Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • याक्थुङ लाजेमा पहिलो अनलाइन पालाम प्रतियोगिता
याक्थुङ लाजेमा पहिलो अनलाइन पालाम प्रतियोगिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३०, २०७७
krishna hembya
Hardik health
सन् २०१६ तिर बिबिसी साझा सवाल ताप्लिजुङको कार्यक्रमा एउटा पालाम बज्यो । लिड भोइस महिलाको आवाज र उनको अनुहारमा लिम्बू पालामशास्त्र देखिने मौलिक अभिव्यक्तिहरूले याक्थुङ संस्कृृतिको सिंगो दश हजार वर्ष कालखण्डको प्रतिविम्ब झल्किन्थ्यो । खाँटी पालाम भनेको यस्तो हुनु प¥यो भन्दै, म आफैँले सेयर गरेँ । पछिल्लो समय एउटा पालाम निर्माण गर्न बार, विट, स्केल, नट, बोल्ट मलाएर हप्तौँ रियाज गरेर स्टुडियोमा रेकर्ड गरेर लाखौँ पैसामा म्युजिक भिडियो निर्माण गरी रातारात कलाकार हुनेहरूले यिनीबाट सिक्न पर्छ भन्दा कसैले वास्ता गरेनन् । न त उनको कलालाई बुझ्न प्रयाससम्म भयो । उल्टो केही साथीहरू जंगिए । कसैले नपत्याएकी तिनै सुनिता केदेम लाबुङले आज न्याय पाइन् । समाजले उपेक्षा गरेकी त्येही सुनिता सिंगो याक्थुङ लाजे र विश्वभर रहेका लिम्बूहरूको चोत्लुुङ फक्ताङ्लुङभन्दा माथि उठाइन् । पालामको भाका बुझ्ने युवाहरू याक्थुङ समुदायबीच लोकप्रिय पालाम आहिले संकटमा पर्न लागेको छ । यसलाई जोगाउन किरात याक्थुङ चुम्लुङ, सेवारो कलाकार युकेजस्ता लिम्बूहरूको प्रतिनिधिमूलक संस्थाहरूको प्राथमिकतामा कहिल्यै परेन । यद्यपि फक्ताङ्लुङ सयङले एकाध कार्यक्रम गरेका थिए । विश्वव्यापी बिनासकारी कोभिड–१९ को संक्रमणकै समयमा संचारकर्मीसमेत रहेकी कवियत्री सस्ता तुम्खेवा र सागरसरगम चेम्जङजस्ता ऊर्जाशील युवाहरू स्वतस्फूर्त रूपमा अगाडि बढे र अरुले साथ दिए । याक्थुङ कल्चरल ग्रुपको अयोजनामा ५ जेठदेखि आरम्भ भएको पहिलो अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको अन्तिम नतिजा २२ साउनका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइ“लाद्वारा घोषणा भएको थियो । ताप्लिजुङकी सुनिता केदेम लाबुङ पहिलो, तेह्रथुमका शिवकुमार सम्वाहाम्फे दोस्रो र धरान सुनसरीकी सुनिता संयक तेस्रो भइन् । पेपराज माबुहाङ र शान्तिराम खेरलले उत्कृष्ट चोत्लुङ सात्वना, विक्रम एक्तेन सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्वाङ उदयमान कलाकार, सुमन लिम्बू सेहोनाम्लाङ, जीवन केदेम मुक्कुलुङ, साँगुले ठूले सांगोगी हाङ्गोतीको बाजी मारे । त्यस्तै उत्कृष्ट तुम्याहाङ समूह सुखवीर ताम्लिङ उत्कृष्ट लोपन्मुख भाका सरुना लिम्बू, उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ उत्कृष्ट शब्द निलिमा साम्पाङ राई र पब्लिक च्वाइसमा कुमार विक उत्कृष्ट ठहरिए । पदम सम्बाहाम्फे, सोना सावादेन, तुपेन्द्र एक्तेन, टेकराज तिगेला, रूपलाल खाम्दाक, थानाहाङ तिगेला, भीमा सावादेन, सुरोज मादेन, आइत खजुम, आइतमाया इजम, चन्द्र आङदेम्बे र देवेन चेम्जोङले सहभागीहरूलाई सम्मानित व्यतित्वको रूपमा विशेष सम्मान भए । पहिलो, दोस्रो र तेस्रो विजेताहरूले पुरस्कारस्वरूप क्रमशः ५० हजार, ४० हजार र ३० हजार र अन्य विभिन्न विधामा उत्कृष्ट कलाकारहरूलाई १० हजार नगद प्राप्त गरे । पुरस्कारको थप रमाइलो पक्ष केवाइसी युकेले हौसलाका लागि सहभागी प्रत्येक गैरलिम्बू प्रतियोगीहरूलाई ५ हजार र १० भित्र पर्न सफल शान्तिराम खरेललाई एचडिडी हङकङले १० नगद प्रदान गरेको छ । प्रतियोगिताकी प्रथम सुनिताले आयोजक कमिटीबाट एउटा पालाम रेकर्ड गर्ने अवसर पाउने छन् । प्रतियोगितामा पहिलो चरण चुम्लुङमा ३५२ सहभागीमध्ये दोस्रो चरण फक्ताङ्लुङ चरणका लागि ५० जना प्रवेश गरेका थिए । यस्तै तेस्रो साम्लो चरणमा २० जनाबाट अन्तिम १० उत्कृष्ट प्रतियोगी मेन्छययेम चरणमा पुग्ने प्रावधान थियो । पहिले रेकर्ड नगरिएको विशुद्ध लिम्बू भाषाको पाँचदेखि ७ मिनेटको स्पष्ट अनुहार देखिने गरी भिडिओ रेकर्ड पठाएको पालामलाई याक्थुङ कल्चरल गु्रपको आधिकारिक पेज र अनलाइन युट्युबमा प्राप्त लाइक, सेयर, कमेन्टबाट ४० र बाँकी ६० अंक तीन जना निर्णायकहरूबाट प्राप्त गर्नुपर्ने हुन्थ्यो । जिल्लागत हिसाबमा पान्थर, ताप्लिजङ र तेह्रथुमको सहभागिता संख्या बढी र भारतका सुखिम, आसम, दार्जिलिङ, खाडी मुलुक, मलेसिया, जापान, कोरिया, बेलायत, इजरायललगायत मुलुकमा रहेका लिम्बू र गैरलिम्बूहरूको संख्या ७० भन्दा धेरै थियो । निर्णायक मण्डलमा याक्थुङ संस्कृतिविद् यासेली योङहाङ, वरिष्ठ पालाम गायिका मनु नेम्बाङ र संगीतज्ञ खासगरी रैथाने संगीतकी खोजकर्ता झुमा वनेम संलग्न थिए । नतिजामा प्रश्नको औचित्य र पालामको प्रताप ? अनलाइनमा विश्वव्यापी पालाम प्रतियोगिता व्यवस्थापन गर्नु सहज थिएन । तुम्याहाङ, प्रायोजक, निर्णायक मण्डल, सञ्चार र अरु थुप्रै सहयोगले सोचेभन्दा सफल भएको हो । तर देखिने नदेखिने केही गुनासा आएका छन् । नाम चलेकै प्रतिस्पर्धाबाट बाहिरिने केहीले अबदेखि यो क्षेत्रबाट सन्न्यास लिनेसम्म उद्घोष गरेको सुन्न पाइयो । प्रतियोगितामा आफैँ भागसमेत लिएका तुपेन्द्र एक्तेनले २५ मिनेट लाइभमा आएर निर्णायकहरूको क्षमता र नियतिउपर गम्भीर प्रश्न उठाए । केही प्रश्न सही होलान् । कला क्षेत्रको अरु ठाउँमा पनि थुप्रै विवाद उठेका छन् । सबैलाई चित्त बुझाउँदै जाने हो भने प्रतियोगिताको औचित्य रहँदैन । व्यक्तिगत कुण्ठाबाट आएका परिणामले समाज अगासड बढ्न सक्तैन । अनलाइनमा रंगीविरंगी पालामको राग देखेर युवाहरू ढुक्क हुने अवस्था रहन्न । याक्थुङ लाजे निर्माण र याक्थुङ पहिचान समृद्ध बनाउन पालामको महिमा र प्रतापको शक्ति बिसौँ वर्ष धान नाच्नेहरूलाई मात्र थाहा हुन्छ । प्रथम प्रतियोगी सुनिता लाबुङको सेम मुई पालामको एक अंशः यालाक्ती लुङ्वासे आल्लज्यासाङ मेदेन्नेन् निङ्वा इङ्वाकासाङ भाले बासिन्जेल धान नाचेर पनि कहिल्यै चित्त बुझेन, तर सांसारिक नियमले बाध्य पारेर छुट्टिनै पर्ने अवस्थाको ‘सेम मुई पालाम’ को एउटा दृष्टान्त । पाँच मिनटको पालामको एउटा सानो अंश मात्र रहेको प्राज्ञ अमर तुम्याहाङ ठम्याइ छ । पालाम सिंगो मानव सभ्यताको इतिहास, हाम्रा पुर्खाहरूले भोगेका संघर्षका गाथा र याक्थुङ सभ्यताको परिष्कृत रूप हो । पालामसँगै ख्याली यालाङ जोडिएर आउ“छन् । यालाङको बाटोे पहिल्याउने काम ख्यालीले तय गरेपछि मात्र पालामले प्रवेश पाउ“छ । पालाम प्रेम अंकुराउने प्राथमिक कक्षा हो भने ज्ञान आर्जनको महाविद्यालय रहेको प्राज्ञ तुम्यहाङको विश्लेषण छ । उहिले पढ्ने स्कुल थिएन । हाम्रा पुर्खाहरू पालामबाट ज्ञानविज्ञान र आङ्खना इतिहास, सभ्यताको खोज र सिक्ने काम पालाम, ख्याली र हाक्पारे साम्लोमा भर पर्नुपथ्र्यो । वारिपारिका सन्देशहरू पालामबाट आदानप्रदान गर्थे । पालामप्रति युवाहरूको आकार्षण हराउ“दै गएको आम तुम्यहाङहरूको चिन्तालाई यो प्रतियोगिताले गलत सावित गरेको छ । इन्दिरा नेम्बाङ, जीवन केदेम, पेपराज मावोहाङ, विक्रम एक्तेन, शान्तिराम खरेल, शिवकुमार सम्बाहाम्फे, साँगुले ठूले, सुनिता लाबुङ, सुनिता संयोक र सुमन लिम्बू मेन्छययेम चरणमा पुग्ने अन्तिम १० उत्कृष्ट प्रतियोगी सबै युवाहरू सशक्त देखिए । लिम्बुवानको औचित्य र उपलब्धि अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको प्रमुख उपलब्धि भनेकै जारी याक्थुङ लाजे र याक्थुङ पहिचान आन्दोलनको आवश्यकता र औचित्यलाई थप पुष्टी गरेको छ । लिम्बुवानको आधार कमजोर छ र यसलाई जातिवादीको आरोप लगाउनेहरूलाई यसले गतिलो जवाफ दियो । ‘फाइनलमा पुगेर जित्नु मेरा लागि गौरवको विषय होइन, त्यो भन्दा लिम्बुवानमा जन्मेर लिम्बुवानी माटो यहाँको समृद्ध भाषा, संस्कृतिले आफूलाई ‘शान्तिराम’ बनाएकोमा गौरव बनाएको’ मेन्छयायेम चरणमा पुग्ने शन्तिराम खरेलको अभिव्यक्ति थियो । ब्राह्मण, विश्वकर्म, राई, नेवार, याक्खालगायत दर्जनजतिको गैरलिम्बूहरूको उपस्थितिले प्रतियोगिताको शोभा र गरिमालाई उच्च बनायो नै अझ लिम्बू प्रतियोगिहरूलेसमेत उनीहरूको कडा चुनौती सामना गर्नु परेका थियो । जानुका श्रेष्ठ, कुमार विक, धनु याक्खा, निलिमा साम्पाङ, बम विरही कुलुङ र शान्तिराम खरेल ६ जना गैरलिम्बू प्रतियोगी ५० भित्र, (फक्ताङ्लुङ चरण) उक्लिन्दा दुँनिया चकित परेका थिए । दोस्रो चरण फक्ताङ्लुङ चरणमा पुगेका खरेलको पालाम गायिकी स्वर र शैलीले विश्वभरका लिम्बूहरू नतमस्तक भए । निलिमा साम्पाङले शब्द चयनमा सबैलाई पछि पारिन् । उता पब्लिक च्वाइसमा फेदापका कुमार विक सर्वोत्कृष्ट ठहरिए । निश्चय नै पालामको तागत कमजोर भएको भए हामीले यस्तो नतिजाको आसा गर्न सम्भव थिएन । गैरलिम्बूहरूको सशक्त उपस्थितिले गतिलो सन्देश दिएका अनेक दृष्टान्तहरू दिन सकिन्छ । पहिलो सन्देश सदियौ“देखि राज्यले जबरजस्ती किनारा लगाउने खोजे पनि याक्थुङ संस्कृतिको जग यत्ति बलियो रहेछ कि पालामलाई त्यहाँ बसोबास गर्ने सबै जातजातिले अपनत्व बोध गरेको पाइयो । अन्य भाषाभाषीहरू प्रतियोगिताको अन्तिमसम्म पुग्न र केही पुरस्कृत हुनुले लिम्बूहरू समावेशी एवं अन्य जातिप्रति उदारभाव देखाएर आदर्श समाज निर्माण गर्न पछि नपर्ने सन्देश दिएको छ । लिम्बू समुदाय महिलामा सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार पक्षमा उदार रहेको पालाम प्रतियोगिताले देखाएको अर्को दरिलो पक्ष हो । साढे ३ सय सहभागीमा झन्डै डेढ सयभन्दा बढी ४५ प्रतिशत महिला र पहिलो र तेस्रो स्थान महिला सफल हुनु, पालामकी प्रथम सुनिता बिवाहित भएर पनि अर्कै पुरुषको हात समातेर निर्ढुक्क धान नाचेको दृृश्यले लिम्बू महिलाको अवस्थाको दरिलो सन्देश दिएको छ । याक्थुङ लाजे कुनाकन्दरामा बाख्रा चराउने, तानबुन्ने, सुँगुर पालेर वा पइकार गरेर जिविका टार्नेदेखि अरब, मलेसिया, कोरियादेखि युके, युएसएमा कारमा सवार गर्ने धनाढ्य सबै पालामप्रेमी ३५२ लिम्बू र गैरलिम्बूहरू यही पालामरूपी गायन प्रतियोगिताको मेलामा धान नाच्न भेला भए । सुखिम, आसाम, दार्जिलिङका लिम्बूहरू भेला भर्ई अनेक भाकामा आफ्ना कला प्रस्तुत गरे । विश्वभरका लिम्बूहरू यसैलाई भ¥याङ बनाएर चोत्लुङ उक्ले । विभिन्न धार्मिक सामाजिक विश्वासमा विभाजित लिम्बूहरू पालामको स्वादमा सत्यहाङ, हत्याहाङ, जैमुसीको छनक नदेखाई सबैले लाइक, कमेन्ट, सेयर गरे । स्वरमा स्वर खापेर पालामी भाकामा रमाए । अन्ततः यो भेला याक्थुङ समुदायको याक्थुङ सांस्कृतिक आन्दोलनको एउटा नयाँ कोशेढुंगा सावित भयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०६:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP