Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं- दक्षिण कोरियामा त्यहाँका नागरिकलाई काममा लगाउन कठिनाइ हुँदा विदेशी कामदारको माग बढेको पाइएको छ । विदेशी कामदार बढी प्रयोग गर्ने घरेलु साना र मझौला एक हजार २२३ वटा कम्पनीमा गरिएको सर्वेक्षणले उक्त पुष्टि गरेको प्रतिवेदन सार्वजनिक भएको हो ।

कोरिया साना तथा मझौला उद्यम संघले आइतबार सार्वजनिक गरेको सर्वेक्षणले ८२.६ प्रतिशत रोजगारदातालाई कोरियाली नागरिक भर्ती गर्न कठिनाइ हुने गरेको देखाएको छ । अध्ययनका अनुसार कोरियाली नागरिकहरुमा घरेलु औद्योगिक कार्यस्थलप्रतिको वितृष्णा बढेको पाइएको छ । जुन सन् २०२३ मा ८९.८, २०२४ मा ९०.२ र २०२५ मा ९२.९ प्रतिशत पुगेको देखिएको छ । यसले साना उत्पादकहरुको विदेशी कामदारमाथिको निर्भरता विस्तार भएको देखिन्छ ।

कम्पनीहरुका अनुसार विदेशी कामदारको श्रम लागत पनि कोरीयाली कामदारको जस्तै भएकाले महत्‍वपूर्ण देखिएको छ । एउटा विदेशी कामदारको औसत मासिक श्रम लागत २९ लाख २८ हजार हुने उल्लेख गरिएको छ । जसमा तलब २१ लाख ६५ हजार, अधिक समयको भत्ता तीन लाख २१ हजार, आकस्मिक खर्च ४६ हजार, र बस्न र खानको लागि तीन लाख ९६ हजार वोन छ ।

Nada Auto Show 2026
Hardik health

विगतको तुलनामा कामदारको तलब लगातार बढ्दै जाँदा ‘ओभरटाइम’ (अतिरिक्त समय काम गरेको) भत्ता घटेको छ । विदेशी कामदारहरूको औसत तलब सन् २०२३ मा २१ लाख १३ हजार वोनबाट सन् २०२५ मा २१ लाख ६५ हजार वोन पुगेको छ, तर सोही अवधिमा अधिक समयको भत्ता चार लाख ८१ हजारबाट घटेर तीन लाख २१ हजार वोनमा झरेको छ । सो अध्ययनका अनुसार लागत भारको कारण ९७.८ प्रतिशत कम्पनीहरूले वैधानिक रोजगारी सीमाभन्दा कम विदेशी कामदार भर्ना गरेको पाइएको छ । कामदार संख्या घट्नुमा आवेदन शुल्क, खाने र बस्ने खर्चलगायतका गैरतलब सम्बन्धित भर्ती खर्च, न्यूनतम ज्याला वृद्धि, श्रम लागत भार र आर्थिक मन्दीका कारण रहेको छ ।

सर्वेक्षणमा सहभागी कम्पनीहरुले उत्पादकत्व वृद्धिका लागि परीक्षण अवधिको आवश्यकतामा जोड दिइएको उल्लेख गरिएको छ । तीन महिनाभन्दा कम समयका लागि काममा राखिएका विदेशी कामदारहरुको उत्पादकत्व कोरियाली कामदारहरुको ६६.८ मात्र भएको कम्पनीहरुले जनाएका छन् ।  उक्त सर्वेक्षणले उच्च दक्षता भएका कामदारको संख्या पनि द्रुत गतिमा वृद्धि भइरहेको देखाएको छ । यस्ता कामदारहरु सन् २०२४ मा २९.५ प्रतिशत थिए भने २०२५ मा ४८.२ प्रतिशत पुगेका छन् । कम्पनीहरूले उत्पादकत्व वृद्धिका लागि विदेशी कामदारको लामो कार्यावधि आवश्यक रहेको बताएका छन् । ९४ प्रतिशत रोजगारदाताले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत विदेशी कामदारको न्यूनतम कार्यकाल तीन वर्ष वा बढी उपयुक्त हुने धारणा राखेका थिए ।

भर्ना गर्दा कामदारको वास्तविक व्यवस्थापनमा ५२.१ प्रतिशत कम्पनीहरुले भाषाका कारण उचित संवादमा समस्या हुने गरेको औंल्याएको भनिएको छ । हालको इपिएस प्रणाली सुधार गर्नका लागि इमान्दार नहुने विदेशी कामदारहरुलाई कारबाही गर्ने कुरामा ४१ प्रतिशत कम्पनीहरुले सुझाव दिएका थिए । त्यस्तै कामदारको बसाइँको अवधि बढाउनका लागि ३१.५ प्रतिशत र उत्पादकत्व अनुसार तलब प्रणाली लागू गर्नुपर्नेमा २५.६ प्रतिशत रोजगारदातको मत थियो ।

कोरियाले सन् २००८ देखि नेपालबाट इपिएस प्रणालीमार्फत कामदार लग्दै आएको छ । सन् २००८ मा पहिलोपटक दुई हजार ८१४ जना नेपाली कोरिया गएका थिए । सन् २०२४ मा नौ हजार २८५ जना गएको इपिएस कोरिया शाखाको तथ्यांक छ । नेपालबाट हालसम्म एक लाख २० हजारभन्दा बढी युवाले कोरिया जाने अवसर पाएका शाखाको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP