Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आइएलओका श्रमसम्बन्धी दुईवटा प्रोटोकल प्रतिनिधिसभाबाट पारित
आइएलओका श्रमसम्बन्धी दुईवटा प्रोटोकल प्रतिनिधिसभाबाट पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ३२, २०८३

काठमाडौं- प्रतिनिधिसभाबाट अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का दुई वटा महत्‍वपूर्ण प्रोटोकल पारित भएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकबाट बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ र श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ को प्रोटोकल नं ८१ सर्वसम्मत अनुमोदन भएको हो ।

सदनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रोटोकल नं २९ र ८१ को प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले नेपालले विभिन्न महासन्धिमा हस्ताक्षर गर्दै आए पनि कार्यान्वयनको पक्ष प्रभावकारी नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री यादवले सांसदहरुको प्रश्नको जवाफ दिँदै अनुमोदित प्रोटोकलको प्रभावकारी कार्यान्वनलाई उच्च प्राथमिकतामा राखिने बताए । कानुन उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिने उनको भनाइ थियो ।

सांसद ज्ञानु पौडेलले नेपालीहरुले वैदेशिक रोजगारीमा झेल्दै आएका विभिन्न समस्याको समाधानमा जोड दिनुपर्ने बताइन् । ‘वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये केहीले राहदानी नियन्त्रण, तलब नपाउने, जबरजस्ती श्रम र अन्य श्रम शोषणको सामना गर्नुपरेको अवस्था छ,’ उनले भनिन्, ‘महिला र बालबालिका र झनै जोखिममा छन् । प्रोटोकल अनुमोदनसँगै स्पष्ट राष्ट्रिय कार्ययोजना, पर्याप्त स्रोत साधन र प्रभावकारी कानुनी संयन्त्र निर्माण गर्न जरुरी छ ।’

Hardik health

पौडेलले विगतमा भएका महासन्धिको स्मरण गर्दै ती सन्धिहरुको स्थानीयकरण र कार्यान्वयन हुन नसकेको बताइन् । रोजगारीमा जाने श्रमिकलाई सीपयुक्त बनाएर पठाउनपर्ने र आवश्यक कानुनी सुधार गरी श्रम ऐनको पूर्णपालना, श्रम अडिट र श्रम निरीक्षणको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । सांसद श्रद्धा कुँवरले कूल गार्हस्थ उत्पादन (जिडिपी)को ठूलो हिस्सा रेमिट्यान्सले धानेको हाम्रो मुलुकमा प्रोटोकल २९ को कार्यान्वयनले कुनै पनि नागरिक या श्रमिकलाई बाध्यतामा पारेर वा डरले श्रममा लगाउन नपाउने बताइन् । यसले गरिबी निवारण एवं पीडित श्रमिकले क्षतिपूर्ति पाउने व्यवस्था पनि मजबुत बनाउने कुँवरको भनाइ छ । 

श्रमिकहरुले मानवअधिकारको हिसाबले हेर्दा यसको अनुमोदन गर्न ढिलाइ भइसकेको सांसद अर्जुनकुमार कार्कीको भनाइ थियो । हिंसारहित कार्यथलोसम्बन्धी आइएलओ महासन्धि १९० र घरेलु श्रमिकसम्बन्धी महासन्धि १८९ लाई अवलम्बन नगरेसम्म श्रमिकको अधिकार पूर्णरुपमा सुनिश्चित गर्न नसकिने उनको सुझाव थियो । यसको जवाफ दिँदै श्रममन्त्री यादवले महासन्धि १८९ र १९० को अनुमोदनलाई प्राथमिकतामा राखी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन अन्तिम चरणमा पुगेकाले यसै वर्ष अनुमोदन हुने बताए । 

पारित भएका प्रोटोकलले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, प्रभावकारी उद्धार, पुनस्र्थापना, क्षतिपूर्ति तथा दोषीमाथि कारबाही सुनिश्चित गर्न सदस्य राष्ट्रलाई दायित्व प्रदान गर्ने सांसद अशोककुमार चौधरीले बताए । नेपालका हजारौं नागरिक वैदेशिक रोजगारीका क्रममा श्रम शोषण, सम्झौताविपरीत काम गर्नुपर्ने र राहदानी नियन्त्रणमा राखिने, अमानवीय व्यवहार सहनपर्ने र उद्धारसमेत कठिन हुने अवस्था छ । यो अवस्था दोहोरिन नदिन पारित भएका प्रोटोकलले सुनिश्चितता प्रदान गर्ने उनको भनाइ छ । 
त्यस्तै, सांसद गंगालक्ष्मी अवालले यस्ता महत्‍वपूर्ण अनुमोदनहरु औपचारिकतामामात्र सीमित हुन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘महिलाहरुले खाडी मुलुकमा गरिने आप्रवासनलाई औपचारिक मान्यता नदिइँदा खाडीमा घरेलु कामदारका रुपमा कार्यरत महिलाले हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्दा मनोसामाजिक मनोविमर्शसमेत पाएको छैन । अनुमोदन केवल औपचारिकतामा सीमित नहोस्,’ उनले भनिन् । 

हाल नेपालका श्रमिकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रमबजारमा विभिन्न जोखिमयुक्त काम गरिरहेका छन् । उनीहरुको उपयुक्त निरीक्षण नहुँदा ठूलो चुनौती थपिएको छ । यो प्रावधान स्वीकार गरिसकेपछि यसले नेपालीहरुको कार्यक्षेत्रको निरीक्षण गर्ने सांसद गुरु बरालको भनाइ थियो । 

 


प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ११:०२
#आइएलओ #रामजी यादव #श्रम महासन्धि
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP