काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँ र चाँदी १९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९२ हजार रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ८६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।