काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्रदान गरिएको हो ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार नवीन प्रविधिमा आधारित भिसाअन्तर्गतका बैंकिङ सेवा विकास तथा विस्तार गरेबापत बैंकलाई सम्मान गरिएको जनाइएको छ ।
बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवा र सुविधा उपलब्ध गराएको योगदानको कदरस्वरूप अवार्ड प्राप्त गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ अवार्डसमेत प्राप्त गरेको छ ।
मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक रहेको ग्लोबल आइएमईका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र र ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन् । बैंकले विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ ।