Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ऊ त गयो माया मारेर ! 
ऊ त गयो माया मारेर ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

आँखाबाट आँसु सुक्न सकेको छैन । बलिन्द्र धारा बगिरहेको छ । एकैछिन् मुर्छा पर्ने अनि एकै छिनमा कराउने भइरहेको छ । पीडामा गाउँका अरु महिलाहरु पनि गहभरि आँसु पारेर उनलाई सम्झाउने प्रयास गरिरहेका छन् । जो सम्झाउन खोजिरहेका छन्, उनीहरु पनि कहाँ नभक्कानिएको हो र ! उनीहरुको मनले पनि मान्दै मानेको छैन । फलैंचामा सेताम्यै कपाल फुलेका हजुरबा घुँडामा चिउँडो पारेर एकोहोरो तुलसाको मठतिर हेरिरहेका छन् । हातको कुहिनोको भरमा मुठ्ठी बटारेर नशा फुलाउँदै अहिले नै पाएदेखि भकुर्नसम्म भकुर्न सक्थेजस्तो क्रोधका भावले हिउँजस्तो कपालले निधार छोपिएको छ । 

आँगनभरि गाउँका मानिसहरु जम्मा भएका छन् । उनकी आमाको त्यो भावविह्वल अवस्था अनि उसको त्यो बालापनलाई स्मरण गर्दै पूरै गाउँ शोकमा छ । कठैबरा ! त्यो कलिलो मुनालाई कसरी निमोठ्न सकेको होला ? ड्याङ–ड्याङ हान्न आँट पनि कसरी आएको होला ? त्यसले ती बच्चाहरुलाई गोली बर्साउन आफ्‍नो घरको बच्चाहरुलाई किन नसम्झिएको होला ? छिमेकीहरुबीच यस्तै यस्तै कुरा भइरहेको थियो । सबका आँखा रसाइरहेका थिए । फलैंचामा टुक्रुक्क बसेका हजुरबा ओर्लेर आँगनको डिलमा पुगे । दक्षिणतिर बगिरहेको नदीलाई हेरे । लामो सास फेरे अनि आँखाबाट बगेको आँसु अरुले देख्लान् कि भनेर हत्केला पुछे ।  अघिल्लो दिनसम्म निकै खुसी उत्साहले भरिएको त्यो घर एकै दिनमा शोकमा डुबिरहेको थियो । हजुरबाले आफ्नो आँखाबाट झरेका आँसु पुछे । हजुरबासँगै रहेका भतिजले हजुरबाको हात समातिरहेका थिए । हजुरबाको बोली बल्ल फुट्यो– ‘ऊ त गयो माया मारेर !’

उसले केही महिना अघिमात्र स्‍नातक सकेको थियो । अर्को महिना जापान जाने अन्तिम तयारीमा थियो । हजुरबालाई अर्को वर्ष जापान घुमाउने लैजाने वाचा पनि गरेको थियो । तर त्यो वाचा प्रहरीको एक गोलीले खरानी बनाइदियो । जेन-जी प्रदर्शनमा ऊ साथीहरुकै लहैलहैमा लागेर पुगेका थिए । केही हप्तादेखि नै विद्यार्थीहरुलाई प्रदर्शनमा भाग लिनका लागि सामाजिक सञ्जालमा अपिल गरिएको थियो । सकेसम्म विद्यालयको पोसाकमा नै शान्तिपूर्णरुपमा प्रदर्शन गर्ने योजना थियो । त्यसैले उसलाई पनि आफ्नो युवा पुस्ताले देश विकासका लागि आह्वान गरेको प्रदर्शनमा साथीभाइहरुले जाउँ भनेपछि नजान मनले कहाँ मान्थ्यो र ! ऊ पनि माइतीघर पुगे । आफूभन्दा ‘जुनिएर’ भाइबहिनीहरु विद्यालयकै पोसाकमा सहभागी भएका थिए । एक-दुई जनाले प्रदर्शनमा गर्न नहुने कार्यका बारेमा सचेत गराइरहेका थिए । गाडीमाथि बसेर उनीहरुले सबै सहभागी विद्यार्थीहरुलाई जथाभावी फोहोर नफाल्ने, कुनै पनि सार्वजनिक वस्तुहरुको तोडफोड नगर्ने, कसैलाई पनि अपशब्द बोल्न वा नारा लगाउन नपाइने नियम बताएका थिए ।

Hardik health

माइतीघरमा जेन-जी पुस्ताको यति ठूलो भीड लाग्यो, क्रमशः थपिँदै गइरहेको थियो । त्यो शान्त भीडले केही वर्षअघि गुठी विधेयकको विरोधमा काठमाडौंबासीले निकालेको प्रदर्शनको झझल्को दिएको थियो । सवै जेन-जी युवा पुस्ता सहभागी भई क्रमशः नयाँ बानेश्वरतर्फ लम्किरहेका थिए । ठाउँ-ठाउँमा को-को भीडमा पस्यो पत्तो पाएनन् । ‘भ्रष्टाचार अन्त्य गर’ भन्ने नाराका बीचमा राजनीतिक नारा घन्किन थाल्यो । युवा पुस्ता त हुन्-‘...चोर देश छोड’ लगायतका नारा लगाउँदै अगाडि बढे । त्यो जुलुसले निषेधित क्षेत्रमा आफ्नो चर्को नारा धन्कायो । निषेधित क्षेत्रमा रहेका सुरक्षाकर्मीसँग धकेलाधकेल पनि भयो । प्रहरीले पानीको फोहोरा हानेको जस्तो पनि नगरेको होइन । त्यही पानीको फोहोरासँगै भीड उत्तेजित हुँदै गयो । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल हुँदै भीडले निधेषित क्षेत्र तोड्यो । बानेश्वरको निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनतिर जुर्मुरायो । माइतीघरमा हुँदा सभ्य रहेको जेन-जी युवा पुस्ताको प्रदर्शनभित्र को-को सहभागी भए, पत्तै भएन । भीडले संसद् भवन प्रवेश गर्ने प्रयास गर्‍यो । जेन-जीको प्रदर्शनको फाइदा उठाउँदै केही व्यक्तिले आफूलाई ल्याएको विभिन्न किसिमका साधनले संसद्को पर्खाल भत्काउन सुरु गरे । 

संसद् भवनको वरपर भीड यति धेरै बढ्यो कि सायद संसद् भवनको सुरक्षामा खटिएकाहरुले सम्हाल्नै सकेनन् । त्यो स्थिति पनि थिएन । त्यही भएर होला प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार भइनै रह्यो । त्यहाँ अश्रुग्यासमात्र प्रहार भएन । प्रदर्शनको केही समयमा नै सुरक्षाकर्मीहरुले अनियन्त्रितरुपमा गोली प्रहार गर्न थाले । भीड तितरवितर हुँदै फेरि जम्मा हुँदै प्रहरीको ज्यादतीविरुद्ध खनियो । ढुंगामुढा प्रहार रोक्न अश्रुग्यासले मात्र सम्भव भएन । प्रहरीबाट बर्बर रुपमा नै गोली प्रहार भयो । ताली बजाउँदै हिँडेका स्कुले विद्यार्थी प्रहरीको गोलीबाट त्यहीँ ढले । सँगैका अरुले भन्दै थिए- ‘लौन भाइलाई गोली लाग्यो अस्पताल पुर्‍याऊ’ । प्रदर्शनकारीहरुले गोली लागेको टाउँको समाउँदै कसैले हातमा कसैले खुट्टा समाएर अस्पताल पुर्‍याए ।  संसद् अगाडि एकजनालाई मात्र गोली लागेको थिएन । प्रहरीले आकाशको चरा ढालेजस्तै जेन-जी प्रदर्शनमा आएकाहरुलाई गोलीको निशाना बनाएर सडकमा ढालिसकेको थियो । दुई घण्टाकै अवधिमा करिब १९ जनालाई गोलीले सिध्याइसकेको थियो । सयौं प्रदर्शनकारी घाइते भइसकेका थिए । केही समयमा नै कफ्र्यु लागिसकेको थियो ।  प्रहरीले आकाशमा उडेको चरा ढालेजस्तै आफ्ना साथीभाइहरुलाई गोली हानेपछि युवा पुस्ता पछि हटेन । बरु चर्को प्रतिवाद सहित प्रहरी माथि खनिए । प्रहरी र प्रदर्शनकारबीच निकै लामो संघर्ष चल्यो । केही घण्टामा नै १९ जनाले ज्यान गुमाइसकेका घटना ‘एक कान, दुई कान, मैदान’ भयो । सरकारको तर्फबाट जेन-जी आन्दोलनमा भएको नरसंहार विश्वभर फैलियो । अँध्यारो हुँदै गयो । प्राकृतिकरुपमा मात्र अँध्यारो होइन एकै दिनमा १९ जनाको घरपरिवारमा बादल मडारियो । धेरैका काख रित्तिए ।

सरकारले दिउँसैदेखि अनिश्चित्कालीन कफ्र्यु लगाएपछि भोलिपल्ट युवाहरुले विद्रोह गरे । त्यसैले सत्ता ढाल्यो । संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत, शितलनिवास, बालुवाटारलगायत धेरै संरचनाहरु जले । ती भवनमात्र जलेनन् । त्यहाँभित्र रहेका इतिहासका साक्षी पनि जले । घर जले, मन जले धेरै कुरा जले ।  ‘ऊ त गयो, गयो माया मारेर’ । घर रित्तियो, आमाको काख रित्तियो, परिवारको सपना रित्तियो । अब हेरौं के पो भित्रिन्छ । सेतै फुलेका हजुरबाले भने, ‘मर्ने त मरेर गयो, त्यही मर्नेको नामबाट देश नमरोस् । आशा, विश्वास र भरोसा नमरोस् ।’
 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP