काठमाडौं – शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाले साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।
त्यसैगरी लेखा समितिको प्रतिवेदन, आगामी आर्थिक वर्षको बजेट, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको संस्थाले जनाएको छ।
साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १० करोड ७८ लाख ७२ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप दायित्व ८८ करोड ४ लाख ७९ हजार ४८० रुपैयाँ र कर्जा लगानी ७४ करोड ५६ लाख ७३ हजार १६५ रुपैयाँ रहेको छ। त्यस्तै संस्थाको कुल आम्दानी ९ करोड ८२ लाख ७१ हजार चार सय ५ रहेको छ ।
साधारणसभा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको थियो । उक्त अवसरमा डा. खतिवडाले संस्थालाई शुभकामना दिँदै आगामी दिनमा पनि बचतकर्ता तथा ऋणीहरुको हितमा काम गर्नुपर्ने जनाए ।
साधारण सभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, संस्थाका सदस्य, कारोबारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।