Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विचार
  • Home
  • विचार
  • आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
आयुर्वेदको संरक्षण र समृद्धितर्फ नेपालको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०८२
डा. श्यामबाबु यादव

 

नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति आयुर्वेदको सर्वांगीण विकास जरुरी हुन्छ । आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत आयुर्वेद सेवा प्रवाहको अभावले पनि सेवाको प्रभावकारिता र पहुँचमा बाधा पुर्‍याएको छ । कलेज तथा विश्वविद्यालयहरूमा आयुर्वेद शिक्षाको मानकीकरण अभाव, विदेशी देशहरूमा जस्तै आयुर्वेद क्षेत्रमा व्यवस्थित बजेट विनियोजन, अनुसन्धान संगठनहरूको सक्रियता र जनशक्ति विकासका लागि नीति निर्माणले नेपालमा दिर्घकालीन सुधार ल्याउन आवश्यक छ ।

आयुर्वेदमा स्वास्थ्य र औषधिको देवता भगवान् धन्वन्तरीको जन्म जयन्तीको रूपमा कात्तिक कृष्ण त्रयोदशी तिथिमा धन्वन्तरी दिवस मनाइन्छ । धन्वन्तरी भगवान्ले प्रकृतिमा नै रहेका जडीबुटीबाट समस्त मानव जीवनको स्वास्थ्यको रक्षा गरी मनुष्य जीवनको उद्धार गरेको हुनाले यस दिनलाई वैध, कविराज आयुर्वेदाचार्यहरुले धन्वन्तरी भगवान्को सम्झनामा विविध कार्यक्रम गरी मनाउने चलन रहेको छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ ।

वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापकको रुपमा लिने गरिन्छ । आरोग्य प्रदानका लागि समुद्र मन्थनमा अमृत कलश बोकी संसारमा अवतरित धन्वन्तरीलाई सम्मान गर्ने धार्मिक, सांस्कृतिक तथा स्वास्थ्य जागरुकताको यो दिवस एक महत्‍वपूर्ण अवसर हो । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्संकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।

Hardik health

प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको विशेष महŒव रहेको छ । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात् कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान् धन्वन्तरीको विशेष पूजा हुन्छ । यो दिन धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा वि.सं. २०५६ देखि मनाउन थालिएको हो । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती ‘आरोग्यताको आधार ! योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नाराका साथ मनाउन नेपाल आयुर्वेद चिकित्सक संघले देशभरिका आयुर्वेद स्वास्थ्य संस्थाहरुलाई आह्वान पनि गरेको छ । एक उपचार पद्धतिमात्र नभई आयुर्वेद सम्पूर्ण जीवनशैलीको विज्ञान भएको हुँदा यस दिनलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाउने व्यवस्था गरिएको छ, जसले आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गर्ने भव्य लक्ष्यको प्रतिबद्धता देखाउँछ । यसले हाम्रो प्राचीन चिकित्सा ज्ञानलाई संरक्षण गर्नेमात्र नभई वर्तमान एवं भविष्यका स्वास्थ्य चुनौतीहरूको सामना गर्न यसको वैज्ञानिक प्रवद्र्धन तथा आधुनिकीकरणमा जोड दिन्छ ।

आयुर्वेद एक समग्र जीवन विज्ञान हो, जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्न शारीरिक र मानसिक तत्वहरूको सन्तुलनको सिद्धान्तमा आधारित चिकित्सा पद्धति प्रदान गर्दछ । आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसारको आहार, जीवनशैली, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारलाई समायोजन गरी दीर्घायु र रोगमुक्त जीवन प्रदान गर्छ । यसले निवारणात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य दृष्टिकोणलाई विशेष महŒव दिन्छ, जसले आजका जटिल, जीवनशैली आधारित रोगहरूको उपचारमा पनि प्रभावकारी भूमिका खेल्न सक्छ । आयुर्वेदको यो समग्रता विश्व स्वास्थ्य संगठनलेसमेत संरक्षणयोग्य परम्परागत चिकित्सा प्रणालीको रूपमा मान्यता दिइसकेको छ ।

नेपालका भौगोलिक र जैविक विशेषताहरू आयुर्वेद सेवाका लागि अतिआधारभूत हुन् । हिमालदेखि तराईसम्मका दुर्लभ जडीबुटीहरू संकलन र प्रयोगका लागि प्रशस्त सम्भावना छ । हाल काठमाडौं नरदेवीमा रहेको आयुर्वेद अस्पतालसहित सबै प्रदेश र जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा विस्तार भइरहेको छ । एक केन्द्रीय अस्पताल, तीनवटा प्रादेशिक अस्पताल, ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पालिकास्तरीय आयुर्वेद शाखाहरू एवं नागरिक आरोग्य सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क आयुर्वेद औषधि वितरण, शल्यकर्म, पञ्चकर्म, योगसहित विशिष्टीकृत सेवाहरूको पहुँच व्यापक बनाउनेजस्ता सकारात्मक प्रयासहरूसमेत भइरहेका छन् । देशका सबै स्थानीय तहमा आयुर्वेद सेवाको पहुँचका लागि संस्थाहरु तथा कार्यक्रमहरु पुगेको र आरोग्यताका लागि नागरिक आरोग्य कार्यक्रम, स्वर्णप्राशनजस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

आयुर्वेद सेवाको विकासमा अझै धेरै चुनौतीहरू बाँकी छन् । कुशल तथा प्रशिक्षित जनशक्तिको अभावले सेवा गुणस्तर प्रभावित छ । आधुनिक औषधि निर्माण, गुणस्तर मानकीकरण र वैज्ञानिक प्रमाणीकरणमा पर्याप्त पुँजी र पूर्वाधार नभएकाले दायरा सीमित छ । जडीबुटीको दिगो संकलन, प्रशोधन, संरचना र बजार विकासमा आवश्यक रणनीति अभाव छ । नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति आयुर्वेदको सर्वांगीण विकास जरुरी हुन्छ ।

आधुनिक स्वास्थ्य प्रणालीसँग एकीकृत आयुर्वेद सेवा प्रवाहको अभावले पनि सेवाको प्रभावकारिता र पहुँचमा बाधा पु¥याएको छ । कलेज तथा विश्वविद्यालयहरूमा आयुर्वेद शिक्षाको मानकीकरण अभाव, विदेशी देशहरूमा जस्तै आयुर्वेद क्षेत्रमा व्यवस्थित बजेट विनियोजन, अनुसन्धान संगठनहरूको सक्रियता र जनशक्ति विकासका लागि नीति निर्माणले नेपालमा दिर्घकालीन सुधार ल्याउन आवश्यक छ ।

यी सबै चुनौतीहरूको समाधानका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले निर्माण गरेको रणनीतिक योजनामा लागू पर्ने प्रतिबद्धता जनाएको छ । तीन तहका सरकारसँग समन्वय गरी राष्ट्रिय नीतिमा परिमार्जन गर्ने, अनुसन्धान, र औषधि प्रमाणीकरणमा कडा नियम ल्याउने कार्य अघि बढाइएको छ । जडीबुटी खेतीलाई प्रोत्साहन गरी मूल्य शृंखला विकास गर्ने, निजी क्षेत्रसँग सहकार्य गर्दै डिजिटल स्वास्थ्य सेवा प्रविधि (जस्तैः टेलिमेडिसिन) मार्फत दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजना छ । यसरी आयुर्वेदलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गराउने प्रयासले पारम्परिक चिकित्सा र आधुनिक प्रविधिको संयोजन सुनिश्चित गर्न मद्दत पुर्‍याउने छ ।

धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसलाई हाम्रो स्वस्थ भविष्यतर्फ एक सशक्त संकल्पका रूपमा स्वीकार्दै, नयाँ युगको आयुर्वेद सेवाको विकासमा सबै तहका निकायहरूले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहन्छ । यसले मात्र हाम्रो स्वास्थ्य प्रणालीलाई दिगो, सर्वसुलभ र विश्वसनीय बनाउन मद्दत गर्ने छ र समृद्धि, सन्तोष र जीवन्तताको आधारशीला निर्माण गर्ने छ । 

 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
क्रिकेटमा नयाँ इतिहास
क्रिकेटमा नयाँ इतिहास शुक्रबार, असोज ३१, २०८२
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा
क्रिकेटमा नयाँ इतिहासः नेपाल तेस्रोपटक विश्वकपमा बिहीबार, असोज ३०, २०८२
नेपालमा विकास प्रशासनको अवस्था
नेपालमा विकास प्रशासनको अवस्था बिहीबार, असोज ३०, २०८२
पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम
पर्यटन क्षेत्रको पुनरुत्थानमा चाल्नुपर्ने कदम बुधबार, असोज २९, २०८२
पुनर्जागरण समयको सदुपयोग 
पुनर्जागरण समयको सदुपयोग  मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP