Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जलवायुबारे संकल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता गरिएको होः सभापति थापा
जलवायुबारे संकल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता गरिएको होः सभापति थापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०८३

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताएका छन् । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आज ललितपुरमा पार्टीद्वारा आयोजित उक्त प्रतियोगिता पछि उनले जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन र संकल्प गर्न पनि यहाँ उभिएको उल्लेख गरे ।

सभापति थापाले भने, “जङ्गल, जमिनलगायत प्राकृतिक स्रोतसाधनलाई संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै ल्याउनुभएको थियो ।” जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले  फेरि संकल्प गरेको सभापति थापाको भनाइ थियो । सभापति थापाले भने, “समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराउनुभएकाले त्यसप्रति हामी पूर्ण प्रतिबद्ध छौँ ।” 

त्यसअवसरमा सभापति थापाले प्रतियोगितामा विजयी धावकलाई नगद पुरस्कार प्रदान गरे।  ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किमी दूरीको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मुकेशबहादुर पाललाई ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरियोे । प्रतियोगितामा द्वितीय र तृतीय हुने नरेन्द्रसिंह रावल र सञ्जय श्रेष्ठलाई क्रमशः २५ हजार रुपैयाँ र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा सभापति थापासमेत सहभागी थिए । 

Hardik health

यसैबीच, कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ । कोषको घोषणा गर्दै सभापति थापाले घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई त्यस कोषबाट सहयोग गरिने प्रतिबद्धता जनाए । कोषमा पार्टीका सदस्यकोतर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएकाले त्यसबारे बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा थप जानकारी दिइने बताइएको छ ।

त्यस्तै, उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहनुभएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकतामा जोड दिइएको छ । 

त्यसअवसरमा सहभागीलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो । उक्त अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो ।  कांग्रेसले बिपी स्मृति दिवसकै अवसरमा भोलि दिउँसो २ः०० बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ११:२४
#नेपाली कांग्रेस #सभापति गगनकुमार थापा #‘ग्रिन रन’
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी 
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP