Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शुभकामना नेपाली क्रिकेट टोलीलाई
शुभकामना नेपाली क्रिकेट टोलीलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२

नेपाललाई विश्वमाझ चिनाउने र विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम बनेको क्रिकेट । अन्य खेलमा कमजोर नेपालले एकमात्र क्रिकेटबाट लगातार सफताको खुड्किलो उक्लिरहेको छ । नेपाल र नेपालीलाई गौरवान्वित बनाइरहेको नेपाली क्रिकेट टोलीले आज अर्को ऐतिहासिक यात्रा सुरु गर्दै छ । भारत र श्रीलंकामा शनिबारबट सुरु भएको आइसिसी पुरुष टि–ट्वान्टी विश्वकप–२०२६ मा नेपालले आज पहिलो खेल खेल्दै छ । यो खेलले नेपालीहरुको मात्रै नभई विश्वभरका क्रिकेटप्रेमीहरुको ध्यान आकार्षित गरेको छ ।

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले बलियो प्रतिस्पर्धीसँग खेल्दै छ । ‘टेस्ट म्याच’मा स्थापित इंग्ल्याण्डसँगको पहिलो खेल नेपालका लागि निकै नै महŒवपूर्ण हुने निश्चित छ । यो खेलमा जितका लागि खेलाडीहरु निकै उत्साहित देखिन्छन् । मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेलमा पक्कै पनि यो उत्साहको सुखद नतिजा देखिने छ । विश्वभरबाट नेपालीहरुले हाम्रा खेलाडीहरुलाई थप उत्साह जगाउनुपर्ने छ । भारतमा रहेका नेपालीहरुका साथै नेपालबाट पनि क्रिकेटप्रेमीहरु पक्कै वानखेडे रंगशालामा पुग्ने छन्, खेलाडीहरुलाई हौसला प्रदान गर्न । आशा गरौं इंग्ल्याण्डविरुद्ध नेपालले चमत्कार गर्ने छ ।

विश्वकपमा नेपालको यो तेस्रोपटक सहभागिता हो । त्यसैले विगतको भन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि, चुनौती सहज छैन नेपालका लागि । समूह ‘सी’ मा इंग्ल्याण्डसँगको प्रतिस्पर्धाबाट जस्तोसुकै नतिजा आए पनि नेपालको प्रदर्शन पक्कै उत्कृष्ट रहने छ । कठिन यात्रा पार गर्दै विश्वकपमा स्थान बनाएको नेपालले लिग चरण पार गर्दै सुपर आठमा पुग्ने लक्ष्य राखेको छ । यसका लागि इंग्ल्याण्डसँगै वेस्ट इण्डिज, स्कटल्याण्ड र इटालीसँगको खेलमा उत्कृष्ट नतिजा ल्याउन आवश्यक छ ।  नेपालले माघ २९ गते इटालीसँग, फागुन ३ गते वेस्ट इण्डिजसँग र फागुन ५ गते स्कटल्याण्डसँग चौथो खेल खेल्ने छ ।

Hardik health

विश्वकप यस्तो प्लेटफर्म हो, जहाँ विश्वकै उत्कृष्ट टिमहरुबीच प्रतिस्पर्धा हुन्छ । ती टिमहरुमध्येमा नेपाल पनि एक हुनु नै गर्वको कुरा हो । नेपाली क्रिकेट टोलीमा हाल कायम आत्मविश्वास, दृढता र अनुशासन नै सबैभन्दा बलियो पक्ष हो । त्यसलाई निरन्तरता दिँदै खेलाडीहरुले थप मिहेनत गरेमा सफलता निश्चित हुने छ । राष्ट्रलाई नै गौरवान्वित बनाउने क्रिकेट टोलीलाई सफलताका लागि हार्दिक शुकामना । 
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP