काठमाडौं- नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बत्तीसपुतली, काठमाडौँको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै संस्थाको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साधारण सभाबाट उपाध्यक्षमा शिवप्रसाद सिटौला, सचिवमा खिलानाथ घिमिरे र कोषाध्यक्षमा बद्री सेढाई चयन भएका छन्। त्यसैगरी, सञ्चालक समिति सदस्यमा निर्मला सेढाई, सुशीला पाण्डे र मुकुन्दराज पाण्डे चयन भएका छन्।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विशाल कडेल तथा सदस्यमा सरिता महर्जन र निर्मला खरेल निर्वाचित भएका छन्। सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको सेयर पुँजी ९ करोड १६ लाख ३५ हजार रुपैयाँ पुगेको छ। संस्थाको कुल बचत २ अर्ब १५ करोड ६२ लाख ७८ हजार ५५८ रुपैयाँ र कर्जा लगानी १ अर्ब ३३ करोड ४८ लाख २९ हजार २२२ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा ऋण लगानीमा ४.३५ प्रतिशत र बचतमा २.५८ प्रतिशत वृद्धि भएको संस्थाले जनाएको छ।
सभामा निवर्तमान अध्यक्ष शिवप्रसाद सिटौलाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरिएको थियो। साथै, लेखा सुपरिवेक्षण समिति तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण, निर्वाचनसम्बन्धी तथा अन्य विविध प्रस्तावहरू पारित गरिएको संस्थाले जनाएको छ।
संस्थामा सदस्यहरूको संख्या धेरै रहेकाले यसअघि विभिन्न इकाईमा साधारण सभा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रका अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै संस्थाको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।