Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २२, २०८२

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूको नाम र ठेगाना सार्वजनिक गर्न थालेको छ । पछिल्लो एक महिनामामात्र ३५२ वटा व्यक्तिगत ठगीका जाहेरी पर्नु र चालु आर्थिक वर्षमा अहिलेसम्म नै तीन हजार ६०० भन्दा बढी उजुरी दर्ता हुनुले यो क्षेत्र कति भयावह र असुरक्षित छ भन्ने छर्लंग पार्छ । विभागकी महानिर्देशकले आरोपीहरूको विवरण सार्वजनिक गर्नुलाई ‘चेतना फैलाउने’ र ‘आरोपीलाई दबाब दिने’ रणनीतिका रूपमा व्याख्या गरेकी छन् । सूचनाको हक र पारदर्शिताका हिसाबले यो कदम सकारात्मक देखिए पनि ठगी नियन्त्रणका लागि यो केवल एउटा प्रारम्भिक पहलमात्र हो ।

वैदेशिक रोजगारीमा जाने सोझा नागरिकलाई युरोप वा अन्य आकर्षक मुलुकको प्रलोभन देखाइ लाखौं ठगी गर्ने गिरोह समाजमा जरा गाडेर बसेका छन् । विभागले नाम सार्वजनिक गर्दैमा ठगिएकाहरूको रकम फिर्ता हुने वा दोषीले तुरुन्तै सजाय पाउने सुनिश्चितता हुँदैन । कतिपय अवस्थामा नाम सार्वजनिक हुँदा आरोपी फरार हुने वा प्रमाण नष्ट गर्ने जोखिम पनि रहन्छ । त्यसैले, नाम सार्वजनिक गर्ने कार्यलाई ‘सस्तो लोकप्रियता’ को साधनमात्र बनाइनु हुँदैन । विभागको मुख्य ध्यान त पीडितलाई छिटोभन्दा छिटो न्याय दिलाउने र ठगिएको रकम ब्याजसहित फिर्ता गराउने संयन्त्रको विकासमा केन्द्रित हुनुपर्छ ।

अहिलेको सबैभन्दा ठूलो समस्या कानुनी प्रक्रियाको जटिलता र केन्द्रीकृत संरचना हो । थोरै रकम ठगिँदा पनि उजुरी दिन काठमाडौं नै आउनुपर्ने र महिनौंसम्म होटलमा बसेर मुद्दा लड्नुपर्ने बाध्यताले पीडित थप आर्थिक मारमा परेका छन् । विभागले ऐन संशोधनका लागि पठाएको र जिल्ला प्रशासन कार्यालयमार्फत अनुसन्धान अघि बढाउने तयारी गरेको विषय स्वागतयोग्य छ । तर, यसको कार्यान्वयनमा ढिलाइ हुनु हुँदैन । अनुसन्धान प्रक्रियालाई प्रविधिमैत्री बनाउने र अनलाइनबाटै उजुरीको अवस्था हेर्न मिल्नेगरी सफ्टवेयर निर्माण गर्ने कामलाई युद्धस्तरमा अघि बढाउनुपर्छ ।

Hardik health

ठगी गर्नेहरूको नाम सार्वजनिक गर्नु एउटा प्रतीकात्मक कारबाही हो, तर पूर्ण समाधान होइन । विभागले केवल विवरण सार्वजनिक गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । जबसम्म ठगहरूले कानुनी कठघरामा उभिनुपर्दैन र पीडितले आफ्नो पसिनाको कमाइ फिर्ता पाउँदैनन्, तबसम्म यस्ता प्रयासहरूको सार्थकता रहँदैन । प्रभावकारी अनुसन्धान, द्रुत न्याय सम्पादन र दोषीलाई कडा कानुनी सजाय नै वैदेशिक रोजगारीको ठगी रोक्ने एकमात्र दिगो उपाय हो । सरकारले म्यानपावर कम्पनी र व्यक्तिगत एजेन्टहरूको सूक्ष्म निगरानी गर्दै श्रमिकमैत्री वातावरण निर्माणमा दृढता देखाउनुपर्छ ।
 


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP