काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ६८५ रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ६०० रुपैयाँ कायम थियो ।