Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लोकप्रियताको लागि जथाभावी निर्णय नहोस्
लोकप्रियताको लागि जथाभावी निर्णय नहोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ७, २०८२

जेन–जी विद्रोहको बलमा गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा नयाँ–नयाँ मन्त्रीहरु आउने क्रम जारी छ । सोमबार चार मन्त्री थपिएसँगै कार्की नेतृत्वको मन्त्रीमण्डल आठ सदस्यीय पुग्यो । मन्त्रिपरिषद्का सदस्यहरु लोकप्रिय र ‘भाइरल’ अनुहारका छन् । मन्त्री हुनासाथ एक न एक लोकप्रिय निर्णय गरेर चर्चामा आउने सबैको चाह देखिन्छ । चुनावी मन्त्रिपरिषद्का सदस्यहरुमा पनि यो चाह देखियो । सोमबार सञ्चारमन्त्री बनेका पत्रकार जगदीश खरेलले देशभरका १० सहरका सार्वजनिकस्थलमा इन्टरनेट निःशुल्क गर्ने घोषणा गरे ।

यो आफैंमा विभेदकारी निर्णय हो । राज्यले दिने सुविधा के सहर केन्द्रित जनतालेमात्र पाउने ? दुर्गम वा पिछडिएका जनताले यसबाट के सिक्ने ? कतिपय ठाउँमा नेटवर्क नपुगेर अझै पनि इन्टरनेट जडान भएको छैन । तर आफू चर्चामा आउन मन्त्री हुनासाथ लोकप्रियतावादको आडमा मन्त्रालयका कर्मचारीले नसकिने भन्दाभन्दै जबरजस्ती निर्णय गर्न लगाए । चुनावी उम्मेदवारलेझैं यसरी विभेदकारी निर्णय नहोस् भन्नेमा सबै सचेत हुनैपर्छ ।

अर्का मन्त्री कुलमान घिसिङले ‘राइट म्यान, राइट प्लेस’को नाममा विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमाथि बदला लिए । केपी शर्मा ओली नेतृत्वको पालामा लामो समय स्पष्टीकरण सोध्दै घिसिङलाई उक्त पदबाट हटाएका थिए । उक्त पदमा नियुक्ति पाएका शाक्यलाई कुलमान संलग्न मन्त्रिपरिषद्को बैठकले सोमबार हटाएका हुन् । ओली शैलीमा उत्रिएर कुलमानले लोकप्रियतावादको आड लिए ।

Hardik health

अर्थमन्त्री रामेश्वर खनालले पनि त्यस्तै निर्णय गरेर लोकप्रिय बन्ने होडमा उत्रेका छन् । खासमा तीन करोडभन्दा कमका खुद्रे आयोजनालाई अघिल्ला सरकारका अर्थमन्त्रीहरुले नै निरुत्साहित गरेका थिए । यस्ता आयोजना प्रदेश र स्थानीय तहलाई जिम्मा दिइएको थियो । तर मन्त्रिपरिषद्को बैठकबाटै तीन करोडभन्दा कमका राजनीतिक आयोजना रोक्का गरिएको भन्दै अर्थमन्त्री खनालले वाहवाही बटुल्न खोजे ।

महावीर पुन, ओमप्रकाश अर्यालहरुको निर्णय आउन अझै बाँकी नै छ । भाइरल मन्त्रीहरुलाई रिझाउन सचिवस्तरीय बैठकले पनि कर्मचारी कटौती गर्ने निर्णय गरिसकेको छ । सरकारले व्यापक खर्च कटौती गर्ने र पुनर्निर्माणमा ध्यान दिन यस्तो निर्णय गर्नु राम्रै हो । तर बेरोजगार दर बढिरहेको बेला यसरी कर्मचारी कटौती गर्नु सरकारका आफ्नै बुमर्याङ पनि हुन सक्छ । त्यसैले दीर्घकालीन असर पुग्ने खालका भाइरल निर्णय नगरियोस् । फागुन २१ गतेभित्र कसरी चुनाव सम्पन्न गराउने ? क्षतिग्रस्त संरचनाको पुनर्संरचना कसरी पुरा गर्ने ? र, जेन–जीले उठाएको भ्रष्टाचारविरुद्ध दिगो समाधानको खोजी कसरी गर्ने ? यो विषयमा सरकार लागोस् ।
 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP