काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । साेमबारकाे तुलनामा सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५८५ रुपैयाँ कायम भएको छ ।
साेमबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।