सूर्य उत्तरायणतर्फ लाग्दा दिन लामो हुँदै जाने पर्वका रुपमा लिने गरिन्छ । देवघाट, तारुका, वेत्रावतीलगायत देशका विभिन्न नदी त्रिवेणीमा नुहाएर पितृ तर्पण, दान गरी मनाइन्छ । माघे संक्रान्तिलाई जसले जे जसरी मनाए पनि मूलरुपमा प्राकृतिक पुजन पद्धतिअनुसार कण्दमुल, माछा मासु खाएर मनाइन्छ । यस पर्वमा खाइने घिउ चाकुले जाडो चिसोलाई सहन सक्ने शक्ति प्रदान गर्दछ भन्ने मान्यता रहेको पाइन्छ । माघे संक्रान्ति माघ १ गते सूर्य उपासनाका रुपमा मनाइएता पनि छुट्टाछुट्टै प्रणाली पद्धतिअनुरुप छुट्टाछुट्टै प्रकारबाट मनाउँछन् । तीमध्ये थारु समुदायमा मनाइने माघी विशेष नयाँ वर्षको रुपमा मनाइन्छ ।
सम्भवतः सबै नेपालीले एक साथ मनाउने साझा पर्व हो, माघे संक्रान्ति । तराईका थारु हुन् वा मगरहरु माघीलाई नयाँ वर्षका रुपमा मनाउँछन् भने काठमाडौंवासी नेवारहरुले माघे संक्रान्तिलाई ध्यो चाकु सँल्हुका नाउँमा घिउ, चाकु, तरुल, माछा, मासु खाएर भव्य मनाउँछन् । मधेसी समुदायमा यस दिनलाई तिलको परिकार बनाएर खाइखुवाई तिला संक्रान्तिका रुपमा मनाइन्छ । पूर्वी नेपालका किराँत र हिमाली समुदाय शेर्पा, थकाली, तामाङ, गुरुङ आदि समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रुपमा लिइन्छ माघीलाई । अत्यधिक पिछडिएका समुदाय राउटे, कुसुण्डामात्र होइन राज्यसत्तामा पहँुच बनाएका क्षेत्री ब्राह्मणसम्मले मनाउँछन् माघे संक्रान्ति ।
सूर्य उत्तरायणतर्फ लाग्दा दिन लामो हुँदै जाने पर्वका रुपमा लिने गरिन्छ । देवघाट, तारुका, वेत्रावतीलगायत देशका विभिन्न नदी त्रिवेणीमा नुहाएर पितृ तर्पण, दान गरी मनाइन्छ । माघे संक्रान्तिलाई जसले जे जसरी मनाए पनि मूलरुपमा प्राकृतिक पुजन पद्धतिअनुसार कण्दमुल, माछा मासु खाएर मनाइन्छ । यस पर्वमा खाइने घिउ चाकुले जाडो चिसोलाई सहन सक्ने शक्ति प्रदान गर्दछ भन्ने मान्यता रहेको पाइन्छ । माघे संक्रान्ति माघ १ गते सूर्य उपासनाका रुपमा मनाइएता पनि छुट्टाछुट्टै प्रणाली पद्धतिअनुरुप छुट्टाछुट्टै प्रकारबाट मनाउँछन् । तीमध्ये थारु समुदायमा मनाइने माघी विशेष नयाँ वर्षको रुपमा मनाइन्छ ।

थारुको नयाँ वर्ष माघी
नयाँ वर्ष माघीमा तराईका आदिवासी थारुहरु गणपञ्था प्रथाअनुरुप गाउँका मुख्य थकाली बडघर, गाउँका पुजारी चिरकीया, चिट्ठीपत्र सूचना आदानप्रदान गरिदिने चौकीदार यही माघीका अवसरमा छान्ने, गठन गर्ने गरिन्छ । थारु समुदायको कविला राज्यको शासन प्रशासन सञ्चालनको नमूनालाई निरन्तरता दिन गाउँका संरक्षक भनिने गुरुवा, पुजारी चिरकीया, घरमुली अर्थात् गरधुरिया चुन्ने गरिन्छ । यसरी चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ । कमैया, हलयिा, हरुवा, चरुवा, दादी परम्पराको बेला माघीकै दिन कमैया फुकाउनेदेखि नयाँ सम्झौता गर्नेसमेत गरिन्थ्यो । माघीमा विशेष परिकार बनाएर खाने खुवाउने तथा आपसी सद्भावका साथ साताभरि मनाउने गरिन्छ ।
नयाँ वर्ष माघीमा घोँगी, मुसा, गँगटो, सुंगुरको मासुका परिकारसहित ढिकरी, रोटी खाने खुवाउने गरिन्छ । घर परिवार सबै एकै ठाउँमा भेला भई आफूभन्दा ठूला मान्यजनबाट अशीर्वाद लिने, खानपिन, नाचगान गरी माघी नयाँ वर्ष थारुहरु भव्य रुपमा मनाउँछन् ।
माघीको भोलिपल्ट कहार्ने
माघीको भोलिपल्ट दाजुभाइले दिदीबहिनीलाई कहार्ने भन्दै चामल, नुन, मासको दाल र अन्य सामग्री उपहारस्वरुप पठाउँछन् । घर वा गाउँका मुलीबाट आशीर्वाद लिने नयाँ वर्षको मुख्य साखः हो यो । कविला राज्य सञ्चालनार्थ थारु समुदायको प्रथा चलाउने माघी नै आजसम्म पनि निरन्तर चलिरहेको छ । नेवारमा गुठी परम्पाराजस्तै कानुनी राज्यको नमूना व्यवस्था हो यो माघी कहार्ने परम्परा । १० वर्षे माओवादी जनयुद्धअघि पञ्चांग्रेसको (पञ्च कांग्रेसको राज्य व्यवस्था रहेको बेलासम्म) तराईमा कमैया, हलिया, चरुवा प्रथा रहेको थियो । हो, त्यही बेलाको कुरा हो, माघीको यसदिन साहु महाजनबाट बोल कबोल गरी थारु युवायुवतीलाई कामदारको रुपमा एक वर्षका लागि लाने गरिन्थ्यो । गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीय राज्य व्यवस्थासहितको संघीयताको संविधान जारी भएपछि थारु, दलित समुदायमा व्यापक बाध्यात्मक कुप्रथाको अन्त्य भए पनि यो कुप्रथाको ह्याङ अझै बाँकी नै छ तर माघे संक्रान्तिका दिन हुने कामदार किनबेच कारोबारचाहिँ रोकिएको छ ।
ध्यो चाकु सँल्हु
घिउ, चाकु, राँगाको मासु, चिउरा, पालुंगोको साग, तरुल, सख्खरखण्ड आदि परिकार खाने खुवाउने गरिन्छ नेवार समाजमा माघे संक्रान्तिका दिन । घरकी मुली वा आमा बज्यैको हातबाट कान र तालुमा तेल घसी दिने र भोलिपल्ट वा अघिल्लो शनिबार छोरीज्वाइँ वा भाञ्जाभाञ्जीलाई बोलाएर खुवाइन्छ । त्यसैले यस दिनमा नेवार समुदायमा घिउ, चाकु, कण्दमुल तरुल, यलय् पल, चिउरा मासुका परिकार खाने खुवाउने हुँदा यस दिनलाई ध्यो चाकु सल्हुँका नाउँबाट मनाइन्छ । यस दिन खाइने घिउ, चाकुले उपत्यकाको जाडोलाई सहनसक्ने शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । माघे संक्रान्तिलाई सौर्य उपासनाको दिनका रुपमा पनि लिने हुँदा भक्तजनहरु बिहान घाम उदाउनु अगाडि नै नदीको दोभान, त्रिवेणीजस्ता तीर्थस्थलहरुमा पुगी स्नान गर्ने अनि आमा, अजी वा मुलीको हातबाट तालु, नाभी र कानमा शुद्ध तोरीको तेल लागाइदिने गरिन्छ ।
खिचडी पर्व
सूर्य उत्तरायणबाट दक्षिणायणतर्फ लाग्दै जाने विश्वासका साथ क्षेत्री, बाहुन समाजमा खिचडी पर्वका रुपमा मनाइन्छ । यसदिन शिवजीको आराधना गर्दै पशुपतिनाथ, गोकर्णको उत्तरगया, नारायणगढको देवघाट नदीको दोभान, बेत्रावतीको त्रिवेणीमा स्नान गरी पवित्र हुने गरिन्छ । पितृ स्मृतिमा श्राद्ध, देवीदेवतालाई पुजा गरी घिउ चाकु तिलौरीका परिकार खाने खुवाउने गरिन्छ । साथमा यसदिन चोखो बनाएर पकाएको खिचडी खाइन्छ । यसका लागि गोकर्ण, देवघाट, पाल्पाको रुरुमा पनि भव्य नुहाउनेको मेला लाग्ने गर्दछ ।
तिला संक्रान्ति
तराई-मधेसका समुदायमा तिलका परिकार बनाएर खाने, खुवाउने र सूर्य देवताको उपासना गर्ने गरिन्छ । तिलका परिकारलाई, तिलौरीसम्मका परिकार खाइने हुँदा यस समुदायमा माघे संक्रान्तिलाई तिला संक्रान्ति भनिएको हो । मधेसी समुदाय पनि यसदिन थारु समुदायसँगै वा छुट्टाछुट्टै छठ पर्वमा जस्तै नदी, तलाउ, इनार वा पोखरीमा नुहाउन जाने, चोखो भई घरमा शुद्ध तरिकाले तिलका परिकार तिलको लड्डुलाई (एक प्रकारको गोलफुकी सख्खरको डल्लो), कचौडी, पकौडी, झाँजर आदि देवतालाई चढाएर खाने खुवाउने गरिन्छ ।
मगर समुदायको नयाँ वर्ष
जसरी थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा मनाउँदै आइरहेको पाइन्छ, त्यसैगरी मगरात भुमीका आदिवासी मगर समुदायमा पनि भव्य नयाँ वर्षकै रुपमा मनाइन्छ । सुँगुर, बंगुरको मासु पकवानदेखि मगर र थारु समुदायले आफूलाई भगवान् बुद्धकै वंशज मान्ने कुरामा पनि समानता पाइएको छ । तराईको थारुवान् र पहाडको मगरात भुमी एकै परिवेशमा रहनुले पनि यी दुई समुदायमा कतै न कतै समानता रहेको प्रमाणित गर्न सकिन्छ । काठमाडौंको टुँडिखेलामासमेत मगर र थारु समुदायले भागबण्डा गर्दै नयाँ वर्ष माघी एकसाथ मनाउँछन् ।
राउटे, कुसुण्डा र चेपाङको पनि दसैं माघे संक्रान्ति
यी तीनवटै लोपोन्मुख वन जीवन्त समुदायका मुख्य पर्वमध्ये साउने संक्रान्ति र माघे संक्रान्ति पनि एक हो । यसदिन सिमे, भुमे, मस्टो पूजा गरी कुखुरा, बोका वा अन्य जीवको बली दिने र कन्दमुलसहितको परिकार बनाएर खाने मौलिक परम्परा पाइन्छ । प्रत्येक छ महिनामा मनाइने साउने संक्रान्ति र माघे संक्रान्तिका दिन चोखोनितो गरी पितृ स्मरण र पूजा गरी मनाइन्छ । विशुद्ध प्राकृतिक पर्व माघे संक्रान्तिलाई अप्रत्यक्षरुपमा नयाँ वर्ष सूर्य उपासनाको अवसरका रुपमा मनाइन्छ ।
किराँती यलम्बर सम्वत्
सौर्य आधारमा यलम्बर सम्वत् माघे संक्रान्तिबाटै थाल्नेमा एकमत छन् किराँतीहरु । प्रथम किराँती राजा यलम्बरकोे नाउँमा स्थापित येले सम्वत् संसारको सबैभन्दा पहिला तीन किराँत (वल्लो, माझ र पल्लो किराँत) का पुर्खा सुमेरियनवासीले थालेको तथ्य छ । इ.पू. ३५०० वर्ष अगाडि किराँती राज्यमानी २००७ जोड्दा येले सम्वत् ५५०७ हुन आउँछ । प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्ता २६७२ वर्ष किराँती राज्य नेपालमा रह्यो । राई, लिम्बू, याख्या, सुनुवारमात्र नभई किराँतभित्रका धिमाल, मगर, कोचे, मेचे, हायु, दनुवारसमेत ऐक्यबद्ध हुने विश्वास येले सम्वत्वादीको छ ।
सामान्यतः पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्दछ । विश्वमै पहिलो पञ्चांग (क्यालेण्डर) इ.पू.४००० वर्ष पहिले मिश्रवासीकोे मान्यता छ । तर डिबी आङबुङले किराँत इतिहास इ.पु. १० हजार वर्ष पहिले क्यास्पियन सागरका पुर्खादेखि समेट्दै आएको हँुदा विश्वका प्राचीन येले सम्वत् पनि हो । बेबिलोनियनहरूले इ.पू.२००–३०० वर्ष पहिले ३५४ दिनको एक वर्ष र २९ दिनको एक महिनाको क्यालेण्डर बनाए । युनानी क्यालेण्डरमा २९ दिन नै एक महिना भयो । प्राचीन क्यालेण्डर इ.पु. ७५३ मा रोमन सम्राट जुलियस सिजरले बनाएको युलियन क्यालेण्डरभन्दा येले सम्वत् प्राचीन सम्वत्का रूपमा राष्ट्रिय मान्यता मागेको छ ।
यस प्रकार हामीले सम्वत्को प्रचलन थाल्दा जसले जुनसुकै नाउँ र समयमा गणना गरिँदा पनि चन्द्रमास वा सूर्यका आधारमा गरणा गरी मनाइन्छ । ज्योतिषीय हिसाव किताब अति जटिल हुने भएकोले हामी सर्वसाधारणले तिथि र मितिलाई गणना गर्दा निम्न तरिकाबाट जोड घटाउ गर्दा कुन देशकाले मनाउने पात्रो बुझ्न सहज हुन्छ भनी निक्र्योल गर्न सकिन्छ । जे होस् देशमा प्रचलित गज्याङमज्याङ सम्वत्हरुलाई राष्ट्रको नाउँमा एउटै नेपाल सम्वत् चलाएको भन्नेचाहिँ निश्चित गर्न सकिन्छ । नेपाल सम्वत् एउटा फगत एउटा सम्वत्मात्र नभएर राष्ट्रिय पहिचान हो भने जेन हेनरी ड्युनाले विश्वभरका युद्धपीडित आत्माहरुको सेवा गर्न स्थापित रेडक्रसभन्दा हजार वर्ष अगाडि नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाले थालेको समाज सेवाको नमूना सम्वत् पनि हो ।