काठमाडौं - साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनकाे मूल्य आज ६ सय रुपैयाँले घटेर दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ४२७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३७ हजार ७ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य तीन हजार ६६१ रुपैयाँ कायम भएको छ ।