Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आचारसंहिताविपरीतको गतिविधि रोकौं
आचारसंहिताविपरीतको गतिविधि रोकौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ३, २०८२

लोकतन्त्रको आधार मतदाताको स्वतन्त्र निर्णयमा टेकेर निर्माण हुन्छ । तर, आगामी निर्वाचन नजिकिँदै गर्दा मतदातालाई भ्रमित पार्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गतिविधि बढ्दै गएको छ । राजनीतिक दल, उम्मेदवार, केही सामाजिक सञ्जालका कन्टेन्ट क्रियटर र कतिपय सञ्चारमाध्यमहरू यसमा सक्रिय देखिएका छन् । उनीहरूले भ्रामक सूचना प्रसारित गरेर मतदाताको सोच र निर्णय प्रक्रिया प्रत्यक्ष प्रभावित गरिरहेका छन् । यसले लोकतन्त्रको आधारभूत संरचना र निर्वाचनको निष्पक्षतालाई चुनौती दिइरहेको छ ।

निर्वाचन आयोगले स्पष्ट रूपमा निर्देशन दिइसकेको छ कि सबै दल, उम्मेदवार, सञ्चारमाध्यम र अन्य सम्बन्धित पक्षले आचारसंहिता पालना गर्नुपर्छ । तर पछिल्ला अभ्यासहरूले देखाएको छ कि अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमा फैलिएको भ्रामक समाचार, फोटो–भिडियो म्यानिपुलेसन, मिम्स र अप्रमाणित प्रचारले मतदातामा पूर्वाग्रह सिर्जना गरेको छ । कतिपय दल र उम्मेदवारहरूले आफ्ना समर्थकमार्फत गलत तथ्य फैलाएर प्रतिद्वन्द्वीलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । यसले मतदाताको निर्णय स्वतन्त्र र विवेकपूर्ण हुन पाउँदैन ।

विशेषगरी डिजिटल माध्यममा सक्रिय कन्टेन्ट क्रियटरहरूले छिटो क्लिक र बढी दर्शक संख्या कमाउने उद्देश्यले भ्रामक सूचना सेयर गर्दै आएका छन् । उनीहरूले सन्देशलाई सनसनीपूर्ण, भावनात्मक वा भ्रमपूर्ण बनाउँछन् ताकि पाठक वा दर्शक तुरुन्त ध्यानाकर्षित होस् । यस्ता गतिविधि व्यक्तिगत लाभका लागि नभई राजनीतिक रणनीति र चुनावी दबाब सिर्जनाको उपकरणको रूपमा पनि प्रयोग भइरहेको छ । यसले मतदातामा भ्रम सिर्जना गर्नेमात्र होइन, निर्वाचनको निष्पक्षता र पारदर्शिता नै चुनौतीपूर्ण बनाएको छ ।

Hardik health

भनिन्छ, डिजिटल प्लेटफर्ममा फैलिने भ्रामक सूचनाले मतदाताको निर्णयमाथि प्रत्यक्ष प्रभाव पार्न सक्छ । यस प्रकारको व्यवहारले दल वा उम्मेदवारलाई लाभ दिन्छ जस्तो देखिए पनि वास्तवमा सम्पूर्ण निर्वाचन प्रक्रिया संकटमा पार्छ । मतदाताले सही, प्रमाणिक र सन्तुलित जानकारीमा आधारित निर्णय लिन पाउनु लोकतन्त्रको मूल अधिकार हो । भ्रामक सूचना, अप्रमाणित तथ्य र राजनीतिक पक्षपोषणले लोकतन्त्रको मूल्य र जनताको विश्वासमा धक्का पुर्‍याउँछ ।

निर्वाचन आयोगका अनुसार व्यापारी, कर्मचारी र अन्य प्रभावशाली व्यक्तिहरू पनि आचारसंहिता उल्लंघनमा संलग्न हुने गरेको पाइएको छ । केही व्यापारीले वित्तीय सहयोग र उपहार वितरण (बालेनलाई गाडी)को माध्यमबाट निर्वाचन परिणाम प्रभावित गर्ने प्रयास गरेका छन् । सरकारी कर्मचारीहरूले पदको शक्ति प्रयोग गरेर उम्मेदवार वा दलको पक्षमा दबाब सिर्जना गर्दा प्रशासनिक निष्पक्षता कमजोर पर्छ । यी सबै गतिविधिले लोकतन्त्रको आधारभूत ढाँचालाई कमजोर बनाउँछ । 
 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP