Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम
दृष्टि सुरक्षाः उज्यालो भविष्यको पहिलो कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२
डा. शैलेशकुमार मिश्र

‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालसहित विश्‍वभर नै विश्वदृष्टि दिवस मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्‍व दृष्टि दिवसका रूपमा विविध कार्यक्रम आयोजना गरी विश्‍वभर नै मनाउने गरिन्छ । 

यस वर्षको नाराले व्यक्तिगत दृष्टि स्वास्थ्यलाई प्राथमिकता दिने र सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्‍चित गर्ने रहेको छ । सन् १९९८ को अक्टोबर ८ गतेदेखि विश्‍व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्‍न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको छाता संगठन आइएपिबीले संयुक्तरूपमा मनाउन सुरु गरेको विश्‍व दृष्टि दिवसले विश्‍वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरूका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारी प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढी प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ ।

हामी आँखा स्वास्थ्य क्षेत्रमा संलग्‍नहरूका लागि यो दिन अझ विशेष र महत्‍वपूर्ण दिन पनि हो । विश्‍व दृष्टि दिवसका अवसरमा विभिन्न देशका संस्था, स्वास्थ्यकर्मी र अभियन्ताहरूले आँखाको हेरचाह र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जनस्तरमा सचेतना फैलाउँछन् । विश्‍वभर फैलिने यस अभियानले सरकार र नीति निर्माताहरूले आँखा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनी सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

समयमै उपचार र नियमित आँखाको जाँचले दृष्टि गुम्ने जोखिम घटाउनुका साथै शिक्षा, रोजगारी र समग्र आर्थिक सम्भावनालाई पनि मजबुत बनाउँछ । दृष्टि हाम्रा अवसरहरूको ढोका हो– त्यसैले आँखाको हेरचाहलाई हाम्रो दैनिक जीवनको अंग बनाउनु आवश्यक छ । विश्‍व स्वास्थ्य संगठनका अनुसार सन् २०५० सम्म विश्वका करिब ५० प्रतिशत मानिसमा दृष्टिदोषको समस्या देखिन सक्ने अनुमान गरिएको छ । यस जोखिमलाई रोकथाम र न्यूनीकरण गर्नका लागि सबै पक्षबीच सहकार्य गर्दै समुदायस्तरमै आँखासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।

Hardik health

आँखाको समस्या केवल दृष्टिसँग मात्रै सीमित हुँदैन, यसले व्यक्तिको सिकाइ, मानसिक स्वास्थ्य र समग्र जीवनस्तरमा पनि प्रत्यक्ष प्रभाव पार्छ । यसैले बालबालिकाको दृष्टि स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी छ । नवजात शिशु जन्मिएको एक महिना, छ महिना र एक वर्षमा आँखा परीक्षण गराउनुपर्दछ । साथै बालबालिकालाई विद्यालय भर्ना गर्नुअघि र हरेक वर्ष कम्तीमा एकपटक आँखा परीक्षण गराउनु उपयुक्त मानिन्छ । समयमै समस्या पहिचान भएमा यसले दृष्टि गुम्‍ने जोखिम धेरै नै न्यून हुन्छ ।

आँखाको उपचार केवल चिकित्सकीय उपचारमा सीमित नभई समग्र विकाससँग पनि प्रत्यक्षरूपमा जोडिएको छ । दिगो विकासका १७ लक्ष्यमध्ये आठवटा लक्ष्यहरू आँखा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्– गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा, लैंगिक समानता, मर्यादित रोजगारी, असमानता न्यूनीकरण तथा दिगो समुदाय विकासजस्ता क्षेत्रमा दृष्टि स्वास्थ्यले महŒवपूर्ण योगदान पुर्‍याउँछ ।

एक तथ्यांकअनुसार केवल एउटा चस्माको प्रयोगले पनि कामकाजी व्यक्तिको उत्पादकत्वमा २२ प्रतिशत र विद्यार्थीको अध्ययन सफलतामा ४४ प्रतिशतसम्म सुधार ल्याउन सकिन्छ । त्यसैले, आँखाको हेरचाहलाई व्यक्तिगत होइन, सामाजिक प्राथमिकताको रूपमा लिनु आजको आवश्यकता हो । नेपालले आँखा उपचार क्षेत्रमा गरेका कामको प्रगतिको अहिले विश्व समुदायमै प्रशंसा हुने गरेको छ । नेपालको सरकार र गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालित आँखा स्वास्थ्य सेवालाई विश्वमा नै अनुकरणीय उदाहरणका रूपमा लिने गरिन्छ ।

विगतका दशकको तुलनामा दुबै आँखा नदेख्ने दृष्टिविहीनहरूको अनुपातमा उल्लेख्य कमी आएको छ (सन् १९८१ मा गरिएको सर्वेक्षणमा अन्धोपनको अनुपात ०.८४ प्रतिशत रहेकोमा सन् २०२१ मा यो घटेर ०.२८ प्रतिशतमा रहेको छ) । तर दृष्टि क्षमता कम भएका तथा न्यून दृष्टिको अनुपात भने उल्लेख्यरूपमा बढिरहेको पाइएको छ । आँखासम्बन्धी विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन तथा नीतिहरूलाई हाम्रो देशले पनि आत्मसात् गर्दै आएको छ । नेपाल सरकारको विश्‍व स्वास्थ्य संगठनको महासभाद्वारा पारित ‘इन्टिग्रेटेड पिपुल सेन्टर आई केयर’को उद्देश्यलाई अवलम्बन गरी आँखा स्वास्थ्य रणनीति तयार गरिसकेको छ । सन् २०३० सम्ममा विश्वव्यापी लक्ष्यलाई प्राप्त गर्नेगरी कार्ययोजना तर्जुमा गर्ने कार्यसमेत भइरहेको छ । संयुक्त राष्ट्रसंघको २०२१ को महासभामा सबैका लागि दृष्टि तथा दिगो विकासका लक्ष्य प्राप्तिमा आँखा स्वास्थ्यको महत्‍वपूर्ण भूमिका रहेको महसुस गरिएको परिप्रेक्ष्यमा आगामी दिनमा पनि नेपालको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ सबैको पहुँचमा पुर्‍याइ दिगो विकासको स्वास्थ्यसम्बन्धी लक्ष्य प्राप्त गर्न हामी एक सेवा प्रदायकका रूपमा कटिबद्ध छौं ।

आँखा स्वास्थ्यका क्षेत्रमा थपिँदै गएका नयाँ–नयाँ चुनौतीलाई आकलन गर्नुपर्ने खाँचो छ । बढ्दो जनसंख्या वृद्धिदर, औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ–नयाँ आँखारोगको निवारणका लागि पूर्वतयारी र आवश्यक रोकथामका विधिको विकासमा समयमै ध्यान नदिने हो भने हाम्रा आजसम्मका उपलब्धिको महत्‍व न्यून हुन जाने छ ।

आगामी दिनहरूमा आँखासम्बन्धी समस्याको प्रभावकारी समाधानका लागि रोकथाम र जोखिम न्यूनीकरणमा ध्यान दिनु अत्यावश्यक छ । यसका साथै, आँखाको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न तीनै तहका सरकार (संघीय, प्रदेश तथा स्थानीय तह)बीच सशक्त समन्वय, लगानी र सक्रिय भूमिका अपरिहार्य छ । त्यसैले सबै सम्बद्ध निकायहरूले आ–आफ्नो तह र जिम्मेवारी अनुसार प्राथमिकता निर्धारण गरी कार्यान्वयनतर्फ अघि बढ्नु आवश्यक छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP