Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ब्वाँसोको कन्तविजोग !
ब्वाँसोको कन्तविजोग !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

एउटा जंगल जहाँ सिंह, हात्ती, बाघ, ब्वाँसो, बिरालो, काग, हरिण सर्पलगायत बस्दथे । ती सबै जंगलमा बस्ने भएकाले आ–आफ्नै जीविकाका लागि संघर्ष गरिरहेका थिए । जंगल बस्ने ती जनावरहरुमध्ये सिंहले सबैलाई हुँकार गथ्र्यो । उसको हुँकारले जंगलका सबै जीवजन्तु त्रसित हुन्थे अनि उसको छायाँ पर्नासाथ सब डराएर भाग्थे । सिंह र बाघ बेलाबेलामा एकअर्कामा झम्टिराख्थे ङार्र... ङुर्र... गरिरहन्थे । तर केही समयदेखि सिंह र बाघ एकअर्कामा यति मिल्न थाले कि, यी दुई जस्तुले आफ्ना सारा शक्ति मिलाएर जंगलका सारा जीवजन्तुलाई तर्साउँदै वर्षौं राज गर्न खोजिरहेको ब्वाँसोले चाल पायो । 

एक दिन ब्वाँसोले सिंहको विपक्षमा भएका सबैलाई बैठक डाक्यो । ब्वाँसोले डाकेको बैठकमा सबै जीवजन्तु भेला भए । ब्वाँसोले बैठकमा एजेण्डा प्रस्तुत गर्‍यो । उसले पेस गरेको एजेण्डामा सबैले सहमत जनाए । ब्वाँसोको एजेण्डा थियो आपूmहरु बसेको नजिकका जंगलमा बस्ने आफ्ना मित्रहरुलाई गोप्यरुपमा एकत्रित गर्ने अनि त्यही भीडभित्र छिमेकी सिंहलाई घुसाएर सामूहिकरुपमा सिंह र बाघलाई त्यो जंगलबाट खेद्‍ने।

वर्षौंदेखि आफ्नो पुस्ता बसेको जंगलमा सिंह र बाघ मिलेर आफूहरुमाथि अन्याय गरेको अरु जनावरलाई असह्य भएको थियो । सधैं लखेटिरहने त्यो सिंहलाई कसैले पनि तह लगाउन नसक्ने भएपछि जंगलका सारा जीवजन्तु डरले नै होला चुपचाप थिए । विचरा उनीहरु सहेर बस्नेबाहेक अर्को विकल्प पनि थिएन ।

वल्लो जंगल र पल्लो जंगलदेखि खोलापारिसम्म रहेका जंगलका सिंहलाई त्यो कुरा थाहा थियो । ती सबै यो जंगललाई आफ्नो चरन मैदान बनाउने प्रयासमा थिए । त्यसका लागि उनीहरुले आफूले चाहेजस्तो जनावर खोजिरहेका थिए । बेलाबेलामा बाहिरी जंगलका सिंहहरु आफ्ना लागि आहार खोज्दै रुप फेर्दै चर्दैचर्दै त्यहाँ पुग्ने पनि गरेका थिए । त्यसरी चर्दै हिँड्ने क्रममा ब्वाँसोसँग भेट भएको थियो । ती सिंहहरुले ब्वाँसोकै रुप धारणा गरेर उसलाई आफ्नो नजिक बनाएका थिए । उसलाई आफ्नो जंगलमा लगेर घुमाउने र आहारको व्यवस्था पनि गर्दै आएका थिए ।

Hardik health

त्यसरी आफ्नो जंगलमा पटक–पटक ल्याएर आहार ख्वाइसकेपछि त्यही सिंहले आफू सिंह भएको र छिमेकी जंगलको सिंहले अन्य जनावरलाई दुःख दिएको बहाना बनाएर त्यो जंगलका जीवजन्तुलाई सुख बाँड्ने आश्वासन दिएको थियो । आफ्नो जंगलको सिंह र बाघले दिएको दुःख ज्यादतीकाविरुद्ध ब्वाँसो क्रुद्ध थियो । उसलाई पनि ‘ढुंगा खोज्दा देउता मिल्यो’ भनेजस्तै भयो । ब्वाँसोलाई पनि सिंह र बाघले अरुलाई जस्तै खेदिरहेका थिए । त्यसैले ब्वाँसोले गोप्यरुपमा छिमेकी सिंहले भनेजस्तै उसकै सहयोग लिएर जंगलका सबै पशुपन्छी, जीवजन्तुलाई आफ्नो प्रभावमा पार्न सफल भएको थियो ।

ब्वाँसोले जीवजन्तुलाई आफ्नो प्रभावमा पारेर विस्तारै जंगलमा राज जमाउने प्रयास गरिरहेको थियो । ब्वाँसोको त्यो गतिविधि सिंह र बाघले विस्तारै चाल पाउँदै गइरहेका थिए । ब्वाँसोले जंगलका अधिकांश जनावरलाई आफ्नो प्रभावमा पारेर तिनीहरु सबैको शक्तिको आडमा सिंह र बाघमाथि बेलाबेलामा झम्टने गर्दथ्यो । त्यो बाघ र सिंहलाई मन परिरहेको थिएन ।

जंगलका जनावरहरु सिंह र बाघका विरुद्ध त्यही ब्वाँसोसँग लाग्न थालेपछि ब्वाँसोलाई कसरी जंगलबाट लेखेट्न सकिन्छ भन्ने योजना सिंह र बाघले बनाइरहेका थिए । तर ब्वाँसोले वरपर सबैतिर जंगलका विभिन्न खाले जनावरलाई आफ्नो मुठ्ठीमा पारिसकेको थियो । अब त जंगलमा सिंह र बाघको होइन ब्वाँसोको राज चल्न थालिसकेको थियो । ब्वाँसोको त्यो राज र जनावरहरुको प्रभाव जावो ब्वाँसो त हो नि भन्दै सिंह र बाघले किन टेर्थे र ?

जंगलमा वर्षौंदेखि राजा भएर बसेका सिंह र बाघ मिलेर बेलाबेलामा ब्वाँसोको हुँकार पनि गर्थे । त्यसो गरिरहँदा साराका सारा जीवजन्तुलाई सिंह र बाघविरुद्ध घेरा हाल्न पुग्थे । अब एउटा जनावर भए पो ‘क्वाप्पै’ खानु । सिंह र बाघलाई चिन्ताले घेर्न थालिसकेको थियो । तर ब्वाँसो गोप्यरुपमा चाल बुन्दै आफूलाई माया गरेर सुरक्षा दिन खोज्ने जनावरलाई भरपुर प्रयोग गरिरहेको थियो । ब्वाँसोले सिंह र बाघमाथि जनावरलाई प्रयोग गरिरहेको छु भनेर दंग थियो । तर ब्वाँसोलाई छिमेकी जंगलका सिंहले उसकै बासस्थान सिध्याउने षडयन्त्र गरिरहेको पत्तै थिएन ।

ब्वाँसोलाई माया गरेजस्तै गरी आफ्नो जंगलमा बोलाउँदै आहार ख्वाउने गर्दथे । ती सिंहले ब्वाँसोलाई मात्र आफ्नो जंगलमा आहारको व्यवस्था गरेन । उसका अन्य जनावरलाई पनि रोजेअनुरुपको आहार ख्वाउँदै आफ्नो पञ्जामा पारिसकेको थियो । लामो समयदेखि आफ्नो जंगलमा बोलाएर आहारविहारको व्यवस्था गरिरहेका वल्लो जंगल र पल्लो जंगलका सिंहले ब्वाँसोलाई अब मौसम ठीक भएकोले उसको जंगलको सिंहलाई घेराबन्दी पार्ने योजना दिएर आफ्नो जंगलका शक्तिशाली जनावरलाई समेत पठाएर बाघ र सिंहलाई जंगलबाट खेद्न पठाए । 

ब्वाँसोले सोहीअनुरुप जंगलभरिका सहयोगी जनावरलाई आफ्नो जंगलको सिंह र बाघलाई एकैपटक घेरा हाली ङार्र... ङुर्र... गर्दै खोला कटाए । खोला काटेर अर्कै जंगलमा शरण लिएर बसेका बाघ र सिंहले आफूहरुले वर्षौंदेखि राज गरेको जंगलबाट लखेटिनुपरेपछि फेरि कसरी ब्वाँसा र अन्य जनावरलाई तह लगाउन सकिन्छ भनेर त्यही जंगलमा लुकेर हेरिरहेका थिए । खोलापारिबाट भए पनि ङार्र.. ङुर्र... गर्न भने छाडेका थिएनन् । पारि पुगेपछि मात्र थाहा पाए कि कसको शक्ति कुन बेला आउँदो रहेछ ।

तर, विडम्बना नै भनौं जंगलबाट बाघ र सिंहलाई लखेटिरहँदा धेरै साना जनावरहरुले कोही थिचिएर, कोही कुल्चिएर त कोही अर्को जंगलबाट आएका सिंहबाट चिथोरिएर मर्नुपरेको थियो । जंगलका ठाउँ–ठाउँमा विभिन्न जन्तुहरु मरेका मात्र भेटिन्थे । ब्वाँसो दंग थियो बाघ र सिंह लखेट्न पाएकोमा ।

सिंह र बाघलाई जंगलबाट लखेट्न पाएको ब्वाँसो केही समय त जंगली जनावरको रोजाइमा नै पर्‍यो । जब आफूलाई आहार खुवाएका वल्लो जंगल र पल्लो जंगलका सिंहले ब्वाँसोलाई ङार्र... ङुर्र... गर्न थाले त्यसपछि मात्र ब्वाँसोले चेत पायो । अरुको आहार र साथमा आफ्नो जंगल नै सखाप पार्न खोजिरहेको ब्वाँसोलाई नै जसले पहिले आहार खुवायो उसैले नै जंगलबाट लेखेटेर जंगल आफ्नो कब्जामा लिने प्रयास गर्‍यो । 

सिंह र बाघ पारिबाट हेरिमात्र रहेका छन्, नवप्रवेशी सिंहले ब्वाँसोलाई पनि घपाइसकेको छ । अहिले जंगलमा सर्प, बिच्छी, हरिण, काग, बिरालो, सर्प सबै आफूलाई शक्तिशाली भन्दै जंगल कब्जा गर्ने होडमा दौडिएका छन् । विचरा ती बिच्छी, सर्प, हरिण आफैं लडिरहे तर जंगल त खोला पारिकै सिंहले कब्जा गरिसक्यो पत्तै पाएनन् । पढ्नेलाई सुनको माला, थाहा पाउनेलाई फूलको माला । यो कथा जो शक्तिशाली हुन्छ उसैकोमा जाला !
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP