काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला नौ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपैयाँ कायम भएको थियो।