काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएकाे थियाे । मंगलबार २ लाख ८८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको हो ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै ४ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।