Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
विचार
  • Home
  • विचार
  • जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
पुस्तक समीक्षा जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२
कृष्ण अधिकारी

 

पुस्तकमा उनको तीन पुस्ताको उद्यमशीलताको जिउँदो गाथाले संघर्षदेखि सफलता, निराशाबाट आशा र विचारबाट उपलब्धिको सकारात्मक यात्रा तय गरेको छ । १८ वर्षको कलिलो उमेरमै बाबा स्वर्गारोहण भएकाले पितृत्वको अधुरो मायामात्रै पाएका उनका सपनामा प्रायः आइरहने बुबाको दृश्यले उनलाई पितृबोधमात्र गराएन, विदेशमा रहेका ८५ लाख नेपालीका बाबुआमाको सपनासँगै खोसिएका खुसीहरुलाई कसरी फर्काउन सकिन्छ भन्ने हुटहुटीले पनि सताएको पाइन्छ । 

BA-Ma-1757916865.jpg
सकारात्मक सोचका धनी, नेपालको पर्यटन, सम्पदा र संस्कृतिका धरोहर तथा नेपाली साहित्यका सशक्त हस्ताक्षर कर्ण शाक्यको हालै बजारमा आएको नयाँ कृति ‘माँ र बा’ले नेपाली समाजको सजीव चित्रण गरेको छ । आत्मकथात्मक शैलीमा लेखिएको जीवन-अनुभवको संग्रह यस पुस्तकमा पछिल्लो समय आफूलाई जन्म दिने सन्तानहरुले बाबुआमाप्रति गरेको व्यवहार, रहर र बाध्यताका बीच विदेश जानुपरेका छोराछोरीका पीडा र बाबु आमाबीचको वियोगको अवस्थालाई बढ्दो मार्मिक ढंगबाट लेखकले विश्लेषण गरेका छन् । उनका यसअघिका सोच, खोजजस्ता १४ वटा पुस्तकजत्तिकै यस पुस्तकले पनि वाङ्‍मयमा आफूलाई स्थापित गर्नुको साथै सम्पूर्ण पाठकहरुलाई आ-आफ्ना घरका व्यथालाई स्मरण गराउँदै हरेक छोराछोरीलाई आफ्ना बाबुआमाप्रतिको दायित्वबोध गराउन पुस्तक सफल भएको छ ।

Hardik health

पुस्तकमा लेखकले आफ्ना व्यक्तिगत जीवनका उतार-चढाव, परिवारसँगको सम्बन्ध, सामाजिक मूल्य-मान्यता, बाल्यकालदेखि प्रौढ जीवनसम्मका अनुभव र विशेषगरी आमाबाबुप्रतिको सम्झना गरिरहँदा पाठकलाई गम्भीर भएर सोच्न बाध्य तुल्याउँछ । पुस्तकले आमाबाबुको स्नेह, माया र मार्गदर्शनले व्यक्तिको जीवनलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई छर्लङ बनाएको छ । आफ्नो व्यक्तिगत संघर्ष, समाज सेवा र जीवन दर्शनलाई पनि पुस्तकको सुरुदेखि अन्त्यसम्म सिलसिलाबद्ध ढंगबाट पुस्तुत गराउन सक्नुले लेखकको लेखकीय क्षमतालाई पुनःस्थापित गरेको छ । नेपाली संस्कृतिमा आमाबाबुलाई भगवान्सरह मान्ने परम्परागत मूल्यहरूको व्याख्या गर्दै सन्तानलाई पूर्वीय सभ्यताअनुसार जन्म दिने बाबुआमाप्रति कृतज्ञ गराउन खोजिएको छ । पुस्तकमा व्यक्त विचार भावनात्मकमात्र नभई प्रेरणादायी पनि छन् । यसमा उनले आफ्ना बाल्यकालका अनुभवदेखि जीवनमा आइसकेका संघर्ष र उपलब्धिलाई आमाबाबुबाट सिकेको शिक्षासँग जोडेर प्रस्तुत गरेका छन् । आमाबाबुको स्नेह, अनुशासन र संस्कारले जीवनलाई कसरी सही बाटोमा अघि बढाउँछ भन्ने कुरालाई पुस्तकले राम्ररी शिक्षा दिन सकेको छ । आफ्नो जीवनका कठिन क्षणहरूमा पनि आमाबाबुको सम्झना, आशीर्वाद र शिक्षाबाट प्राप्त ऊर्जाले नै आफूलाई सफल व्यक्ति बनाउन सकेको उनको निष्कर्ष छ । नेपाली समाजमा आमाबाबुलाई भगवान्सरह मान्ने परम्परागत मूल्यलाई लेखकले आधुनिक दृष्टिकोणबाट व्याख्या गर्दै समाज र संस्कृतिलाई राम्रोसँग जोडेका छन् । व्यक्तिगत संघर्ष, पारिवारिक सम्झना, शिक्षा र जीवनदर्शनलाई प्रेरणादायी ढंगले प्रस्तुत गरिएको यस पुस्तक व्यक्तिगत कथामामात्र सीमित छैन, नेपाली समाजको वर्तमान अवस्थालाई सूक्ष्मरूपमा केलाइएको छ ।

जीवनको निरन्तर यात्रामा आरोह-अवरोहबीच सधैं सपना देख्ने र अन्धकारमा पनि उज्यालो खोज्दै अघि बढ्न सक्ने क्षमता राख्ने शाक्यले पुस्तकमा लेखेका छन्, ‘मैले धेरै सोचेँ, भने, बोलेँ, लेखेँ, र लेखेको कुरा पूरा पनि गरेँ । केही स्मृतिमा हराए, यद्यपि सपना देख्न कहिल्यै रोकिनँ ।’ यही भुटभुटीले नै उनले ८४ वर्षको उमेरमा पनि पुस्तक लेख्न प्रेरित ग¥यो । जीवनको उत्तराद्र्धमा फर्केर हेर्दा, आफूले नसोचेको कल्पनाभन्दा बढी उपलब्धि हासिल गरेको, सन्तुष्टि पाएको र यसले औसत मान्छे हुँदाहुँदै आफूलाई महानायक अनुभूति भएका बेला आउने अहंकार वा स्वाभिमानले पनि अविचलित रहनसक्ने खुवी राख्छन् उनी । आफ्नो सफलताको अन्तरात्माले एक्स-रे गरेर हेर्दा सफलताको गहिरो जग त मेरी आमा र बाबु पो रहेछन् भन्ने बोध भएपछि नै उनीहरुप्रतिको जिम्मेवारी बोधले नै आफूलाई पुस्तक लेख्न प्रेरित गरेको शाक्य बताउँछन् । उनी भन्छन्, ‘जसरी जग देखिँदैन, भवनमात्र देखिन्छ । जति भवन अग्लो हुन्छ, त्यति नै जग गहिरो र बलियो हुनुपर्छ । आमाले जन्म दिनुभयो, बाबाले कर्म । तर आमाबाबुलाई सन्तानले के दियौं ? यही प्रश्नले मलाई यो पुस्तक लेख्न घचघच्यायो । अतः मलाई जन्म दिने आमा र बाबुलाई अक्षरको कुञ्जमा अमर बनाउन चाहेँ ।’

पुस्तकमा उनको तीन पुस्ताको उद्यमशीलताको जिउँदो गाथाले संघर्षदेखि सफलता, निराशाबाट आशा र विचारबाट उपलब्धिको सकारात्मक यात्रा तय गरेको छ । १८ वर्षको कलिलो उमेरमै बाबा स्वर्गारोहण भएकाले पितृत्वको अधुरो मायामात्रै पाएका उनका सपनामा प्रायः आइरहने बुबाको दृश्यले उनलाई पितृबोधमात्र गराएन, विदेशमा रहेका ८५ लाख नेपालीका बाबुआमाको सपनासँगै खोसिएका खुसीहरुलाई कसरी फर्काउन सकिन्छ भन्ने हुटहुटीले पनि सताएको पाइन्छ । आफ्ना जरा, संस्कार र सम्बन्धप्रतिको सम्मान भावनालाई उजागर गर्ने प्रयासस्वरुप पाणिनी बुक्सले प्रकाशनमा ल्याएको यस पुस्तक जेन–जी पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास गरिएको छ ।  उनका धेरै पुस्तकको शीर्षक दुई-दुई अक्षरको रहेको हुँदा यही लय समात्दै यस किताबको नाम पनि ‘माँ बा’ राखेको देखिन्छ । वास्तवमा माँ र बा त ती दुई अक्षर हुन्, जुन प्राणीमात्रले जीवनमा पहिलो उच्चारण गर्ने शब्द हुन् । यसले प्रेम र सुरक्षाको अनुभूति दिन्छ । आमाबाबुको सम्झनामात्र होइन, उनीहरू जीवित छँदाखेरि सम्मान, माया र सेवा गर्नु नै सन्तानको महान कर्तव्य हो भन्ने कुरा पुस्तकले प्रस्ट्याउँछ । भावी पुस्ताका लागि हस्तान्तरण गरिएको यस पुस्तकमार्फत लेखकले आफ्ना आमा-बाबुप्रतिको श्रद्धाञ्जलिमात्र होइन- पूजा र संस्कारको दस्तावेजको रूपमा प्रस्तुत गरेका छन् ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
जनसांख्यिक लाभांश गुमाउँदै नेपाल
जनसांख्यिक लाभांश गुमाउँदै नेपाल आइतबार, असार २८, २०८३
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP