्र रेडियोको नाममा स्थापना भएको रेडियो नेपाल र वि.सं. २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजको प्रादुर्भावसँगै अहिले रेडियो, एफ.एम, टेलिभिजनहरू च्याउसरी विकास भएको देखिन्छ । साथै वैज्ञानिकनको खोज तथा विकासले नयाँ–नयाँ प्रविधिको आविष्कार र इन्टरनेटको उदयले गाउ, टोल, समाज, राष्ट्र तथा विश्वमा भएका घटना र समाचार तथा सूचनाहरू घरको एक कोठामा या हातमा रहेको सानो मोबाइलमा सिमित हुन पुगेको छ । ‘सूचनाको अधिकारको लडाइँमा राजनीति होइन प्रविधि अन्तिम निर्णायक हुनेछ,’ आर्थर सी. क्लार्क, संचार भविष्यद्रष्टाले भनेझैँ गरी विश्वमा भएको वैज्ञानिक खोज तथा अनुसन्धनाको आविष्कारबाट विकास भएको प्रविधिले नेपालमा पनि मिडियाको विकास अघिल्ला समयको तुलनामा अहिले राम्रै विकास भएको देखिन्छ । खासगरी आमसञ्चारको क्षेत्रमा अभूतपूर्व विकास भएको पाइन्छ । प्राविधिक विकासको हिसाबले अहिले नेपालका हिमाली, पहाडी तथा तराईका सबै भागमा रेडियो, टेलिभिजन, केबुल टिभी, इन्टरनेट, इमेल र मोबाइल फोन आदिको विकास नेपालका बिकटका केही थोरै जिल्लाहरू तथा ठाँउहरूबाहेक राम्रो पहँुच भएको पाइन्छ । सहरी इलाकामा मात्र सिमित रहेको अखबार तथा पत्रपत्रिकाहरू अहिले यातायातको सुविधाले गर्दा ग्रामीण इलाकामा पनि पु¥याउन सम्भव भएको छ । तर पनि मिडियाको पहुँच र उपयोग सुगम र सहरी इलाकामा मात्र सीमित देखिन्छ । सञ्चार भूउपग्रहले गर्दा बिजुली नपुगेका दुर्गम ठाउँमा पनि वैकल्पिक ऊर्जा निकालेर कतिपय गाउँ तथा बस्तीहरूमा टेलिभिजन, टेलिफोन, इन्टरनेट र इमेल चल्न थालेको यदाकदा ग्रामीण बस्तीहरूका पाइन्छ । समाजलाई सही, तथ्यपरक र विश्वासनीय सूचना प्रवाह गर्दै शिक्षा दिनु वा चेतनाको विकास गर्नुदेखि सधैँ राष्ट्र तथा समाजको पहरेदारको रूपमा काम गर्दछ मिडियाले । राज्यका महत्वपूर्ण निकायहरूमध्ये न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बिनाबर्दीको सेना तथा प्रहरीको रूपमा मिडियाले काम गर्दै गाउँदेखि सहरमा भएका सामाजिक, आर्थिक तथा राजनीतिक गतिविधिमा संलग्न रहेका गलत पात्र र प्रवृतिविरुद्ध खबरदारी गर्नुका साथै व्यक्ति, समाज, राष्ट्रको विकासमा पुलको काम गर्दछ । मिडियाले समाजका समस्या उजागर गर्ने मात्रै होइन, न्यायका लागि मार्ग प्रशस्तसमेत गर्दछ । मानिस सामाजिक र चेतनशिल प्राणी भएकाले सधैँ नयाँ कुरा जान्न र सुन्न उत्सुक हुन्छ । मानिसको यहि उत्सुकता÷कौतुहलता मेटाउने काम मिडियाले गर्ने गर्दछ । साथै समाजमा नयाँ र ताजा घटनाहरू पस्कनुका साथै समाजमा भइरहेका कुरिती, हिंसा, अपराधविरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । सरकार र जनताबीच मिडियाले प्रमुख भूमिका खेलिरहेको हुन्छ । जसको ज्वालन्त उदाहरणका रूपमा हालै रुकुमको दलित जातिबीचमा प्रेम विवाहमा जाजरकोटबाट गएका युवाहरूलाई लखेटी लखेटी भेरी नदीमा ६ जनालाई मारेर ङ्खयाँकेको काण्डलाई लिन सकिन्छ (वि.सं.२०७७) । सञ्चार÷मिडियाकै माध्यमबाट पीडित केटा पक्षको न्यायका लागि संसदसम्म कुरा उठी अपराधीलाई उचित दण्ड तथा कारबाहीको माग गरी न्याय पाएको तथ्य त प्रमाणित नै छ । यदि त्यो घटनामा सञ्चारमाध्यमले मुख्य समाचारको विषय, शीर्षक नबनाएर गलत पात्र र प्रवृत्तिविरुद्ध खबरदारी नगरेको भए न्यायमा समान पहुँच र सुनुवाइमा ढिलासुस्ती हुन सक्थ्यो । यसरी मिडियाले समाजका समस्याहरू जस्ताको तस्तै दर्शाउने भएकाले यसलाइ समाजको दर्पण पनि भन्ने गरिन्छ । मिडियाले जनमानसमा या समाजमा भएका घटनाहरूको समाचार मात्रै दिने काम गरेको हुन्न विविध पक्षहरूमा पनि समाचार दिने गर्दछ । सञ्चार माध्यमले आम जनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्न सक्ने क्षमता राख्ने कुरामा कुनै विवाद हुन सक्दैन । मिडिया समाजको पथ प्रदर्शक हो । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन । यसले समाजको पुनर्निर्माण पनि गर्छ । मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आमनागरिकको विचार निर्माण भइरहेको हुन्छ भने कतिपय सन्दर्भमा उनीहरूको सोच धारणाको निर्माण र पुनर्निर्माण पनि भइरहेको हुन्छ । अहिलेको विश्वमा राजनीति, अर्थतन्त्र, शिक्षा, धर्म, संस्कृति, विकास आदिलाई प्रविधिको विकासले गर्दा विश्व नै एक गाउँजस्तो भएर रहेको छ । यसरी सबै कुरालाई सूचना र जानकारीहरू दिने काम मिडियाको माध्ययमबाट भइरहेको छ । चाहे त्यो राजनीतिक शक्ति प्राप्त गर्न होस् चाहे त्यो धनवान् बन्न होस् वा विद्वान् बन्न होस् सबैलाई सूचना र ज्ञान चाहिन्छ नै त्यो काम मिडियाले नै गरेको छ । यसकारण विश्वमा सूचना र जानकारी दिने प्रमुख शक्तिको रूपमा मिडिया विकसित हुँदै गएको छ । मानिसका विभिन्न व्यक्तिगत तथा सामाजिक अधिकार, राजनीतिक, आर्थिक, कानुनीलगायत विविध अधिकारका लागि पनि सूचना र संचारको अधिकार अपरिहार्य बन्दै छ । यसैले सूचना तथा जानकारी दिने माध्ययमको रूपमा रहेको मिडियाको ठूलो महत्व रहेको छ । यसरी मिडियाले शैक्षिक, आर्थिक, समाजिक, सांस्कृतिक र राजनीतिक सबै खाले विकासमा यसले ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । अहिले हरेक व्यक्ति आफैँमा सूचनाको स्रोत बनेका छन् । यसका धेरै मात्रामा सकारात्मक पक्षहरू र कमी मात्रामा नकारात्मक पक्ष रहेको पाइन्छ । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण प्रशस्त पाइन्छ । व्यक्तिगत फाइदा र स्वार्थका लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरू पनि पाइन्छ । यस्ता भ्रमबाट पनि सचेत हुनु आवश्यक देखिन्छ । (लेखक रैला समाज कुलदेवता मन्दिरपराशर आश्रम, काठमाडौं, नेपाल, ०७६’ का संस्थापक अध्यक्ष र आजीवन सदस्यका साथै त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग स्नाकोत्तर चौँथो सेमेस्टरका विद्यार्थी पनि हुन् ।)
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP