काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकाे मूल्य घटेकाे छ। सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० रुपैयाँमा तय भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेकाे छ । साेमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।