काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेकाे छ । सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ६ सय रुपैयाँ कायम भएको छ ।
विहीबार छापावाल सुन प्रतितोला तीन लाख ५ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ८ सय ५५ रुपैयाँ कारेबार भएको थियो ।