Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
विचार
  • Home
  • विचार
  • शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२
कमला ज्ञवाली

 

शिक्षा विषयगत ज्ञानको सञ्चयमात्र नभई स्वयम्लाई चिन्ने, आत्मज्ञान प्राप्त गर्ने र अन्तरनिहीत जीवन ऊर्जालाई जागृत गराउने प्रक्रिया हो । हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द र आरोग्य विद्यमान भए पनि स्वजागरणको अभावका कारण मानिसले ती मूल्य बाहिरी धन, पद र प्रतिष्ठामा खोजिरहेको छ । आत्मज्ञानबिनाको शिक्षा प्रभावहीन हुन्छ र यही कमजोरीका कारण वर्तमान शिक्षा प्रणालीले व्यक्ति र समाजलाई सन्तुलित, खुसी र नैतिक बनाउन सकेको छैन । राष्ट्रको समृद्धि व्यक्तिगत स्वजागरणबाट सुरु हुन्छ । सोचाइ र चेतनामा परिवर्तन नगरी संरचना र स्रोतमात्र सुधारेर समस्या समाधान हुँदैन । परिवर्तन सानो कामबाट, आफूबाट सुरु हुनुपर्छ ।

भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो, कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा/जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काममात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयं आफैंबाट जाग्यो भनेमात्र राष्ट्र जाग्छ, समृद्धि हुन्छ । हरेक व्यक्तिमा खुसी, शान्ति, आनन्द, आरोग्य छ तर प्रस्फुटन हुन सकेको छैन । त्यसैले व्यक्तिले ती चिज पैसा, धन, सामग्री, पद, प्रतिष्ठा, इज्जत र बाहिरी संसारमा खोजिरहेको छ तर प्रकृतिमा त्यस्तो छैन । धनले स्वास्थ्य, खुसी, शान्ति र आनन्द खरिद गर्न सक्दैन । हरेक व्यक्ति आफूभित्रबाटै जागृत हुनुपर्छ । त्यो जागृति शिक्षाबाट मात्र सम्भव छ । हामीकहाँ विषयगत ज्ञानको कमी होइन, आत्मज्ञानको कमी छ । म को हुँ, मेरो जिम्मेवारी के हो, मेरो कर्तव्य के हो, मेरो क्षमता के हो र सत्य के हो भन्ने प्रश्नको जवाफ स्वयंले दिनसक्नु नै आत्मज्ञान हो । आत्मज्ञानबिनाको विषयगत ज्ञान कामयावी हुन सक्दैन । वर्तमान परिस्थितिलाई हेर्ने हो भने शिक्षाले खुसी, शान्ति, आनन्द र आरोग्य दिन नसकेको प्रस्ट देखिन्छ ।

कुनै पनि देशको विकास हुन शिक्षा राम्रो हुनुपर्छ । विकसित देशमा शिक्षाले व्यक्तिलाई स्वजागरण गराउन सकेको देखिन्छ । विकसित राष्ट्रमा व्यक्तिको सकारात्मक सोच, उच्च मनोबल÷आत्मबल, साहस, लगनशीलता, अनुशासनबाट यो कुरा प्रस्ट हुन्छ । जीवनलाई सुगन्धित बनाउन तीन कुरा भन्न सक्नुपर्छः धन्यवाद, क्षमा मलाई थाहा छैन । यी तीन चिजले मानिसलाई अन्तरात्मादेखि खुसी, शान्ति, आनन्द र आरोग्यता प्रदान गर्छन् । जीवनमा सत्य, निष्ठा, नैतिकता र इमान्दारीलाई बढाउँछन् । अहिले हाम्रो मुलुकमा हुनुपर्ने काम भइरहेको छैन भने नहुनुपर्ने काम नै धेरै हुनुमा शिक्षाले स्वजागरण गराउन नसक्नु हो ।

Ncell
Hardik health

हामीकहाँ हेराइभन्दा सोचाइमा समस्या छ । आफूमा समस्या छ र समाधान पनि आफूभित्र नै छ । बाहिरै समस्या देख्ने र बाहिरबाटै समाधान खोजेका कारण सुधार नभएको हो । ठूलो काम गर्न खोजियो भने गर्न सकिँदैन । सानो कामबाट सुधार गरियो भने देश विकसित र समृद्ध हुन कतिबेर लाग्दैन । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ तबमात्र वास्तविक परिवर्तन हुन्छ । परिवर्तनको सुधार आफैंबाट सुरु गर्नुपर्छ । आफू बदलिएर देखाउनेले संसार बदलेका छन् । अरुलाई बदल्न खोज्ने डिप्रेसनको सिकार बनेका छन् । आफू जागृत भएको व्यक्तिमा रिस, लोभ, इष्र्या, घृणा हुँदैन, हुन्छ त केबल इमान्दारी, नैतिकता, अनुशासन, आत्मविश्वास, लगनशीलता, सत्य, निष्ठा जुन देश विकासका लागि आवश्यक स्तम्भ हुन् ।

शिक्षामा स्वजागरणको पहिलो आवश्यकता खुसी, शान्ति, आनन्द र आरोग्यक हो, सिकाइ उपलब्धिको औसत प्राप्तिमात्र हैन । स्वजागरणले मात्र सिकाइको उपलब्धि राम्रो हुन्छ । सर्वप्रथम शिक्षक खुसी हुनुपर्छ, जसले जे बाढ्यौं त्यही पाइन्छ । शिक्षक खुसी नभई विद्यार्थीलाई खुसी बनाउन सकिँदैन । त्यसैले धन आर्जन हैन, ध्यान आर्जन गर्न सिकाउनुपर्छ । सम्पत्ति जोड्न हैन, असल संस्कार र सम्बन्ध जोड्न सिकाउनुपर्छ । अहिले शरीरमा भन्दा मनमा, मनमा भन्दा भावनामा र भावनामा भन्दा गहिरो समस्या चेतना÷आत्मामा देखिन्छ । शरीरले स्वास्थ्य, मनले खुसी, भावनाले शान्ति र चेतनाले आनन्द खोज्छ । शरीरका लागि व्यायाम, मनका लागि प्राणायाम, भावनाका लागि सत्संग, भक्ति, भजन÷संकीर्तन, समर्पण र चेतनाका लागि ध्यान आवश्यक पर्छ । यसले स्वयंलाई चिन्न मद्दत गर्छ । आजको आवश्यकता स्वयंको शिक्षामा स्वजागरण हो । मानिस खुसीका लागि औषधि प्रयोग गरिरहेका हुन्छन् । औषधि भनेको दबाइ हो, जसले स्वास्थ्यलाई दबाउँछ र नयाँ स्वास्थ्य समस्या जन्माउँछ । प्रकृतिमा अद्भूत नियम छ । चौरासी व्यञ्जन बनाउन सकिन्छ तर भोक किन्न सकिँदैन । महँगो विस्तारा बनाउन सकिन्छ तर निद्रा किन्न सकिँदैन । त्यसैले भौतिक चिजवस्तुभन्दा अभौतिक, देख्न नसकिने, छुन नसकिने चिज अमूल्य छन् । यी कुरा प्राप्त गर्नु नै असली जीवन हो ।

जिम्मेवारी कसको हो ?
शिक्षा खुसी, आत्मदीप्ति र सकारात्मक ऊर्जाका लागि हो । त्यसका लागि शिक्षा क्षेत्रका सरोकारवालाले निम्नलिखित भूमिका निर्वाह गर्न सक्नुपर्छः

(क) अभिभावकले के गर्ने ?
बालबालिकाको पहिलो शिक्षा आमाको गर्भबाट सुरु हुन्छ । त्यसैले गर्भावस्थाबाट नै बालबालिकालाई कस्तो बनाउने हो त्यसै खालको आहार–विहार, विचार पद्धति अपनाउनुपर्छ । आमा नै असल संस्कार सिकाउन सक्ने पहिलो गुरु हुन् । आमाबुबा सन्तानका लागि ऐना हुन् । आमाबुबा संस्कारी भएमात्र सन्तान संस्कारी हुन्छन् । रोगमुक्त शरीर तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणका लागि घरपरिवारको वातावरणले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । असल सन्तानका लागि असल आमाबुबा हुनुपर्छ । प्रशंसाले आत्मबलको विकास हुन्छ भने अभावमा हुर्केको बालकले हरेक कुराको मूल्य थाहा पाउन सिक्छ । त्यसैले बालबालिकालाई कस्तो बनाउने पहिलो भूमिका अभिभावकमा निर्भर रहन्छ ।

घरको वातावरणले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । हामीले सच्चा अभिभावक बन्न सक्नुपर्छ । भनिन्छ, आठ वर्ष पूरा हुँदासम्म बालबालिकाको ८० प्रतिशतमात्र मानसिक विकास भएको हुन्छ । त्यसैले प्रारिम्भक बालविकासमा लेखाउनु हुँदैन हाम्रा अविभावकहरु गृहकार्य धेरै खोजिरहेका छन् । त्यसैले पहिलो जागरण अभिभावकमा ल्याउनुपर्छ । हस्तरेखाको पूर्णरुपमा विकास नभई लेखाउँदा बालबालिकामा आत्मबल कमजोर, बेखुसी, अशान्ति र आरोग्यता घट्दै जान्छ ।

(ख) विद्यालयले के गर्ने ?
बालबालिकाको दोस्रो घर विद्यालय हो । विद्यालयमा बालबालिकालाई आत्मदीप्ति गराउने दायित्व शिक्षकको हुन्छ । यसका लागि शिक्षकमा स्वजागृति हुनुपर्छ । स्वजागरण भएको शिक्षकले मात्र आफ्ना बालबालिकालाई स्वजागरण गराउन सक्छ । त्यसैले शिक्षक खुसी, शान्त, आनन्दित र आरोग्य बन्नुपर्छ । खुसी शिक्षकले मात्र खुसी बाँड्न सक्छ । अहिले शिक्षाले यी कुरा दिन सकेको देखिँदैन । शिक्षक स्वउत्प्रेरित भएको पाइँदैन । शिक्षक जस्तो हुन्छ, विद्यार्थी त्यस्तै हुन्छ । शिक्षक बालबालिकाको ऐना हुन् । संस्कारी शिक्षक भएमात्र विद्यार्थी संस्कारी बन्छ । विद्यार्थीले सबैभन्दा बढी शिक्षकले भनेका कुरामा विश्वास गर्छन् । त्यसैले सर्वप्रथम शिक्षक आफैंमा स्वजागरण हुनु जरुरी छ ।

शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्न सकिँदैन । प्रारम्भिक बालविकासमा बालबालिकालाई गृहकार्य दिनुभन्दा संस्कार सिकाउनु आवश्यक छ । उनीहरूलाई खुसी हुन, शान्त हुन, आनन्दित हुन र आरोग्य हुन सिकाउनु आवश्यक छ । यस तहमा शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक विकास पूर्णरूपमा गराउने क्रियाकलापमात्र गराउनुपर्छ । पाठ्यपुस्तक पढाउने लेखाउने होइन जीवन पढाउनुपर्छ । प्रारम्भिक बालविकासका बालबालिकालाई जीवन ऊर्जा जगाउन सकियो भने जीवन खुसी, शान्त, आनन्द र स्वस्थ भएर सत्य निष्ठा र इमान्दारीको विकास हुन्छ । हरेक मानिस शान्त नभई देशमा क्रान्ति आउँदैन । त्यसैले सर्वप्रथम प्रारम्भिक बालविकास तथा शिक्षालाई सुधार गरौं । समस्याको मूल केन्द्र मन हो । समस्या र समाधान त्यसमै हुन्छ ।

प्रत्येक व्यक्तिमा आफ्नो जीवन/भविष्य निर्माण गर्ने सामथ्र्य हुन्छ । आफूले म को हुँ भनेर नचिनेसम्म समस्या समाधान हुँदैन । यसर्थ विद्यालयलाई सिकाइ केन्द्र बनाऔं । शिक्षामा सीपलाई जोडौं । त्यसका लागि एक विद्यालय एक उद्यम कार्यक्रमको अभियान चलाउनुपर्छ । विद्यालयलाई परिवर्तनको केन्द्र/रोजगार केन्द्र बनाउनुपर्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित महेन्द्रग्राम माविमा प्रत्येक शुक्रबार कपाल काट्ने अभियान सुरु भएको छ । यसलाई सबै विद्यालयहरुले कार्यान्वयनमा ल्याउन कोसिस गर्नुपर्छ । 

(ग) स्थानीय सरकारले के गर्ने ?
संघीय शासन व्यवस्थाले शिक्षाका २३ वटा अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ । त्यसैले आफ्नो कार्यक्षेत्रमा शिक्षा कस्तो बनाउने र नीतिगत, कानुनी, संस्थागत, संरचनागत पक्षको विकास कसरी गर्ने भन्ने जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकार राम्रो, समृद्ध हुन शिक्षा राम्रो हुनुपर्छ । जुन देशको शिक्षाले व्यक्तिलाई आत्मदीप्ति गर्न सक्यो त्यो देश आज विश्वको प्रथम स्थानमा रहेको छ । निष्ठा, सत्य, नैतिकता, सहचरित्रता, इमान्दारीको जग स्थानीय सरकारबाट सुरु हुनुपर्छ । आआफ्नो क्षेत्रमा शिक्षकलाई उत्प्रेरित÷प्रोत्साहन हुने गरी काम गर्नसकेमा मात्र सुधार सम्भव छ । 

(घ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले के गर्ने ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राम्रो नभएसम्म अरू मन्त्रालयका काम राम्रो हुन सक्दैनन् किनभने हरेक व्यक्तिलाई जगाउने काम यही मन्त्रालयको हो । प्रत्येक व्यक्तिमा रहेको अन्तरनीहित प्रतिभा (जीवन ऊर्जा) प्रस्फुटन नभएसम्म देशमा समृद्धि आउन सक्दैन । कुनै पनि देशको समृद्धि भनेको शिक्षाको राष्ट्रिय नीति, नियम, कानुन कार्यक्रममा भर पर्छ । सबैभन्दा उत्कृष्ट पेसा शिक्षण पेसालाई बनाउनेगरी नीतिगत, कानुनी, संस्थागत, संरचनागत सुधार गर्नुपर्छ । स्रोतभन्दा सोचमा समस्या छ । अब हामीले स्वजागरणमा केन्द्रित गरेर शिक्षा परियोजना ल्याउनुपर्छ । तालिमका प्याकेजमा स्वजागरणका विषयवस्तु समेट्नुपर्छ । विषयगत ज्ञानभन्दा आत्मज्ञानका विषयवस्तुमा केन्द्रित गरेर पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तालिम प्याकेज बनाई त्यसैअनुरूप शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ ।

शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजार, बजारलाई रोजगारी र रोजगारीलाई समृद्धिसँग जोड्नका लागि विद्यालयलाई परिवर्तनको केन्द्र बनाउनुपर्छ । सीपबिनाको शिक्षाले शैक्षिक बेरोजगारीलाई मात्र बढाउँछ त्यसैले ‘एक विद्यालयमा एक उद्यम कार्यक्रम’ को अभियानमार्फत शिक्षामा सीपलाई जोड्दै जानुपर्छ । कम्तीमा १० कक्षा पास भएर निस्कँदा एउटा सीपको क्षमता प्रत्येक बालबालिकाले पाउनेगरी मन्त्रालयले काम गर्नुपर्छ ।

सीपबिनाको प्रमाणपत्र संसारमा बिक्दैन । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने होइन कि रोजगारी उत्पादन गर्ने रोजगार केन्द्र बनाउनुपर्छ । संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा भन्ने नारा तय गरी कार्यक्रम अगाडि बढाउनुपर्छ । विषयगतभन्दा आत्मज्ञानमा केन्द्रित भएर मन्त्रालयले बजेट, नीति, कार्यक्रम ल्याउन ढिला भइसकेको छ । संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा’ भने नारा तय गरी शिक्षाले अबका कार्यक्रम सञ्चालन गर्नुपर्छ । ४० प्रतिशत बालबालिकामा १४ वर्षभित्रै मानसिक समस्या सुरु हुन्छ । १६–४० वर्षका १९ जना युवाले दैनिक आत्महत्या गरेको मुख्य कारण बेखुसी र तनाव नै हो । रोगमुक्त शरीर, तनावमुक्त र हिंसामुक्त समाज निर्माणका लागि अहम् भूमिका शिक्षाको हो । शिक्षाले मात्र आत्मदीप्ति गराउन सक्छ । स्वजागरण जागेको प्रत्येक व्यक्तिले मात्र सत्य बुझ्न सक्छ । अबको शिक्षाको गन्तव्य शिक्षामा स्वजागरण नै हो । आफूलाई बदल्नेले मात्र संसार बदल्न सक्छ ।

निष्कर्ष
शिक्षा विषयगत ज्ञानको सञ्चयमात्र नभई स्वयम्लाई चिन्ने, आत्मज्ञान प्राप्त गर्ने र अन्तरनिहीत जीवन ऊर्जालाई जागृत गराउने प्रक्रिया हो । हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द र आरोग्य विद्यमान भए पनि स्वजागरणको अभावका कारण मानिसले ती मूल्य बाहिरी धन, पद र प्रतिष्ठामा खोजिरहेको छ । आत्मज्ञानबिनाको शिक्षा प्रभावहीन हुन्छ र यही कमजोरीका कारण वर्तमान शिक्षा प्रणालीले व्यक्ति र समाजलाई सन्तुलित, खुसी र नैतिक बनाउन सकेको छैन । राष्ट्रको समृद्धि व्यक्तिगत स्वजागरणबाट सुरु हुन्छ । सोचाइ र चेतनामा परिवर्तन नगरी संरचना र स्रोतमात्र सुधारेर समस्या समाधान हुँदैन । परिवर्तन सानो कामबाट, आफूबाट सुरु हुनुपर्छ ।

स्वजागृत व्यक्तिमात्र इमान्दार, अनुशासित, नैतिक र आत्मविश्वासी हुन्छ, जसले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन सक्छ । त्यसैले शिक्षाको मूल्यांकन खुसी, शान्ति, आनन्द र आरोग्यका आधारमा हुनुपर्छ । अभिभावक, शिक्षक, विद्यालय, स्थानीय सरकार र मन्त्रालय सबैले स्वजागरण केन्द्रित दृष्टिकोण अपनाउनुपर्छ । विशेषतः शिक्षक स्वयं खुसी र स्वजागृत नभएसम्म विद्यार्थीमा स्वजागरण सम्भव हुँदैन । प्रारम्भिक बालविकासदेखि नै जीवन सीप, संस्कार, आत्मज्ञान र सीपयुक्त शिक्षा दिनु अनिवार्य छ । शिक्षा खुसी, आत्मदीप्ति, शान्ति र सकारात्मक ऊर्जाका लागि हुनुपर्छ । ‘संस्कार र सीपयुक्त शिक्षा’मार्फत आत्मज्ञान र स्वजागरणलाई शिक्षाको केन्द्र बनाइएन भने न त व्यक्तिगत जीवन सुधार हुन्छ, न समाज र राष्ट्र नै समृद्ध बन्छ । आफूलाई बदल्ने व्यक्तिले मात्र संसार बदल्न सक्छ भन्ने मान्यतासहित अबको शिक्षाको अन्तिम गन्तव्य शिक्षामा स्वजागरण नै हो ।
 


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो
भोटेकोशी बाढीः प्रलय, पाठ र आगामी बाटो शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद्
भोटेकोशी बाढी सतप्रतिशत जलवायुजन्य विपद् बिहीबार, भदौ २५, २०८३
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति
प्रेसलाई नियन्त्रण गर्ने सरकारको नयाँ रणनीति बुधबार, भदौ २४, २०८३
विद्रोहको एक वर्ष, जेन-जी नतर्स
विद्रोहको एक वर्ष, जेन-जी नतर्स मंगलबार, भदौ २३, २०८३
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान  
नेपालमा बलात्कारसम्बन्धी कानुनी प्रावधान   मंगलबार, भदौ २३, २०८३
व्यावसायिकताको बाटोमा भलिबल
व्यावसायिकताको बाटोमा भलिबल सोमबार, भदौ २२, २०८३
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग
हानिनोक्सानी कोषको सान्दर्भिकता तथा उपयोग शनिबार, भदौ २०, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP