Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #शिशिर खनाल
  • #परराष्ट्रमन्त्री
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

सरकारले हालै सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले नेपालको निजामती र सार्वजनिक प्रशासनमा लामो समयदेखि देखिएको संरचनागत भद्दापनलाई हटाउने एक साहसिक खाका प्रस्तुत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ल्याएको यो प्रस्तावले करिब एक दर्जन सार्वजनिक निकायको खारेजी, केहीको गाभ्ने र कतिपयको कार्य जिम्मेवारी प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने सिफारिस गरेको छ । यो कदम केवल प्रशासनिक पुनर्संरचनामात्र नभई, राज्यको स्रोत र साधनको अनावश्यक दुरुपयोग रोक्ने एउटा महत्‍वपूर्ण ‘सर्जरी’ पनि हो ।

हाम्रो शासन प्रणालीमा एउटै प्रकृतिको कामका लागि समानान्तर संस्थाहरू क्रियाशील हुँदा काममा दोहोरोपन र उत्तरदायित्वमा अस्पष्टता रहँदै आएको छ । मार्गचित्रले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई होटल व्यवस्थापन प्रतिष्ठान गाभ्ने, मुद्रणसम्बन्धी निकायहरूलाई एकीकृत गर्ने र विभिन्न स्वरोजगार कोषहरूलाई ‘राष्ट्रिय उद्यमशीलता तथा स्वरोजगार कोष’ मा समाहित गर्ने जुन प्रस्ताव गरेको छ, यसले कार्यकुशलता बढाउने निश्चित छ । विशेषगरी, तराई–मधेस समृद्धि कार्यक्रम र चुरे संरक्षणजस्ता आयोजनाहरूलाई प्रदेशमा हस्तान्तरण गर्ने प्रस्तावले संघीयताको मर्मलाई थप बलियो बनाउँछ ।

मार्गचित्रको सबैभन्दा प्रशंसनीयपक्ष भनेको सेवाग्राहीले भोग्दै आएका झण्झटिला प्रक्रियाको अन्त्य गर्ने आँट हो । वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) र वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृति प्रणाली खारेज गर्ने प्रस्ताव क्रान्तिकारी देखिन्छ । प्रविधिको युगमा कागजी अनुमति खोज्ने पुरानो शैलीले नागरिकलाई सास्तीमात्र दिएको थियो । यी व्यवस्था हटेमा राज्य र नागरिकबीचको सम्बन्ध थप सहज र विश्वासिलो बन्ने छ ।

Hardik health

यद्यपि, नेपालमा नीति र योजना बन्नु ठूलो कुरा होइन, त्यसको कार्यान्वयन सधैं फलामको चिउरा चपाउनुसरह हुने गरेको छ । विगतमा पनि विभिन्न प्रशासन सुधार आयोगहरूले यस्तै सिफारिस नगरेका होइनन्, तर राजनीतिक दबाब र कर्मचारीतन्त्रभित्रको स्वार्थ समूहका कारण ती दराजमै थन्किए । खारेजीमा परेका निकायका कर्मचारीको व्यवस्थापन र ती संस्थासँग जोडिएका राजनीतिक नियुक्तिहरू यस मार्गचित्र कार्यान्वयनका मुख्य तगारो बन्न सक्छन् ।

सुशासन केवल कागजी मार्गचित्रमा सीमित हुनु हुँदैन । सरकारले प्रस्ताव गरेका यी सुधारहरू कार्यान्वयन गर्न दह्रो राजनीतिक इच्छाशक्ति आवश्यक छ । यदि सरकारले यसलाई दृढताका साथ लागू गर्न सक्यो भने, यसले राज्यको प्रशासनिक खर्च कटौतीमात्र गर्ने छैन, बरु जनताले महसुस गर्ने गरी चुस्त र उत्तरदायी शासन प्रणालीको जग पनि बसाल्ने छ । अबको परीक्षा शब्दमा होइन, परिणाममा देखिनुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार, अब त ब्युँझ !
सरकार, अब त ब्युँझ ! आइतबार, असार २८, २०८३
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP