Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • मैमत्त महारानी !
मैमत्त महारानी !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

अहंकारले मैमत्त महारानी ! मैले जस्तो जानेको र बुझेको कसैले पनि छैन । तर छेउटुप्पो केही पनि थाहा छैन ! यो पनि हो जस्तो लाग्ने, त्यो पनि ठ्याक्कै मिलेजस्तो लाग्ने । त्यही भएर पनि महारानीमा मैमत्ताको भूत सवार भएको छ ।

सायद म कसरी बलवान् भएँ भन्ने कुराको पनि होस गुमिसकेको हुनुपर्छ । म के थिएँ र अहिले के छु भन्ने कुरा पनि त्यही मैमत्ताले त ‘खलास’ बनाइदिइसकेको छ । ‘भेज’ लाई ‘ननभेज’ को झोल मिसाइदिएपछि केही न केही गडबड त भई नै हाल्छ । क्रमशः हप्तौं त्यसै गरिदिने हो भने ‘ननभेज’ भइसक्छ, विचरा ! पत्तै पाउँदैन । सायद ‘ननभेज’ भइसकेकाले पनि होला महारानीमा भगवान् देब्रे हात परेको छ । समय बलवान् भयो । ‘... देशमा ...तन्नेरी’ भनेजस्तै । कम्तीमा हिंग नभए पनि हिंग बाँधेको टालो छ भन्ने भाष्य पनि महारानीले ओकल्नै सक्नु भएन । अरुले चोरी औंलाले देखाइदिएको बाटोबाट हिँड्न थालेपछि अलि परसम्म त पुग्न सकिन्छ तर गन्तव्यमा कहाँ पुगिएला र ?  

तर भाग्यले साथ दिएपछि कसको बाउको के लाग्छ र ! गन्तव्य नजिकै पुग्न सकिन्छ । ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’ भनेजस्तै । साम्यवाद भन्नेले द्धारे, हुक्के, चुलेको वरपरभन्दा बाहिर निस्कन सकेनन् । खुकुरीको धारमा टेकेर हिँड्नेले पनि दृष्टिभ्रम बनाइदिएपछि महारानीहरु मैमत्त हुनु कुन ठूलो कुरा भयो ? जन्मँदै महारानी हुनेको पनि अन्तिममा गति देखियो त ! धेरै फुरफुर गर्नु हुन्न भन्थे उसबेला बूढापाकाले । मुखबाट जे बोलिन्छ मनभित्रबाट गर्ने पनि त्यही हो नि, होइन र महारानी ?

‘आइस्योस्’, ‘खाइस्योस्’, ‘भनिबक्स्योस्’... खोज्या होला । सबैको ओठमा त्यो कहाँ आउला र ? भुइँमान्छेहरुको संगतमा लागेर, साँइदुवा ठेट्नाहरुको लतमा फसेपछि त कुरो सक्किगो । महाराजलाई नढाँटिबक्स्योस् न महारानी ! हुक्केले पक्कै भनेकै हुनुपर्छ । पर्दा पछाडिको पात्र धेरै बलियो हुन्छ । त्यो हुक्के त्यही पर्दा पछाडिको पात्र हो भन्ने कुरा त महारानीलाई थाहै थियो ।  आँखा चिम्म गरेर निदाएको भान गरिरहँदा कहिलेकाहीँ गोरुको चोट सहनुपर्छ है महारानी । द्धारेको पनि त कुरो सही थियो । भाइभारदारहरुले मौका मिल्दा सबै धोती खोलिदिन्छन् नि ! इतिहासले देखाएको छ । दरबारमा तरबार चलाउनु पनि त राम्रो होइन नि होइन र महारानी ?

Hardik health

हुन त भैपरी आउँदा कहिलेकाहीँ सिस्नोको पोलाइ पनि मिठै हुन्छ । दरबार खरानी हुँदा पनि ताली ठोक्दा रमाइलै मान्नुपर्छ । दरबार जलिरहँदा घिन्ताङ घिन्ताङ मादलुको तालमा कम्मर मर्काइमर्काइ रमाउँदा भित्रै महाराज खरानी भएको पत्तै नपाउने महारानीको के दोष हुन्छ ? महारानी महाराजलाई त्यही आगोको झिल्कोमा खरानी बनाउने योजनामै हुनुहुन्थ्यो त । सायद महाराजले मैमत्त र उन्मत्त महारानीको भेउ नै पाउनुभएन । महारानीले जसरी ताली बजायो त्यसैमा रमायो । जसो अह्रायो त्यसै गरायो । त्यही भएर महाराज दरबारमा दन्किएको आगोमा आफैं पर्नुभो । महारानीलाई के भो ?

महाराज–महारानीलाई अपुतालीमा आइपरेको हो ! ऊ खुस्किनु र फुस्किनुमा कुनै सन्देह नै छैन । बरु दंग छ । महारानीलाई ‘ननभेज’ बनाइदिइसकेका छन् । जेन–जी जस्तै । पाइलापाइला विद्रोहको विरुद्धका प्रमाणहरु छन् । जसरी महाराजको अस्तित्व खरानी भयो । त्यसरी नै महारानी पनि खरानी हुने छिन् । पद, शक्ति, पैसा र नारीको रुप सधैं टिकिरहँदैन । एउटा समयमा सबै जेन–जी हुन्छन् । जोश हुन्छ, हुँकार आउँछ । त्यही हुँकारका तररऽरऽर ताली पनि आउँछ ।

उल्टो बाटो हिँड्दै गर्दा  तररऽरऽर ताली बज्छ अनि वआ मै पो हुँ त ‘सुपर पावर’ भन्ने मस्तिष्कले सोचेपछि पलायन त सत्य नै हो । त्यही सत्यले मैमत्त महारानीलाई उन्मत्त बनाएर ढुंगामा पछार्छ । ओहो ! कठैबर ! महारानीको यो अवस्था ! चुँऽचुँऽ गर्नेबाहेक को नै हुन्छ र ? जित सधैं सत्यको हुन्छ । ढिलो हुन्छ तर परिणाम उत्कृष्ट हुन्छ । मैमत्त महारानीलाई महाराजको गतिले उन्मत्त बनाउन खोज्छ । आखिर अपुतालीको जो कुरा छ ! सारीको सप्कोले लाज ढाक्न खोजेर कहाँ ढाकिन्छ र ? नाइटैमा फुली लगाएर पारदर्शी ब्लाउज देखाइदिएपछि !
द्धारेले स्वाद त लिएका होला । भाइभारदारहरु कहाँ खुसी देखिएका छन् र ? भैगो, महारानी नकुरा गरौं भन्दै पन्छिन खोज्छन् । उहाँ महारानी महाराजसँगै दरबार त खरानी भयो तर महारानीको सौन्दर्यमा आएको रापले खै कहाँ–कहाँ के–के पो हुने हो !

महाराज त खरानी भए । अपुतालीमा आएको ‘महारानी’ सम्हाल्न पो धौधौ हुने हो कि ? सिलावरको डेक्चीमा पकाएर पातमा खाएको नजरअन्दाज कहिले हुनेहोला र ? महारानीको मैमत्त स्वभावले कुन दरबार पो गर्वित भएको होला र ? उही आसेपासे, हुक्के, द्धारेबाहेक... ।  ‘आखिर रहेछ श्रीकृष्ण एक’ भनेजस्तै ती द्रोपदीले के नै पो बिगार गरेकी थिइन् र दुर्योधनहरुको पञ्जामा पर्नु परेको थियो ? ‘भेज’ महारानीलाई ‘ननभेज’ त उही द्धारे, हुक्के र भाइभारदारहरुले नै बनाएका होलान् ।

रिसानी माफ पाऊँ महारानी ! हजुरको मैमत्ताले भुइँ छाड्यो । डोली, पालकी, बग्गीले केही नलाग्ने भो । जसको पसिना र रगतबाट महारानी बन्नुभयो नि त्यसैको आँसुले सराप्ने भो । घर जल्यो, दरबार जल्यो, धेरैका मन जले तर पनि महारानीको मैमत्त जल्नै सकेन । काखका छोराछोरीले घर छाडे, ती कहिले फर्केलान् ? यस्तो मौनतामा पनि त्यही मैमत्तमा उन्मत्त भएर महारानीको उन्माद किन बढिरहेको छ । कहिलेसम्म उन्मत्त भएर बसिरहने हो र ?
जलेको दरबारको खरानी कसले टकटक्याउँला ? रगतले लिपिएका बलेसीमा कसले फेरि पुरानै गोबर माटोले पोतिदेला । छियाछिया परेको घरमा कसले कमेरोले पोतेर उज्यालो बनाउँला ? अब पनि महारानी मैमत्त बनिरहने ?
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP