Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विचार
  • Home
  • विचार
  • स्लाइन पानी !
स्लाइन पानी !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २२, २०८२

हरियो तन्नाले ढाकेको शय्यमा बिरामी छटपटिएर बसेको छ । अइयाऽ आऽथ्यु गर्दै छ । उता टेबलमा सेतो कपडा लगाएका चिकित्सकहरु अरू बिरामीका आफन्तलाई सम्झाउँदै छन् । सानो कागजको चिर्कटोमा पटक-पटक कहिले कुन औषधि, कहिले कुन औषधि खरिद गरेर ल्याउन भन्दै बिरामीलाई खुवाइरहेका छन् । 

चिकित्सकहरुले दिएको औषधिले बिरामीलाई काम गरिरहेको छैन । ऊ कहिले यता फर्कन्छ । कहिले उता फर्कन्छ । उसलाई उपचार गराउन आएका नजिकका मानिसहरु सेतो एप्रोन भिरेका चिकित्सहरुलाई तान्दै ल्याउँदै गरिरहेका छन् । जति चिकित्सक आउँछन्, बिरामीलाई हेर्छन् र कागजको चिर्कटोमा औषधि लेख्ने अनि प्रयोग गरिहाल्छन् ।

बिरामीको अनुहारमा दम छैन । आफन्त र नजिकका मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । उनीहरु बिरामीको पीडालाई कम गर्न भन्दा पनि भेटिहालौं न भन्न उद्देश्यले आएका छन् ।  विचरा, बिरामी दीर्घरोगी भएको छ । जति नै राम्रो चिकित्सकलाई देखाएर उपचार गराए पनि रोग नै पहिचान गर्न नसकेर होला । विभिन्न खाले र विभिन्न देशमा बनेका औषधि पालैपाले प्रयोग गरिरहेका छन् । 

विचरा ! १७ वर्षको उमेरमा बिरामी परेको थियो । ३० वर्षसम्म झारफुक, धामीझाँक्री गर्दागर्दा ४७ वर्षको उमेरमा केही तंग्रिएको जस्तो भएको थियो । चार-पाँच वर्ष अलिअलि तडकभडक गरेर लम्कँदै थियो । फेरि ५२ तिर कानको जाली थर्कन थाल्यो भन्दै थिए बिरामी । 

Hardik health

त्यसपछि कहिले पूर्वबाट त कहिले पश्चिमबाट पालैपालो दायाँ हातबाट त कहिले बायाँ हातबाट स्लाइन चलाउन थालियो । स्लाइन चलाएर पनि नभएपछि कहिले ‘किलो शेरा टु’ को अप्रेसन गरियो । कहिले नाइटभिजनमा रोग पत्ता लगाउने प्रयास गरियो ।

बिरामीको शरीर चिराचिरा पर्न थाल्यो । थरीथरीका सुईले शरीरभरि प्वालै प्वाल ! कहिले युरोपियन, कहिले अमेरिकन पालैपालो डाक्टरहरु आए । बिरामीको सारा परीक्षण गरे अनि फर्किए । बिरामी ठीक हुने अवस्था देखिएन ।

त्यसपछि विदेशबाट पनि एप्रोनधारी अनमिनहरु आएर अस्पताल कब्जा नै जमाएका थिए । तर कसैले नि वास्तविक रोग नै पत्ता लगाउन सकेनन् । बिरामीको उपचार नगर्ने, बरू औषधिको डोजमात्र थप्नेगरी अस्पतालभित्रै आफ्नो अड्डा जमाउन खोजेपछि बल्लबल्ल बिरामीका आफन्तले त्यो एप्रोनधारी अनमिनलाई फिर्ता पठाए ।

बिरामी विचरा स्वदेशी देशी विदेशी विद्धान डाक्टरहरुको प्रयोग बन्यो । उसको शरीरलाई पालैपालो प्रयोगस्थल नै बनाए । थरीथरीका ‘ट्याबलेट’ पनि ख्वाए । तर कुनै पनि ट्याबलेटले काम गर्दै गरे । अस्पतालका काम गरिरहेका कर्मचारीहरु उमेरहद भन्दै ५८ वर्षमा धमाधम पेन्सनसहित घर फर्कंदै थिए । तर विचरो बिरामी, ५८ पछि झन् टेन्सन थपिन थाल्यो । 

बाथरोग, हर्निया, सुगर, प्रेसर के-के हो के-के रोग पनि । मिर्गौलादेखि मुटुका नसामासमेत प्वालै प्वाल परिसकेको डाक्टरका रिपोर्ट आउँथे । बिरामीका आफन्त रिपोर्ट हेर्दै औषधि ख्वाउँदै रित्तिँदै थिए । घरबारी बेचेर उपचार गराउँदा गराउँदै पनि रोग निको हुने छाटकाट देखिएन । 

बिरामीका छोराछोरी, नातिनातिना उपचार खर्च जुटाउने कामको खोजी गर्दै ‘सात समुद्रपारि’ पुग्न थाले । त्यहाँ पुगेर उपचार खर्च जुटाउने र रेमिट्यान्सका रुपमा पठाउन थाले । जति नै पठाए पनि बिरामीको उपचार हम्मेहम्मे नै भयो ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय ‘ट्याबलेट’ले पनि काम नगरेपछि थन्किएर बसेका धामी झाँक्रीहरुको भर पर्न थाले । विचरा, उमेर पाकेर ‘घरले जाऽ जा, वनले आइजाऽ आइजा’ भन्ने बेलाका धामीहरु के पो उफ्रिन सक्थे र ! न ढयांग्रो बजाउन सके । न त बिरामीलाई उठाउन नै सके । बरू छोराछोरी नातिनातिनाले पठाएको रेमिट्यान्सले मिर्गौला फेर्ने, रगत परिवर्तन गर्ने अनेक गर्न थाले । तैपनि बिरामी तंग्रिन सकेन । बिरामी क्रमशः झन्झन् शिथिल हुन थाल्यो । 

उमेर ६२ पुगेर ६३ लाग्दै गर्दा बिरामीलाई फेरि विदेशी डाक्टरहरुले नयाँ ‘ट्यावलेट’ ख्वाउन सल्लाह दिए । सरकारी संविधानसभा अस्पतालमा उपचार हुन थाल्यो । दुईपटक अप्रेसन फेल भयो । बिरामीको अप्रेसन फेल भएपछि बिरामीका आफन्त अस्पतालमै तोडफोड गर्न थाले । अस्पताल तोडफोड गरेर बिरामी निको हुने त हुँदै होइन । तर पनि धेरै वर्षदेखि बिरामी थला परेको पर्‍यै । उपचार गरेको गर्‍यै । अर्बौं सकियो । त्यही कमाउन छोराछोरीले गाउँ छाडे, सहर छाडे, देशै छाडे । कतैबाट केही उपाय लागेन ।

संविधानसभा नाम गरेको अस्पतालमा ६०१ डाक्टरलाई झिकाइयो । बिरामीलाई उपचार गर्न खोजियो । अहँ ! डाक्टरले उपचार नै गर्न सकेनन् । आफू जुन-जुन देशबाट पढेर आएका हुन् उतैका मात्र कुरा गर्न थाले । त्यही भाषामा बिरामीसँग कुरा गर्न थाले । विचरो, सास फेर्न नै हम्मेहम्मे परेको बिरामीले न भाषा बुझ्यो । न भेष नै बुझ्यो । उपचारको त कुरै छाडौं ! बिहान-दिउँसो-बेलुका भन्दै साइज साइजका ‘ट्याबलेट’ पनि खाइ नै रह्यो । 

हुन त उमेर पनि ढल्कँदै गएको थियो । अब बाँच्दिन कि भन्ने बिरामीलाई परेरै होला ७४ बाट सबैलाई अंशबण्डा गरिदिन सुरु गरे । आफूलाई उपचार गर्नेदेखि वास्तै नगरेर छाडेर विदेश भासिएकालाई पनि ७९ सम्म अंश दिए । विदेशीसँग बिहे गरेकालाई पनि स्लाइन ख्वाएरै भए पनि जिम्मेवारी सुम्पिदिए ।

अब त उमेरले पनि नेटो काटिसक्यो बाबु हो । अब उपचार गर्नु पर्दैन, बरु ८४ सम्म गरेर दानपान गरी देहत्याग गर्न पाए हुन्थ्यो भन्दै छोराछोरी नातिनातिनीलाई सम्झाउँदै थिए । जोशिला पोसिला नातिनातिना भएका बिरामीलाई के को चौरासी बयासीमा नै अग्निदहन गरिदिए ।

विदेशमा पढेलेखेका काम गरेका विद्धान भनिएका छोरानातिबाटै अग्निदहनमा परेपछि बिरामी छटपटिरहेको छ । जताततै आगोले पोलेका घाउ नै घाउ छन् । शरीरमा पानी सुकिसकेको छ । त्यही भएर छटपटिरहेको बिरामी त्यही छोराछोरी-नातिनातिनाबाट स्लाइन पानी खोजिरहेको छ ? तर खै को भेटिएला बिरामीलाई स्लाइन पानी दिने ?
 


प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप विचार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी सोमबार, माघ ५, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास आइतबार, माघ ४, २०८२
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति शनिबार, माघ ३, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास शुक्रबार, माघ २, २०८२
सबै समुदायको साझा माघे संक्रान्ति
सबै समुदायको साझा माघे संक्रान्ति बिहीबार, माघ १, २०८२
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP