काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ ।
आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४७५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।