काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत आईतबारकाे तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५८५ रुपैयाँ कायम भएको छ ।
आईतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।