Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #सम्मान
Search Here
विचार
  • Home
  • विचार
  • बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२
धर्मेन्द्र झा

 

आजको अवस्थामा बिपीको मेलमिलापको भावना अझ सान्दर्भिक देखिन्छ । राष्ट्रिय एकताका लागि विभाजनकारी राजनीति त्यागेर साझा राष्ट्रिय एजेण्डामा सहमति खोज्नु आजको आवश्यकता हो । बिपी कोइरालाको मेलमिलापको नीति इतिहासको एउटा अध्यायमात्र होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शन हो । बढ्दो राजनीतिक र सामाजिक चुनौतीकाबीच बिपीको विचार आत्मसात् गर्दै संवाद, सहिष्णुता र सहकार्यको बाटो अवलम्बन गर्नसके मात्र नेपालले स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सक्छ । 

नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र ध्रुवीकरणको चपेटामा छ । सत्ता–विपक्षबीचको टकराव, राजनीतिक दलहरूभित्रकै आन्तरिक विवाद र समाजमा बढ्दो असहिष्णुताले राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासलाई चुनौती दिइरहेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अघि सारेको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

भारतबाट नेपाल फर्कनु पनि बिपीको रणनीतिगत योजना थियो र त्यो अपरिहार्य थियो भन्नेहरुको मत पनि बलियो छ । त्यति बेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर बिपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस्, यो बहसको फरक विषय हो । इतिहाससँग जोडिएको यस विषयका सम्बन्धमा भविष्यले अनेकथरि धारणा तय गर्ने सम्भावनाहरु जीवित नै रहन्छन् । तर मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्किएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो । यसमा दुई मत हुन सक्दैन ।

Hardik health

सन् १९६८ मा भारत गएका बिपी ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्किएका थिए । बिपी स्वदेश फर्किंदै गर्दा घोषणा गरेको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन पञ्चायती व्यवस्थासँगको सैद्धान्तिक सहकार्य होइन, बरु राष्ट्र र लोकतन्त्र बचाउने दूरदर्शी राजनीतिक सोच थियो । बिपी नेपालबाट जाँदा र फर्कंदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो । बिपीले सधैँ लोकतन्त्र, मानवअधिकार र राष्ट्रिय स्वाधीनतालाई मेलमिलापको केन्द्रमा राखेका थिए । उनको विश्वास थियो, ‘राष्ट्र कमजोर भयो भने लोकतन्त्र टिक्दैन र लोकतन्त्रविना नागरिक स्वतन्त्रता सम्भव हुँदैन ।’

उनी जहिले पनि राजनीतिक द्वन्द्वको अन्त्य संवाद, सहअस्तित्व र सहमतिबाट मात्र सम्भव हुन्छ भन्ने गर्थे । मेलमिलाप भनेको अन्यायसँग सम्झौता होइन, बरु राष्ट्रिय हितका सवालमा सबै शक्तिलाई एउटै मञ्चमा ल्याउने प्रयास हो भन्ने उनको दृढ विश्वास थियो । राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । राजाका रुपमा बेलायतमा उच्च अध्ययन गरेका वीरेन्द्र अवतरित भएका थिए । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । बंगलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । यसै विषयलाई लिएर नेपालमा विद्यार्थी आन्दोलन पनि चर्केको थियो । नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र संघर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिह्न उठाइरहिएको थियो । विश्व असंलग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तो परिस्थितिमा बिपीको नेपाल आगमन भएको थियो, जसले तात्‍िवकरुपमा निकै अर्थ राख्दथ्यो ।

बिपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढंगले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लिखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा बिपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, बिपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ ‘कोर्स’ लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिमा रहेका सम्बद्ध जिम्मेवारसँग पनि उनको दूरी बढिरहेको आकलन त्यसबेला गरिएको थियो । जवाहरलाल नेहरु पुत्री इन्दिरा गान्धी सन् १९७५ को इमरजेन्सीमार्फत निकै शक्तिशाली बनेको चर्चा त्यसबेला थियो । विमान अपहरणको आरोपमा केही व्यक्तिलाई भारत सरकारले पक्राउ गरेको भनिएको थियो । यस्तो अवस्थामा सायद बिपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ र नेपाल फर्केर कमजोर बन्दै गइरहेको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ ढंगले उचाइमा पुर्‍याउनु जरुरी थियो ।

बिपी नेपालका पूर्वप्रधानमन्त्री थिए । नेपाली कांग्रेसका सभापति थिए । यसर्थ उनको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्‍वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई बिपीले रणनीतिकरुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । मेलमिलापको आवश्यकतालाई केलाउँदा राजनीतिक स्थायित्वका लागि मेलमिलाप अपरिहार्य छ । सहमति र सहकार्यविना दीर्घकालीन नीति निर्माण सम्भव छैन ।

लोकतन्त्र सुदृढीकरणका लागि सहिष्णुता र संवादको संस्कृति विकास गर्नुपर्छ । बिपीले भनेझैँ, लोकतन्त्र बहुमतको दम्भ होइन, अल्पमतको सम्मान हो । सामाजिक सद्भावका लागि वर्ग, जात, क्षेत्र र विचारका आधारमा बढ्दै गएको दूरी कम गर्न मेलमिलाप महत्‍वपूर्ण माध्यम बन्न सक्छ । त्यसबेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः बिपीका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए ।

पहिलो, राजा महेन्द्रको अवसान भई राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्छन् भन्ने मानिन्थ्यो । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाइँ अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको संघर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्छ भन्ने बिपीको बुझाइ हुन सक्छ । उनको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजा लक्षित थियो भन्न सकिने आधारहरु प्रशस्त छन् । उनले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि बिपीको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ ।

दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्नु जरुरी रहेको बिपीको बुझाइ हुनसक्छ ।  प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आबद्ध हुन सक्थ्यो । तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली कांग्रेसमाथिको आफ्नो नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो ।

सम्भवतः यी यस्ता आधार थिए जसले बिपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गरेको हुन सक्छ । तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा बिपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो, यसमा विमति हुन सक्दैन । सबैभन्दा महत्‍वपूर्ण कुरा बिपी स्वदेश फर्किएपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो ।

आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन । कांग्रेसले पनि नयाँ उचाइ र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा रहेको असंलग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, छ । बरु हिजोको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्‍वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ ।

देश आज संघीयतामा गएको छ । नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ । हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा मेलमिलापको सान्दर्भिकता बढेर गएको कुरामा दुई मत हुन सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै दुई दशक पुग्न लाग्दा पनि नेपालले राजनीतिक स्थायित्व पाउन सकेको छैन । सरकार गठन-विघटन, दलगत स्वार्थ, विचारभन्दा सत्ताको प्रतिस्पर्धा र सामाजिक सञ्जालमार्फत फैलिने घृणा भाषणले समाजलाई थप विभाजित बनाइरहेको छ । 

यस्तो अवस्थामा बिपीको मेलमिलापको भावना अझ सान्दर्भिक देखिन्छ । राष्ट्रिय एकताका लागि विभाजनकारी राजनीति त्यागेर साझा राष्ट्रिय एजेण्डामा सहमति खोज्नु आजको आवश्यकता हो । बिपी कोइरालाको मेलमिलापको नीति इतिहासको एउटा अध्यायमात्र होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शन हो । बढ्दो राजनीतिक र सामाजिक चुनौतीकाबीच बिपीको विचार आत्मसात् गर्दै संवाद, सहिष्णुता र सहकार्यको बाटो अवलम्बन गर्नसके मात्र नेपालले स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सक्छ  ।

 


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन बुधबार, पुस १६, २०८२
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार  बुधबार, पुस १६, २०८२
म पनि लड्छु ! होइन उठ्छु ।
म पनि लड्छु ! होइन उठ्छु । मंगलबार, पुस १५, २०८२
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार मंगलबार, पुस १५, २०८२
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव सोमबार, पुस १४, २०८२
प्रदेश सरकारलाई बलियो बनाउने आधार
प्रदेश सरकारलाई बलियो बनाउने आधार आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP