Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन
७७ सिडिओ खारेज गरेर प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगएसम्म जेन–जीको माग पुरा हुँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलक्षित घोषणापत्र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सार्वजनिक गरेको छ । यो दलले अहिलेको सात प्रदेशको खाकालाई मान्दैन । प्रदेशहरूको नामाकरण पहिचानको आधारमा नभएको भन्दै अस्वीकार पनि गर्दै आएको छ । 

खासमा यो दलले अरुण–सभा खोला पूर्वको भुभागलाई स्वायत्त लिम्बुवान प्रदेश बनाउन चाहन्छ । त्यसपछि किरात–खम्बुवान हुँदै शेर्पालुङ, तामाङसालिङ, नेवाः, तमुवान मगरात, खसान, मधेश र गैरभौगोलिक प्रदेशका रूपमा दलित मुक्ति प्रदेश हुनुपर्ने भन्दै प्रदेशहरूको खाका नै कोरेको छ । यही दलका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’सँग चुनाव, लिम्बुवान आन्दोलनलगायत मुद्दामा प्रभाव दैनिकका लागि जेबी योञ्जनले गरेको संवाद :
 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई निर्वाचन कति छिटो लाग्यो ? घोषणापत्र नै सार्वजनिक गरिसक्नु भएछ । 

नेपालमा संघीयता के हो ? विश्वको कहाँ कहाँ संघीय देशहरू छन् ? अनि पुँजीवाद, साम्यवादबाहेकको अस्तित्ववादी धाराहरू, सहअस्तित्ववादी दर्शनहरू र संघीयतासम्बन्धी एकदमै सीमित पुस्तकहरू र पत्रपत्रिका पाइन्छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पहिलेदेखि नै संघीयता र सहअस्तित्ववादको बारेमा एकदमै बहस, छलफल चलाइरहेको दल हुनाले यो फागुन २१ गतेको निर्वाचनमा एउटा अध्ययन सामग्री पनि होस्, संघीयताको विश्वमा कहाँ कहाँ अभ्यास भइरहेका छन् ? सहअस्तित्ववाद भनेको चाहिँ के हो ? पुँजीवाद र साम्यवाद किन फेल भए ? जेन–जी आन्दोलनको पछाडिको दार्शनिक धरातल के हो ? यो उत्तरआधुनिकवादमा डेरिडाको डिकन्स्ट्रक्सनले कसरी काम गरिरहेको छ ? यसको बारेमा एक तहमा छलफल त हुनुपर्‍ यो भनेर हामीले समयमै अध्ययन सामग्री होस् भनेर घोषणापत्र सार्वजनिक गरेका हौँ । यसलाई प्रकाशन गरेर प्रधानमन्त्रीज्यूको हातमा पनि पुर्‍याइसक्यौँ ।


प्रधानमन्त्री सुशीला कार्कीले के भन्नुभयो ?

तपाईं त अरु दलभन्दा पहिल्यै निर्वाचन घोषणापत्र सार्वजनिक गरेर घुमि सक्नु भएछ भनेर बधाई दिनुभयो । त्यो निर्वाचनबारे दलहरूसँग छलफल गर्न बोलाइएको बैठक थियो र अन्तिममा ‘सेवारो’ भनेर उहाँ बिदा हुनुभयो ।  मैले बैठकमा कुरा राख्दाखेरी सेवारो भनेको थिएँ । हाम्रो लिम्बुवानको त प्रमुख अभिवादन सेवारो हो । अनि उहाँ (प्रधानमन्त्री कार्की)ले पनि जोडले सेवारो भन्दा सबै अध्यक्षहरूले मलाई हेर्नुभयो ।
।

Hardik health

प्रधानमन्त्रीले ‘सेवारो’ भनेर तपाईंहरूले पनि अब निर्वाचनमा सहयोग गर्नुपर्‍ यो, निर्वाचनमा जाऔँ, साथ चाहियो भन्ने सन्देश प्रवाह गर्नुभएको जस्तो लाग्दैन ?


हुन सक्छ । निर्वाचनबारे हामी त एकदम सकारात्मक छौँ । सिंगो जेन–जी आन्दोलनप्रति अत्यन्तै सकारात्मक छौँ । प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि यो कुरा राख्यौँ । यसबाहेक कम्तिमा एक सय २५ वटा दलबाट प्रधानमन्त्रीज्यूले धेरै होइन, एक पेजको धारणा माग्नुहोस् ता कि जेन–जी आन्दोलन किन भयो, कारण माग्नुहोस् । अनि त थाहा भइहाल्छ नि, समाधान पनि आउँछ । त्यसका लागि गोलमेच बोलाउनुहोस् । त्यसबाट एउटा साझा धारणा निर्माण गरौँ अनि त्यसपछि निर्वाचनमा जाँदा त्यो स्थायी हुन्छ भनेँ । 

हिजोसम्म संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि ११ प्रान्त अनि संसदीय व्यवस्था भन्थ्यो । तर, यत्रो खुन बगिसकेपछि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई स्वीकार्‍ यौँ । जेन–जीको मागअनुसार घोषणापत्र सार्वजनिक गरेर प्रत्यक्ष राष्ट्रपतिमा जानुपर्छ भन्ने मञ्च पहिलो दल होला सायद । 


उसो भए प्रधानमन्त्री कार्यकारी हुने अहिलेको संसदीय प्रणालीको औचित्य रहेन अब ? 

होइन, कार्यकारी त अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । त्यतिखेर हाम्रो प्रस्तावअनुसार राष्ट्रपति कार्यकारी हुन्छ, जनताबाट निवार्चित भएर आउँछन् । 

  • स्वाभाविक रूपमा कम्युनिस्ट देशहरू चीनसँग नजिक हुने हुन् । स्वाभाविक रूपमा पुजीवादी देशहरू अमेरिका या भारत सँग नजिक हुने हुन् । तर, नेपाल त्यसरी बच्छ त ? बच्दैन 
  • हिजोसम्म संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि ११ प्रान्त अनि संसदीय व्यवस्था भन्थ्यो । तर, यत्रो खुन बगिसकेपछि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई स्वीकार्‍यौँ 
  • एक भइसकेको नेपालमा एउटा निर्वाचन क्षेत्र मानेर प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन गर्न किन डराउनु ? यो सारा नेपाललाई हाम्रो प्रश्न हो । त्यसले गर्दा जेन–जीको माग सम्बोधन गर्न पनि ११ प्रदेश कायम हुनुपर्छ 


किन राष्ट्रपति प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ ?

एमाले–कांग्रेसजस्ता ठूला दलहरू प्रत्यक्ष राष्ट्रपतिदेखि डराएका छन् । हामीले एकदम कडा तर्क दिएका छौँ कि तपाईंहरू पृथ्वीनारायण शाहले नेपाल एक गर्‍ यो भनेर भ्यागुताजस्तो फुलिने ? एक नेपाल भन्ने ? एक नेपाली भाषी भन्ने ? अनि, नेपाललाई एउटा निर्वाचन क्षेत्र बनाएर प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन गराउन चाहिँ किन डराउने ?

कांग्रेस किन डराएको हो ? एमाले किन डराएको हो ? जबकि भन्न चाहिँ नेपाल एक बनाएको पृथ्वीनारायण शाहले भन्ने, सारा मिडिया र बौद्धिक जगतले नेपाल एक हो भन्ने । तर, एक भइसकेको नेपालमा एउटा निर्वाचन क्षेत्र मानेर प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन गर्न किन डराउनु ? यो सारा नेपाललाई हाम्रो प्रश्न हो । त्यसले गर्दा जेन–जीको माग सम्बोधन गर्न पनि ११ प्रदेश कायम हुनुपर्छ । ७७ जना सिडिओ खारेज हुनुपर्छ र प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । हाम्रो तर्कको विरुद्धमा को तर्क गर्न आउँदो रहेछ ? म काठमाडौँमा विरोधी तर्क गर्नेलाई खोज्न पनि आएको हुँ अहिले चाहिँ ।


यो त शासकीय प्रणालीको कुरा भयो । घोषणापत्रमार्फत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नेपाल निर्माणको मार्गचित्र कस्तो बनायो ? 

अहिले नेपालमा हरेक लेखमा र हरेक नेताको भाषणमा एउटा कुरा आउँछ, त्यो हो- नेपाल भूराजनीतिमा फस्यो । अर्थात् जिओपोलिटिक्समा फस्यो । त्यसबारे पनि घोषणापत्रमा हामीले चर्चा गर्‍ यौँ । खासमा जिओपोलिटिक्स र ग्लोबल पोलिटिक्स अलग कुरा हो, जब जिओपोलिटिक्स र ग्लोबल पोलिटिक्सलाई मिसाइन्छ, देशै झ्वाम हुन्छ, जस्तै: एमाले भनेको चाहिँ ग्लोबल पोलिटिक्स हो । कांग्रेसको पुँजीवाद भनेको पनि ग्लोबल पोलिटिक्स हो । तर, नेपाललाई कसरी बचाउने भन्ने चाहिँ जिओपोलिटिक्स हो । त्यो ग्लोबल पोलिटिक्स चाहिँ जिओपोलिटिक्समा रिफ्लेक्ट हुनु हुँदैन । 

स्वाभाविक रूपमा कम्युनिस्ट देशहरू चीनसँग नजिक हुने हुन् । स्वाभाविक रूपमा पुजीवादी देशहरू अमेरिका या भारत सँग नजिक हुने हुन् । तर, नेपाल त्यसरी बच्छ त ? बच्दैन । यसको बारेमा पूरा बहस हुनुपर्छ । के माक्र्सवादले नेपाल बचाउँछ त ? पँुजीवादले बचाउँछ त ? त्यो त जिओपोलिटिक्समा फसिहाल्छ नि । यहाँ त साम्यवाद न पुँजीवाद । यहाँ त सहअस्तित्ववाद लागू हुनुपर्छ भनेर घोषणापत्रमा एकदमै गहिरो छलफल गरेका छौँ । 

अब ओलीले के सोच्नुहुन्छ ? कि मेरो विरुद्धमा विद्रोह हो ? होइन । यो युगको बारेमा युगको विद्रोह हो । आजभन्दा २० वर्ष अगाडि नै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले अब पोस्टमोडर्निजम लागू भयो है भनेर ठूल्ठूला किताब लेखेका छन् । अब यहाँ डेरिडाको डिकन्स्ट्रक्सन अर्थात् विसंगतिवाद लाग्छ है भनेर २०-३० वर्ष अगाडिदेखि कुरा भइरहेको छ । त्यसकारणले यो ओलीको विरुद्धमा कोहि विदेशी शक्ति उठेको पनि होइन मेरो विचारमा । तर, युगको विरुद्ध युगको विद्रोह भयो । त्यो भनेको नेपालमा उत्तरआधुनिकवाद लागू भयो । 

उत्तरआधुनिकवादमा केन्द्र ढलेर बहुकेन्द्रहरू जन्मिन्छन् । त्यो भनेको प्रदेशहरू निर्माण हुन्छन् र प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनैपर्छ । 


खासमा निर्वाचन घोषणापत्रमा त राजनीतिक दर्शनभन्दा पनि आउनुपर्ने भनेको पाँच वर्षमा देशलाई समृद्ध र विकसित बनाउन के के गर्ने ? त्यो पो आउनुपर्ने होइन र ? केही पनि छैन त ।

यहाँ (घोषणापत्रमा) त्यो भन्दा ठूलो सवाल छ । जस्तै ः पछिल्लो जेन–जी विद्रोह हेरौँ । एमाले र तत्कालीन प्रधानमन्त्रीको तर्क के छ भने प्रधानमन्त्रीले गोली हान भन्दाखेरि चुपचाप सेना पुलिसले हान्नुपर्ने हो । कार्यकारी प्रधानमन्त्री हुँदा त्यो हुनुपर्ने हो । तर, आर्मीको तर्क के छ भने त्यसरी गोली हानेको भए २४ गते त कम्तिमा ५ देखि १० हजार मान्छे मर्थे । यी दुईवटा तर्कबीचको द्वन्द्वले यी सबै कुरा भए । देशै तहसनहस भएर खर्बौ डुब्यो । त्यसकारणले पहिले त शासकीय प्रणालीबारे बौद्धिक बहस गर्नुपर्छ । 

उसो भए देश विकास र समृद्धिको विषय घोषणापत्रमा आउनु भन्दा पहिले शासकीय प्रणालीबारे बहस आवश्यक हो त ? 

एकदम । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भनिएको छ, हामीले एकात्मकरण गरेको भनेका छौँ । पृथ्वीनारायण शाहको पालादेखि नै जे जे हुँदै आए, एकपटक व्यापक बहस हुनुपर्छ । यहाँ केन्द्र सरकार ढल्दा प्रदेश १ सरकार काम गर्दै थियो । अरु प्रदेश काम गर्दै थिए । यत्रो केन्द्र सरकार ढल्दा सत्ता छ्याप्पै त सुकेन । त्यो त संघीयताको योगदान हो नि । किनभने सातवटा प्रदेशले काम गर्दै गयो । 

म अघिको कुरासँग जोड्छु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचानसहितको ११ प्रदेश (लिम्बुवानदेखि खसानसम्म) लागू हुने हो भने केन्द्रमा एटम बम खस्दा पनि नेपाल हल्लिने छैन । संघीयताले देशको आन्तरिक र बाह्य सुरक्षा मजबुत पार्छ । उत्तर–दक्षिण, पूर्व–पश्चिमबाट जुन भूराजनीतिक खेल खेलिँदै छ नि, त्यो खेलसँग टक्कर गर्नका लागि भए पनि यहाँ सहअस्तित्वाद लागू गर्नुपर्‍यो ।

त्यो भनेको यहाँ बाहुनले पनि तामाङको अस्तित्व स्वीकार्नुपर्‍ यो । तामाङले लिम्बूको, लिम्बूले राईको, राईले क्षेत्रीको र क्षेत्रीले दलित समुदायको अस्तित्व स्वीकार्नुपर्छ । मधेसी र थारुको अस्तित्व स्वीकार्नुपर्‍ यो । सबै समुदायले एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै नेपाल अब एक भएर अगाडि बढ्छ, त्यो दिन नेपाल यति बलियो हुन्छ कि एक सयवटा एटम बम हान्दा पनि नेपाल केही हुँदैन । त्यो सहअस्तित्ववादी दर्शन चाहिँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बोकेको छ । 


तर, सहअस्तित्ववादी तपाईंको दलले चुनाव जित्ने हैसियत नै राख्दैन त ? 

एमालेले जितेर के भयो त ? कांग्रेसले जित्यो के भयो ? उनीहरूकै पालामा खर्बौं खर्ब देश लुटियो । देशको हालत यस्तो छ । मैले जेन–जी विद्रोहकै कुरा जोड्छु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भन्छ कि यो ओली र प्रचण्डको मात्रै असफलता होइन । शेरबहादुर देउवाको मात्रै असफलता होइन । यो त पुँजीवादको असफलता हो । साम्यवादको असफलता हो । राजावाद अर्थात् भाग्यवाद, जसलाई सामन्तवाद भन्छौँ, त्यो त सिद्धिनै सक्यो ।म जेन–जीलाई सलाम गर्छु कि उनीहरूले पछाडि फर्किन मानेनन् । कोशीलाई प्रदेश १ भने । 

जे होस्, निर्वाचन २१ फागुनमै भए तपाईंको दललाई जनताले भोट दिन्छन् त ?

जनताका आफ्नै खालका सुख दुःखहरू छन् । आफ्नै किसिमको माइन्डसेट छ । तर जनताले त्यो सोचेको छ भन्दैमा हामी अगुवा, अभियन्ता, दार्शनिक, चिन्तक, लेखक, कवि, कलाकार पत्रकारहरूले सही कुरा नभन्ने होइन, भन्दै जानुपर्छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सहि कुरा भन्दै जान्छ । गलत कुरा गरेर जनतालाई भ्रममा राखेर निर्वाचन जित्नुको पनि कुनै अर्थ हुदैन ।

तर, यसपटक हामीले जनतामाझ समयमै कुरा लगिरहेका छौँ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको घोषणापत्र धेरै मान्छेले पढिसके । खासगरी पहिचानपक्षधर दलहरूले पढिसके । कतिले मंगोलवाद, उज्यालोवाद, स्वदेशवाद, लिम्बुवानवाद भनिरहेका छन् तर विश्वमा तीनवटा मात्रै दर्शन छ, पुँजीवाद, साम्यवाद र अस्तित्ववाद । यो अस्तित्ववादले पुँजीवाद र साम्यवादलाई फेल गराइसक्यो ।

तर, तपाईंको दल निर्वाचन अगाडि फुटेर ध्वस्तै भइसक्यो त ?

फुटेको हाम्रो मात्रै होइन । फेरि, अहिले संक्रमणकाल छ । अहिले कांग्रेसकै हेर्नुहोस्, महाधिवेशनमा कस्तो हुन आँटिरहेको छ ? एमालेकै हेर्नुहोस्, के भइरहेको छ ?


कांग्रेस–एमाले त फुटेका छैनन् नि ?

त्यो दिन आउँदै छ नि त

घोषणापत्रमा १० प्लस १ प्रदेशको खाका जसरी अगाडि ल्याउनु भएको छ, त्यो त चुनावमा दुई तिहाइ बहुमत ल्याएर वा जुटाएर कार्यान्वयन गर्ने होला । तर, चुनाव जित्न नसक्ने अवस्थाबाट कसरी सम्भव हुन्छ ? 


न्युटनको चालसम्बन्धी तेस्रो नियमले के भन्छ भने प्रत्येक ठाउँमा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ । अब मधेसवादी दल किन फुट्यो ? लिम्बुवानवादी किन फुट्यो र माओवादीहरू किन फुटे ? भन्दा माओवादीले प्रहार गर्‍यो नि त सत्तालाई । उसले सत्तालाई प्रहार गर्दा सत्ताले पनि उसलाई प्रहार गर्‍यो । माओवादीले एकचोटी यो सत्तालाई भयङ्कर प्रहार गरेको हो नि ।

अब ०६२ साल मंसिर २६ गते पार्टी स्थापना भएदेखि आजसम्म लिम्बुवान त सत्तासँग त लडेकोलडेकै छ । मनिल तामाङ, राजकुमार आङ्देम्बे, लाजेहाङ, विजय, विवेक हाम्रै पार्टीबाट शहीद हुनुभयो । कति घाइते हुनुभयो । नो केबुलकार भन्यो, नो कोशी भन्यो ? भाषा आन्दोलनहरू भए, त्यसकै कारण पहिलो पाँच वर्ष रोक्नुपर्ने भयो नामांकन । 

अनि, मधेस आन्दोलनका शक्तिहरू पनि धेरै फुटे । किनभने मधेसले पनि भयङ्कर प्रहार गर्‍यो नि सत्तालाई । उसले प्रहार गर्दा सत्ताले पनि यता प्रहार गर्‍ यो । लिम्बुवानले पनि प्रहार गर्दा सत्ताले प्रहार गर्‍ यो । अब बल्ल जेन–जी विद्रोहपछि एमाले–कांग्रेस पनि विपक्षी दलमा पुगे ।अब उनीहरूले पनि सत्तासँग जुझ्नुपर्ने हुन्छ र उनीहरूमा पनि फुट्ने क्रम सुरु हुन्छ । हामीले चाहिँ त्यो फुट्ने टुट्ने क्रम पार गरिसक्यौँ । अब हाम्रो चाहिँ जुट्ने क्रम हुन्छ । 

लिम्बुवान आन्दोलनको मूल शक्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नै हो । तर, छिन्नभिन्न अवस्थामा छ । कुनैबेला सञ्जुहाङ पालुङवा, वीर नेम्बाङलगायत नेताहरू तपाईंसँगै हुनुहुन्थ्यो, अहिले हुनहुन्न । यद्यपि, तपाईंले घोषणापत्रमै भन्नुभएको छ कि अब निर्णायक आन्दोलन गर्छौं । कसरी हुन्छ ? 

उहाँहरू नै सबै नेता होइनन् । म नै सबै नेता होइन ।

लिम्बुवान पार्टीबाट अलगथलग भएका नेताहरूले त कुमार लिङ्देनमा भएको अहंकार र दम्भले लिम्बुवान पार्टी सिद्धियो, आन्दोलन सिद्धियो भन्ने आरोप लगाए नि ? 


त्यो गलत हो । कुमार लिङ्देन उमेरमा पनि उहाँहरूभन्दा कान्छो । मैले मभन्दा सिनियर नेताहरूसँग अहंकार गरेँ भन्नु त्यो नसुहाउँदिलो कुरा हो । तर, के हो भन्दा लिम्बुवान मात्रै होइन, सिंगो आदिवासी, दलित आन्दोलन अलिकति आँधी ल्याउने र त्यहीँ अल्मलिने खालको भयो । तर, कुमार लिङ्देनले के गर्‍यो भने आन्दोलनलाई त्यहीँ मात्रै रहन दिएन । राष्ट्रिय एजेन्डा बनायो । यो आन्दोनलाई एक दिन पार लगाउँछु । त्यसको लागि मैले कठोर निर्णय गरेर जानुपर्छ ।


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी शुक्रबार, माघ २३, २०८२
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’ शुक्रबार, माघ २३, २०८२
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’ आइतबार, माघ ११, २०८२
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP