Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १८, २०८२

नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीले प्रत्यक्षरूपमा सांसदहरूसँग बसेर उनीहरूका क्षेत्रका समस्या सुन्ने र योजनाका बारेमा छलफल गर्ने संस्कृति निकै कम देखिन्छ । यसै सन्दर्भमा, प्रधानमन्त्री बालेन्द्र शाहले शासकीय सुधार र विकासका लागि सातै प्रदेशका सांसदहरूसँग सुरु गरेको छलफलको शृंखलाले नेपाली राजनीतिमा एक सकारात्मक र आशालाग्दो संकेत दिएको छ । प्रधानमन्त्री शाहले सुरु गरेको यो छलफल केवल औपचारिकतामा मात्र सीमित नभई विकासको कामका लागि तल्लो तहसम्म पुग्ने सरकारको चाहनाका रूपमा बुझ्न सकिन्छ ।

यस छलफलको सबैभन्दा सबल पक्ष भनेको प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष नभनी सबै दलका सांसदहरूलाई समान महŒव दिनु हो । जुम्लाबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बुझाएको नौ बुँदे ध्यानाकर्षणपत्र र नेकपाका सांसद रमेश मल्लको सुझावलाई प्रधानमन्त्रीले दिएको प्राथमिकताले सरकार प्रतिपक्षलाई चिढ्याएर होइन, बरु विश्वासमा लिएर अगाडि बढ्न खोजेको देखिन्छ । लोकतन्त्रमा प्रतिपक्ष भनेको सरकारको रचनात्मक आलोचक र विकासको साझेदार पनि हो । प्रतिपक्षको आवाजलाई उचित स्थान दिँदा सरकारको निर्णय प्रक्रियामा समावेशितामात्र आउँदैन, बरु सरकारप्रतिको जनभरोसा पनि उल्लेख्यरूपमा बढ्दछ ।

छलफलका क्रममा सांसदहरूले उठाएका भौतिक पूर्वाधार, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन र विद्युत्जस्ता आधारभूत समस्याहरू वास्तविक धरातलका प्रतिनिधि हुन् । सोलुखुम्बुका सांसद प्रकाशसिंह कार्कीले उठाएका पर्यटन र विद्युत्का मुद्दा हुन् वा कर्णाली राजमार्गको स्तरोन्नतिमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्ने ज्ञानेन्द्र शाहीको माग– यी सबै विषयले बजेट निर्माणमा ठोस मार्गनिर्देशन गर्ने छन् । प्रधानमन्त्री शाहले आगामी बजेटमा कसैलाई पनि विभेद नगरिने र सन्तुलित ढंगले बजेट विनियोजन गर्ने जुन प्रतिबद्धता जनाएका छन्, त्यो अत्यन्तै स्वागतयोग्य छ ।

Hardik health

विगतमा बजेट पहुँचवाला नेताका जिल्ला र निर्वाचन क्षेत्रमामात्र थुप्रिने जुन प्रवृत्ति थियो, त्यसलाई चिर्न यो प्रदेशगत सांसदहरुसँगको छलफल एउटा सशक्त हतियार बन्न सक्छ । दुर्गम क्षेत्रका समस्यालाई राजधानीको सिंहदरबारले आफ्नै समस्या ठानेर बजेटमा न्यायोचित सम्बोधन गरेमामात्र संघीयताको वास्तविक मर्म सार्थक हुने छ ।

संवाद आफैंमा समस्याको समाधान त होइन, तर समाधानको पहिलो खुड्किलो पक्कै हो । प्रधानमन्त्री शाहले देखाएको यो सक्रियता र शासकीय सुधारप्रतिको प्रतिबद्धता व्यवहारमा पनि उत्रिनु आवश्यक छ । सरकारले प्रतिपक्षी दलका सांसदहरूका मागलाई कार्यान्वयनको चरणमा लैजान सकेमा यसले राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने छ । यदि बजेट विनियोजन पारदर्शी, सन्तुलित र विभेदरहित रह्यो भने यो कार्यकाल विकास र सुशासनको दृष्टिकोणले एक ऐतिहासिक कोसेढुंगा सावित हुने निश्चित छ ।
 


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP