Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • काइते भयो घाइते !
काइते भयो घाइते !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२

त्यो मोरो काइते । काम न काजसँग खुलामञ्चमा गयो उफ्रियो । जिन्दावाद र मुर्दावाद भन्दै बदाम खायो फोहोर बनायो अनि फेरि करायो ! यस्तै गर्दा गर्दै काइते माननीय भएछ । अब माननीय भएपछि त सिंहदरबार पनि छ छिर्नुपर्‍यो ।

कहिले खुलामञ्चको छाप्रोमा त कहिले रत्नपार्कको चौतारोमा बसेर दिनभरि बेरोजगारहरुलाई अल्मल्याइरहेको काइते एकैपटक सिंहदरबार छिर्न परेपछि त अलिअलि होसहवास उड्नु ठिकै पनि हो । सिंहदरबार नाममात्र सुनेको काइतेलाई अब सधैंभरि त्यही जानुपर्ने भए पनि इन्तु न चिन्तु त भएकै थियो । किनकि, जनताले माननीय बनाइदिएका छन् । खुलामञ्चमा जे मन लाग्यो त्यो बोलेजस्तो सिंहदरबारभित्र के बोल्न पाइन्थ्यो र !

माननीय भएपछि मर्यादाको पनि ख्याल गर्नुपर्ने ! निकै चिन्ताले सतायो काइतेलाई जे भए पनि काइते सिंहदरबार छिर्नका लागि सबै ढोका खुला थियो । बल्लबल्ल पहिलोपटक सिंहदरबार छिर्न पाएको काइते सिंहदरबारको ढोकैमा बन्दुक ठड्याएर बसेका सिपाहीहरु देखेपछि त अलमलमा पर्‍यो । विचरा सिपाही ड्युटी त हो । काइते अलमलिएको देखेर देब्रे हातमा च्याप्प समातेको बन्दुक माथि जुरुक्क उचालेर कालो छाला जुत्ता पट्काएर सलाम ठोकिदियो । सिपाहीको जुत्ता पड्काइले नै काइतेको शरीर नै सिरिंग बनाएर झट्कायो । विचरा, बन्दुक बोेकको सिपाही त्यत्ति नजिक अहिलेसम्म नपरेकाले डरायो ।

तर मुसुक्क मुस्कुरायो अनि सिंहदरबारभित्र मुसोजस्तै लुसुक्क छिर्‍यो । सिंहदरबारभित्रको रहलपहल सुरक्षा अनि काइते माननीयलाई दिएको सम्मानले उसले त्यो खुलामञ्चको चौरीमा बसेर बदाम खाँदै भाषण ठोकेको अनि आफूलाई सहयोग गरेको सबै बिर्सन थाल्यो ।

Hardik health

काइते सिंहदरबार त छिर्‍यो । तर रत्नपार्क र खुलामञ्चमा बेरोजगार युवाहरुलाई भेला पारेर यो गर्छु र त्यो गर्छु भनेर चुनाउ जितेको काइतेले बोलेको कुरा त सम्झने कुरै भएन । काइतेका दिन फेरिए । उसले भाषण गर्ने खुलामञ्च र रत्नपार्क अनि त्यसको सहारामा जीवन गुजारा गर्नेहरुको जीवन फेरिएको थिएन । रत्नपार्कको एउटो कुनामा स्टोभमा पकाएको चिया र दुनोट खाने उसको बानीमा परिवर्तन भयो । 

काइतेले दरबारमार्गको कफी र टर्कीबाट ल्याएका कुखुराको तारेको साप्रा मन पराउन थाल्यो । रत्नपार्क टुँडिखेल अब चप्पल प्याऽट प्याऽट पड्काउँदै होइन सुविधाको प्राडो र पजेरोमा बानी पर्न थाल्यो । असन र बागबजारको गल्लीभित्रको एक गिलास होइन रसियन भोड्का र अमेरिकन ह्वीस्कीको जिब्रोले साथ लिन थाल्यो । 

काइते हिँड्ने बाटो उही, मान्छे उही । तर मान्छेको व्यवहार फरक, रहनसहन फरक अनि हिँडाइ र बोलाइ फरक हुन थाल्यो । उसले त्यो रत्नपार्क र खुलामञ्च बिर्सियो । खुलामञ्च खुल्लै थियो । कतै तारबार बेरिएको थिएन । सिमेण्टको भत्किएको खम्बाबाट टाउको छिराएर जहाँबाट मन लाग्यो त्यहीबाट छिर्न सकिन्थ्यो । अझ बल देखाउने हो भने माथि चढेर खुत्रुक्क हाम्फाल्न पनि सकिन्थ्यो ।

कालो सिसाको गाडीमा दरबारमार्गमा झानेको टर्कीको मुर्गा र कफी खाएर फर्कंदा जतिसुकै उज्यालो भए पनि उसले रत्नपार्क र खुलामञ्चलाई अँध्यारो देख्न थाल्यो । तर त्यही रत्नपार्क र खुलामञ्च काइतेहरुको पर्खाइमा हजारौं रात, हजारौं दिन कुरि नै रहेका थिए, र छ पनि । बर्र्खे भेल, आँधीहुरी, बारुद, गोली सबैको रङ र भेद खुट्याउने त्यो खुलामञ्च काइतेहरु आउलान् र अझै उफ्री–उफ्री भाषण गर्न दिउँला भनेर मनमनै सोच्दै होला !

सरकारका चित्त नबुझेका कुरा चिच्याइचिच्याइ सुनाउन एउटा थलो बनाइदिएका थिए खुलामञ्च, त्यो तानाशाह राजा महेन्द्रले ! तानाशाह र निरंकुशलाई पनि त जनताको समस्या सुन्न मन हुने रैछ नि ! त्यसैले बनाइदिएका होला है भनेर सैनिक मञ्चले प्रश्न सोध्दै थियो ।

अहिले सैनिक मञ्च र खुलामञ्चमा अन्तर छैन । किनकि, काइतेहरुलाई अब खुलामञ्च चाहिएको पनि छैन ! त्यसैले होला अब सहरबासीलाई आँखाको रमिताका लागि काम लाग्छ ! पहिले पो काठमाडौंबासीको मन फराकिलो थियो । पञ्चायत ढाल्यो, प्रजातन्त्र पनि ढाल्यो, लोकतन्त्रहुँदै गणतन्त्रको जग हल्लाउन थाल्यो । त्यही भएर पनि होला काइतेहरुलाई न त खुलामञ्च चाहिन्छ ? न त रत्नपार्क नै !

स्वार्थैस्वार्थमा विचार र भावना बेच्ने काइतेहरुलाई खुलामञ्च आफैंले साँघुरो बनादिएको छ । त्यही भएर नि होला सहरमा बस्ने हरेकको मन पनि साँघुरो बन्दै गएको छ । कहिले बजार व्यवस्थापनका नाममा, कहिले सुकुम्वासीका नाममा, कहिले भूकम्पका नाममा, कहिले यो वा त्यो नाममा खुलामञ्चलाई साँघुरो बनाइदिए काइतेहरुले !

आफ्नो स्वार्थका लागि काइतेहरुकै कारण न त बागमतीले धित मर्नेगरी बग्न पायो, न त विष्णुमतीले नै । सबैतिरबाट साँघुरो बनाइदिए । ठूलो सहर काठमाडौं खुम्चियो, गल्ली खुम्चिए, छातीजत्रो मुटु भएका मानिसहरुको मुटु खुम्चियो । वैरभाव र विचारविहीन हुन थालेपछि काइतेहरुका कारण सहरबासीको मुटुका भल्व पनि साँघुरियो । 

अहिले खुलामञ्च हाँसिरहेको छ । ङिच्च दाँत देखाएर काइतेहरुलाई घाइते बनाइरहेको छ ! खुच्चिङऽ खुच्चिङ अब भेउ पाउलास् । मेरो छातीमा आएर उफ्री-उफ्री तीन बित्ता उफ्रिएर बोल्थिस् । आफूलाई रैती मान्दिन भन्दै कोकोहोलो मच्याउँथिस् । अब त जुत्ता नबिकेपछि बिकोस् भनेर ठूलो ढ्वांग्रोमा सस्तोमाऽ सस्तोमा भनेर कराएजस्तै आफ्नो हैसियत देखाउन त्यही ठाउँमा पुगिस् ! चिल्लो गाडीमा टर्कीको कुखुराको साप्रा र कफी हसुरेर कुरुप बनिरहेको बसपार्कको टावरको छेउमा सवारी जाममा परेको काइतेलाई खुलामञ्चले जिस्काइरहेको थियो ।

ओइ काइते, देखिस् ? मेरो मान र मर्यादालाई जोगाउन नसक्दा नबिकेको जुत्ता बिकाउन ठाउँमा पुगेर फलाक्न पुगिस् नि ? बल्ल तेरो दिमाग भइराको छ घाइते, तँलाई काइते ! खुलामञ्च चिच्याउँदै थियो । तेरो हिम्मत छ भनेर एकपटक मलाई फर्किएर हेर त ! तानाशाह निरंकुश शासकले तँलाई चिच्याउन, कराउन बनाइदिएको ठाउँ हो म । कति आनन्दले सुखभोग गरिरहेको छु । जति सुखभोग तैँले गरिस् गरिस् अब सुखभोग गर्ने पालो मेरो ! कि कसो घाइते काइते ?
 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP