काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६०रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ६२५ रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ रुपैयाँ कायम भएको थियो।