Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • हलो मन्त्री बन्ने कोही छ !
हलो मन्त्री बन्ने कोही छ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ७, २०८२

चौतारामा एक हुल उमेर छिप्पेका मानिसहरु गफ लडाउँदै थिए । गफ लडाउनेमध्ये एकले भन्यो, ‘अबचाहिँ केही हुन्छ !’ अर्कोले भन्यो, ‘केही हुन्न ।’अर्कोले थप्यो, ‘हेर्दै जाओ न के–के हुन्छ अब हुनुसम्म हुन्छ ।’यस्तै के हुन्छ के हुँदैन भन्नेहरुकै बोलवाला थियो । छेउमा भांग्रे काका उनीहरुका कुरा सुनेर बसिरहेका थिए । उनीहरुको कुराले दिक्क भएर होला काकाले भने, ‘तोरीलाहुरेहरु ! के हुन्छ, के हुँदैन भनेर बसिरहेका छन् । कामसाम छैन, यो हुन्छ र त्यो हुन्छ भन्छन् । त्यसै तिमीहरूलाई झोले भन्या हो र ?’

‘काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै देखेनौं नाइकेहरुको दरबारमा तरबार ! सबका सब खरानी । अप्ठेरो पर्दा त कोही पनि पुगेनौं त ? सबैको भागाभाग । अहिलेचाहिँ यो र त्यो, कति जानेको हो तिमीहरुले ?’एउटाले भन्यो, ‘अब त्यस्तो आगोको भुंग्रामा को जान्छ त ? त्यस्तो नाइके जोगाउन थाल्यो भने आफैं गइन्छ काका । त्यही भएर जता हावा लाग्छ उतै हो । बेकारमा टाउको दुखाउनुपर्यो र ?’

‘तिमीहरु त ‘दही चिउरे’ रै’छौ । आफ्नो नाइकेलाई अप्ठेरो परेपछि सहयोग गर्नु पर्दैन ? गास छाड, साथ नछाड भन्ने कहिल्यै सुनेनौ ?,’ भांग्रे काकाले भने ।अर्कोले जवाफ फर्कायो, ‘त्यस्तो दिन गए काका, हामीलाई पनि त छाड्नु भएन नि । हामीलाई त प्रयोगमात्र गर्ने त हो । त्यही भएर आको झ्याप पार्दिने हो ।’ सान्त्वना दिने शैलीमा भांग्रे काकाले भने, ‘विचरा ! त्यो देउवालाई यो उमेरमा आएर टाउको फुटाए । त्यो सान त्यो मान, हैट ! सम्झिँदा पनि जीउ सिरिङ !’

‘त्यस्तो हुन्छ काका, यो त सुरुआतमात्र हो,’ समूहको अर्को भन्यो । ल तपाईं भन्नुस् त, ‘३० वर्षसम्म सत्ताको पेरिफेरि बसेर के चाहिँ गरे ? उनीहरुको सन्तान, नाता, आसेपासेबाहेक अरुले के पाए ? हामी भनेको त बेला मौकामा भ्याइदिने हो ?’‘त्यो त तिमीहरुले भन्दा मैले नै भोगेको हुँला नि ?,’ भांग्रे काकाले थपे, ‘१७ सालदेखि मैले हेरिराको छु । सब आ–आफ्नो दुनो सोझ्याउने हुन् । हेर्दै जाओ न अब पनि हुनेवाला केही छैन । विचरा मर्ने त मरेर गए गए । तिनीहरुकै नाममा उही कुर्सी खोसाखोस हो । मलाई यो चाहियो र त्यो चाहियो भन्ने हुन !’

Hardik health

‘होइन हो काका ल भन्नुस् यो भाकोचाहिँ के हो ? यस्तो पनि हुन्छ एकैपटक सबै सखाप ?’‘हुन्छ । सेटिङ भएपछि एकैपटक हुन्छ । यो सब ‘आफू ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो’ भनेजस्तै हो । जे गर्न खोजेको त्यसको ठ्याक्कै उल्टो भयो कि भएन । मौका पाएपछि कसैले छाड्दो रैछ त ? कसका घर बाँकी रहे ? कसैले जोगाउन सक्यो । रिसको झोकमा के जे पनि हुन सक्छ भनेको यही हो ?’ ‘अझै के–के हुन बाँकी नै छ,’ भांग्रे काकाले उनीहरुलाई भन्दै गए । 

होइन हो काका त्यसो भए चुनाउ हुन्छ कि हुँदैन हो ? चुनाव भैदिए त हाम्रा लागि राम्रै हुन्थ्यो क्यार, दुई–चार दिनको गर्जो हुन्थ्यो नि !,’ अर्कोले जिज्ञासा राख्यो ।‘कसरी हुन्छ ? कसले गर्छ ? अब मन्त्री बनाउनलाई छ चोक–चोकमा बसेर, सडकमा कराउँदा त अहिलेसम्म भने जस्तो, गतिलो मान्छे पाको छैन । यस्तो नि हुन्छ परिवर्तन । त्यत्रा मान्छे मरेको, त्यत्रा सम्पत्ति खरानी भएको यसकै लागि हो र ? मेरो त मनले मानेको छैन है बाबु हो । त्यही उमेर खुस्केका र बुद्धि भड्केकाहरुलाई मन्त्री बनाउन हो र ?’टाउको कन्याउँदै केही बुझेजस्तै गरी अर्को भन्यो, ‘हो काका, म पनि तीनछक्क परेको छु भन्या ! हामीले पनि त रिस उठेको नाइकेको घरमा आगो झोसेकै हो । यत्रा घर खरानी त्यसै भाको हो र ? सबै रिसै रिसको झोकमा त हो नि ।’

‘हो, मैले भनेको पनि त्यही हो । रिस खा आफू बुद्धि खा अर्को ! ज्यान फाल्ने एउटा पद पाउने अर्को ? यसो मोबाइलमा हेर्यो । सबका सब मन्त्री । सडकमा मन्त्री, चौतारामा मन्त्री । अस्पतालमा मन्त्री ! होटलमा मन्त्री ! जहाँ पनि जो पनि मन्त्री ? विचरा, केटाहरुले त्यसकै लागि ज्यान फालेका हुन् ? ज्यान फाल्नेका परिवारलाई कस्तो भाको होला ? अस्पतालाँ बसेर गोली अझै पनि निकाल्न बाँकी भाकाको मनमा के आइरहेको होला ? सडक बसेर मन्त्रीको माग फाराम भर्न हो र ?’

‘तपाईं मन्त्री बन्दिनुपर्यो । उहाँलाई मन्त्री बनाइदिनुपर्यो । यो त उहाँसँग नजिकको मान्छे, उहाँ उचित मान्छे । उहाँ फलानो एम्बेसीको मान्छे, उहाँ फलानो डोनरको संस्थाको मान्छे । खास मन्त्री बन्नका लागि चाहिनेचाहिँ के हो त ? फुटबल खेल्न त नियम चाहिन्छ । देशमा मन्त्री बन्न केही नचाहिने ? योगदान हुनै नपर्ने ? धन्न छ मेरो देश !,’ भांग्रे काका आफैं चिन्तामा परे, ‘म पनि त यो देशको मन्त्री बन्न लायक हो नि ? म चाहिँ किन नहुने उनीहरुचाहिँ किन हुने ?’

‘हो काका । तपाईंले भन्नुभएको कुरा ठीक हो । अन्तरिम मन्त्रिपरिषद् अन्तरिम नै मन्त्री खसोखास भन्ने हो भने यो सहिदहरुमाथिको अन्याय नै हो । बालाई फालेर आमा ल्याउने आन्दोलन थियो र ? दाइलाई फालेर भाइलाई सत्ता सुम्पनका लागि जेन–जी आन्दोलन हो र ?,’ अर्कोले गुनासो गर्यो । ‘हो, मैले भनेको नै त्यही हो । घरले जाऽजा, वनले आऽआऽ भन्ने उमेरका अल्जाइमर भाका मान्छेलाई देश सुम्पेर कसरी अवस्था परिवर्तन हुन्छ ? जे भइरहेको छ गलत भइरहेको छ । सब चलेका होइनन् । चलाइएका हुन् । यो वा त्यो नाममा त्यसैले मन्त्री बन्ने धोको छ भने चोकमा गएर बसे हुन्छ सामाजिक सञ्जालमा प्रचार गरे हुन्छ । सके नाम चलेकालाई भनेर प्रचार गर्न नै लगाए हुन्छ । आखिर देश बनाउने हो र मन्त्री बनाउने आन्दोलनमा पो परिणत भएछ हाम्रा नाति पुस्ताको आन्दोलन जय होस् । मर्ने र मार्ने दुवैको । नवरात्रमा दुर्गा माताले सबैको कल्याण गरुन् ।

जय नेपाल !!’
 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP